< मर्कूस 10 >

1 येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।
І, вставши звідтіля, приходить у гряницї Юдейська через той бік Йордану; і знов сходять ся люде до Него, й своїм звичаєм знов навчав їх.
2 अनि फरिसीहरू उहाँलाई जाँच्‍न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
І приступивши Фарисеї, питали! Його: Чи годить ся чоловікові з жінкою розводитись? спокушуючи Його.
3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”
Він же, озвавшись, рече їм: Що заповідав вам Мойсей?
4 तिनीहरूले भने, “मोशाले पत्‍नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”
Вони ж сказали: Мойсей дозволив написати розвідний лист, та й відпустити.
5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”
І озвавшись Ісус, рече їм: Ради жорстокости серця вашого написав вам заповідь сю.
6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’
З почину ж творення - чоловіком і жінкою створив їх Бог.
7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ,
Тим покине чоловік батька свого й матір, і пригорнеть ся до жінки своєї,
8 र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
і будуть у двох тіло одно; то вже їх більш не двоє, а одно тіло.
9 त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
Оце ж, що Бог злучив, чоловік нехай не розлучуе.
10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
А в господї знов ученики Його про се питали Ного.
11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
І рече їм: Хто розведеть ся з жінкою своєю, і оженить ся з иншою, робить перелюб з нею.
12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
І коли жінка розведеть ся з чоловіком своїм, та вийде за иншого, робить перелюб.
13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
І приношено Йому дїтей, щоб приторкнувсь до них; ученики ж заказували тим, що приносили.
14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो ।”
Побачивши ж Ісус, прогнівив ся, і рече їм: Дайте дітям приходити до мене, й не бороніть їм; таких бо царство Боже.
15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
Істино глаголю вам: Хто не прийме царства Божого, як мала дитина, не ввійде в него.
16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष्‌‌ दिनुभयो ।
І, обнявши їх, положив руки на них, і благословив їх.
17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?” (aiōnios g166)
І, як виходив Він у дорогу, прибіг один, і втавши перед Ним на коліна, питав Його: Учителю благий, що робити менї, щоб життє вічне наслїдувати? (aiōnios g166)
18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ? परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
Ісус же рече йому: Чого мене звеш благим? Ніхто не благий, тільки один, Бог.
19 तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
Заповідї знаєш: Не роби перелюбу. Не вбивай. Не кради. Не сьвідкуй криво. Не обижай. Поважай батька твого й матір.
20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
Він же, озвавшись, каже Йому: Учителю, се все я хоронив з малку мого.
21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
Ісус же, поглянувши на него, уподобав його, й рече йому: Одного тобі не достає: ійди, що маєш, продай і дай убогим, і мати меш скарб на небі; і прийди, та й іди слїдом за мною, взявши хрест.
22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
Він же, зажурившись од слова сього, пійшов сумуючи: мав бо достатки великі.
23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”
І позирнувши Ісус округи, рече ученикам своїм: Як тяжко багацтва маючим у царство Боже ввійти!
24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ!”
Ученики ж вжахнулись од словес Його. Ісус же, знов озвавшись, рече їм: Діти, як тяжко вповаючим на багацтва в царство Боже ввійти!
25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
Легше верблюдові кріз ушко голки пройти, ніж багатому в царство Боже ввійти.
26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”
Вони ж, надто здивувались, говорячи між собою: То хто ж може спастись?
27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन । परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”
Споглянувши ж на них Ісус, рече: У людей неможливе, та не в Бога; все бо можливе в Бога.
28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
І почав Петр говорити Йому: Ось ми покинули все, та й пійшли слїдом за Тобою.
29 येशूले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
Озвав ся ж Ісус і рече: Істино глаголю вам: Нема чоловіка, що покинув домівку, або братів, або сестер, або батька, або матір, або жінку, або дїтей, або поля ради мене і євангелиї,
30 त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । (aiōn g165, aiōnios g166)
та й не прийняв у сотеро тепер, часу сього, серед гонення, домівок, і братів, і сестер, і матїрок, і дїтей, і земель, а в віку будучому життє вічне. (aiōn g165, aiōnios g166)
31 तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
Многі ж перві будуть останнї, а останні перві.
32 उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
Були ж вони в дорозї, ідучи в Єрусалим, і випередив їх Ісус; й вжахнули ся вони; і, йдучи за ним, лякались. І, взявши знов дванайцятьох, почав їм глаголати, що Йому станеть ся:
33 “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
Що ось ідемо в Єрусалим, і Син чоловічий буде виданий архиєреям та письменникам, і осудять вони Його на смерть, і видадуть Його поганам;
34 तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”
і насьміхати муть ся з Него, й бити муть Його, й плювати муть на Него, і вбють Його; й третього дня воскресне.
35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौँ ।”
І приступають до Него Яков та Иоан, сини Зеведеєві, кажучи: Учителю, хочемо, щоб, про що просити мем, зробив нам.
36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”
Він же рече їм: Що хочете, щоб зробив вам?
37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍न दिनुहोस् ।”
Вони ж кажуть Йому: Дай нам, щоб один по правицї в Тебе, а один по лївицї в Тебе сидїли ми в славі Твоїй.
38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ?”
Ісус же рече їм: Не знаєте, чого просите. Чи зможете пити чашу, яку я пю, і хрещеннєм, яким я хрещу ся, хрестити ся?
39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।
Вони ж кажуть Йому: Можемо. Ісус же рече їм: Ви-то чашу, яку я пю, пити мете, й хрещеннєм, яким я хрещусь, хрестити метесь;
40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
тільки ж, щоб сидїти вам по правицї в мене й по лївицї в мене, се не єсть моє дати, а кому приготовлено.
41 जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।
І почувши десять, почали ремствувати на Якова та Иоана.
42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।
Ісус же, покликавши їх, рече їм: Ви знаєте, що котрі, здаєть ся, князюють над поганами, панують над ними, й великі їх управляють ними.
43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।
Не так же буде в вас; нї, хто хоче стати ся великим між вами, нехай буде слугою вам;
44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
і хто хоче між вами стати ся першим, нехай буде усїм рабом.
45 किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।
Бо й Син чоловічий не прийшов, щоб служено Йому, а служити й дати душу свою викуп за многих.
46 उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।
І приходять у Єрихон; і як виходив Він із Єрихону, й ученики Його, й багато народу, син Тимеїв, Вартимей слїпий, сидїв над шляхом, просячи.
47 जब त्यसले येशू नासरी भन्‍ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
І, почувши, що се Ісус Назарянин, почав кричати й казати: Сину Давидів Ісусе, помилуй мене.
48 धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
І сварили на него многі, щоб мовчав; він же ще більше кричав: Сину Давидів, помилуй мене.
49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
І, зупинившись Ісус, звелїв його покликати. І покликали сліпого, говорячи йому: Бодрись, устань; кличе тебе.
50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
Він же, скинувши одежу свою, встав і приступив до Ісуса.
51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”
І, озвавшись, рече йому Ісус: Що хочеш, щоб зробив тобі? Слїпий же каже Йому: Учителю, щоб прозрів.
52 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
Ісусже рече йому: Іди, віра твоя спасла тебе. І зараз прозрів він, й пійшов слідом за Ісусом дорогою.

< मर्कूस 10 >