< मर्कूस 10 >
1 येशू त्यो ठाउँ छोडेर यहूदियाको प्रान्त र यर्दन नदि पारिको क्षेत्रमा जानुभयो अनि भिड फेरि उहाँकहाँ आयो । उहाँले गर्नुभएझैँ उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।
အနန္တရံ သ တတ္သ္ထာနာတ် ပြသ္ထာယ ယရ္ဒ္ဒနနဒျား ပါရေ ယိဟူဒါပြဒေၑ ဥပသ္ထိတဝါန်, တတြ တဒန္တိကေ လောကာနာံ သမာဂမေ ဇာတေ သ နိဇရီတျနုသာရေဏ ပုနသ္တာန် ဥပဒိဒေၑ၊
2 अनि फरिसीहरू उहाँलाई जाँच्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
တဒါ ဖိရူၑိနသ္တတ္သမီပမ် ဧတျ တံ ပရီက္ၐိတုံ ပပြစ္ဆး သွဇာယာ မနုဇာနာံ တျဇျာ န ဝေတိ?
3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”
တတး သ ပြတျဝါဒီတ်, အတြ ကာရျျေ မူသာ ယုၐ္မာန် ပြတိ ကိမာဇ္ဉာပယတ်?
4 तिनीहरूले भने, “मोशाले पत्नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”
တ ဦစုး တျာဂပတြံ လေခိတုံ သွပတ္နီံ တျက္တုဉ္စ မူသာ'နုမနျတေ၊
5 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन् ।”
တဒါ ယီၑုး ပြတျုဝါစ, ယုၐ္မာကံ မနသာံ ကာဌိနျာဒ္ဓေတော ရ္မူသာ နိဒေၑမိမမ် အလိခတ်၊
6 तर सृष्टिको सुरुदेखि नै ‘परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो ।’
ကိန္တု သၖၐ္ဋေရာဒေါ် ဤၑွရော နရာန် ပုံရူပေဏ သ္တြီရူပေဏ စ သသရ္ဇ၊
7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग लागिरहन्छ,
"တတး ကာရဏာတ် ပုမာန် ပိတရံ မာတရဉ္စ တျက္တွာ သွဇာယာယာမ် အာသက္တော ဘဝိၐျတိ,
8 र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् ।
တော် ဒွါဝ် ဧကာင်္ဂေါ် ဘဝိၐျတး၊ " တသ္မာတ် တတ္ကာလမာရဘျ တော် န ဒွါဝ် ဧကာင်္ဂေါ်၊
9 त्यसकारण, जसलाई परमेश्वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
အတး ကာရဏာဒ် ဤၑွရော ယဒယောဇယတ် ကောပိ နရသ္တန္န ဝိယေဇယေတ်၊
10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
အထ ယီၑု ရ္ဂၖဟံ ပြဝိၐ္ဋသ္တဒါ ၑိၐျား ပုနသ္တတ္ကထာံ တံ ပပြစ္ဆုး၊
11 उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
တတး သောဝဒတ် ကၑ္စိဒ် ယဒိ သွဘာရျျာံ တျက္တဝါနျာမ် ဥဒွဟတိ တရှိ သ သွဘာရျျာယား ပြာတိကူလျေန ဝျဘိစာရီ ဘဝတိ၊
12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
ကာစိန္နာရီ ယဒိ သွပတိံ ဟိတွာနျပုံသာ ဝိဝါဟိတာ ဘဝတိ တရှိ သာပိ ဝျဘိစာရိဏီ ဘဝတိ၊
13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
အထ သ ယထာ ၑိၑူန် သ္ပၖၑေတ်, တဒရ္ထံ လောကဲသ္တဒန္တိကံ ၑိၑဝ အာနီယန္တ, ကိန္တု ၑိၐျာသ္တာနာနီတဝတသ္တရ္ဇယာမာသုး၊
14 तर जब येशूले यो देख्नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो ।”
ယီၑုသ္တဒ် ဒၖၐ္ဋွာ ကြုဓျန် ဇဂါဒ, မန္နိကဋမ် အာဂန္တုံ ၑိၑူန် မာ ဝါရယတ, ယတ ဧတာဒၖၑာ ဤၑွရရာဇျာဓိကာရိဏး၊
15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
ယုၐ္မာနဟံ ယထာရ္ထံ ဝစ္မိ, ယး ကၑ္စိတ် ၑိၑုဝဒ် ဘူတွာ ရာဇျမီၑွရသျ န ဂၖဟ္လီယာတ် သ ကဒါပိ တဒြာဇျံ ပြဝေၐ္ဋုံ န ၑက္နောတိ၊
16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हातमा लिएर आशिष् दिनुभयो ।
အနနတရံ သ ၑိၑူနင်္ကေ နိဓာယ တေၐာံ ဂါတြေၐု ဟသ္တော် ဒတ္တွာၑိၐံ ဗဘာၐေ၊
17 उहाँले यात्रा सुरु गर्न लाग्नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?” (aiōnios )
အထ သ ဝရ္တ္မနာ ယာတိ, ဧတရှိ ဇန ဧကော ဓာဝန် အာဂတျ တတ္သမ္မုခေ ဇာနုနီ ပါတယိတွာ ပၖၐ္ဋဝါန်, ဘေား ပရမဂုရော, အနန္တာယုး ပြာပ္တယေ မယာ ကိံ ကရ္တ္တဝျံ? (aiōnios )
18 येशूले भन्नुभयो, “किन तिमी मलाई असल भन्दछौ? परमेश्वरबाहेक कोही पनि असल छैन ।
တဒါ ယီၑုရုဝါစ, မာံ ပရမံ ကုတော ဝဒသိ? ဝိနေၑွရံ ကောပိ ပရမော န ဘဝတိ၊
19 तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
ပရသ္တြီံ နာဘိဂစ္ဆ; နရံ မာ ဃာတယ; သ္တေယံ မာ ကုရု; မၖၐာသာက္ၐျံ မာ ဒေဟိ; ဟိံသာဉ္စ မာ ကုရု; ပိတရော် သမ္မနျသွ; နိဒေၑာ ဧတေ တွယာ ဇ္ဉာတား၊
20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
တတသ္တန ပြတျုက္တံ, ဟေ ဂုရော ဗာလျကာလာဒဟံ သရွွာနေတာန် အာစရာမိ၊
21 येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
တဒါ ယီၑုသ္တံ ဝိလောကျ သ္နေဟေန ဗဘာၐေ, တဝဲကသျာဘာဝ အာသ္တေ; တွံ ဂတွာ သရွွသွံ ဝိကြီယ ဒရိဒြေဘျော ဝိၑြာဏယ, တတး သွရ္ဂေ ဓနံ ပြာပ္သျသိ; တတး ပရမ် ဧတျ ကြုၑံ ဝဟန် မဒနုဝရ္တ္တီ ဘဝ၊
22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
ကိန္တု တသျ ဗဟုသမ္ပဒွိဒျမာနတွာတ် သ ဣမာံ ကထာမာကရ္ဏျ ဝိၐဏော ဒုးခိတၑ္စ သန် ဇဂါမ၊
23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”
အထ ယီၑုၑ္စတုရ္ဒိၑော နိရီက္ၐျ ၑိၐျာန် အဝါဒီတ်, ဓနိလောကာနာမ် ဤၑွရရာဇျပြဝေၑး ကီဒၖဂ် ဒုၐ္ကရး၊
24 चेलाहरू उहाँका वचनहरूमा छक्क परे । तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ!”
တသျ ကထာတး ၑိၐျာၑ္စမစ္စကြုး, ကိန္တု သ ပုနရဝဒတ်, ဟေ ဗာလကာ ယေ ဓနေ ဝိၑွသန္တိ တေၐာမ် ဤၑွရရာဇျပြဝေၑး ကီဒၖဂ် ဒုၐ္ကရး၊
25 धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
ဤၑွရရာဇျေ ဓနိနာံ ပြဝေၑာတ် သူစိရန္ဓြေဏ မဟာင်္ဂသျ ဂမနာဂမနံ သုကရံ၊
26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”
တဒါ ၑိၐျာ အတီဝ ဝိသ္မိတား ပရသ္ပရံ ပြောစုး, တရှိ ကး ပရိတြာဏံ ပြာပ္တုံ ၑက္နောတိ?
27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्वरको लागि होइन । परमेश्वरको निम्ति सबै कुरा सम्भव छ ।”
တတော ယီၑုသ္တာန် ဝိလောကျ ဗဘာၐေ, တန် နရသျာသာဓျံ ကိန္တု နေၑွရသျ, ယတော ဟေတောရီၑွရသျ သရွွံ သာဓျမ်၊
28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
တဒါ ပိတရ ဥဝါစ, ပၑျ ဝယံ သရွွံ ပရိတျဇျ ဘဝတောနုဂါမိနော ဇာတား၊
29 येशूले भन्नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
တတော ယီၑုး ပြတျဝဒတ်, ယုၐ္မာနဟံ ယထာရ္ထံ ဝဒါမိ, မဒရ္ထံ သုသံဝါဒါရ္ထံ ဝါ ယော ဇနး သဒနံ ဘြာတရံ ဘဂိနီံ ပိတရံ မာတရံ ဇာယာံ သန္တာနာန် ဘူမိ ဝါ တျက္တွာ
30 त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ । (aiōn , aiōnios )
ဂၖဟဘြာတၖဘဂိနီပိတၖမာတၖပတ္နီသန္တာနဘူမီနာမိဟ ၑတဂုဏာန် ပြေတျာနန္တာယုၑ္စ န ပြာပ္နောတိ တာဒၖၑး ကောပိ နာသ္တိ၊ (aiōn , aiōnios )
31 तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
ကိန္တွဂြီယာ အနေကေ လောကား ၑေၐား, ၑေၐီယာ အနေကေ လောကာၑ္စာဂြာ ဘဝိၐျန္တိ၊
32 उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।
အထ ယိရူၑာလမျာနကာလေ ယီၑုသ္တေၐာမ် အဂြဂါမီ ဗဘူဝ, တသ္မာတ္တေ စိတြံ ဇ္ဉာတွာ ပၑ္စာဒ္ဂါမိနော ဘူတွာ ဗိဘျုး၊ တဒါ သ ပုန ရ္ဒွါဒၑၑိၐျာန် ဂၖဟီတွာ သွီယံ ယဒျဒ် ဃဋိၐျတေ တတ္တတ် တေဘျး ကထယိတုံ ပြာရေဘေ;
33 “हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
ပၑျတ ဝယံ ယိရူၑာလမ္ပုရံ ယာမး, တတြ မနုၐျပုတြး ပြဓာနယာဇကာနာမ် ဥပါဓျာယာနာဉ္စ ကရေၐု သမရ္ပယိၐျတေ; တေ စ ဝဓဒဏ္ဍာဇ္ဉာံ ဒါပယိတွာ ပရဒေၑီယာနာံ ကရေၐု တံ သမရ္ပယိၐျန္တိ၊
34 तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”
တေ တမုပဟသျ ကၑယာ ပြဟၖတျ တဒွပုၐိ နိၐ္ဌီဝံ နိက္ၐိပျ တံ ဟနိၐျန္တိ, တတး သ တၖတီယဒိနေ ပြောတ္ထာသျတိ၊
35 जब्दियाका छोराहरू याकूब र यूहन्ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ ।”
တတး သိဝဒေး ပုတြော် ယာကူဗျောဟနော် တဒန္တိကမ် ဧတျ ပြောစတုး, ဟေ ဂုရော ယဒ် အာဝါဘျာံ ယာစိၐျတေ တဒသ္မဒရ္ထံ ဘဝါန် ကရောတု နိဝေဒနမိဒမာဝယေား၊
36 उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”
တတး သ ကထိတဝါန်, ယုဝါံ ကိမိစ္ဆထး? ကိံ မယာ ယုၐ္မဒရ္ထံ ကရဏီယံ?
37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्न दिनुहोस् ।”
တဒါ တော် ပြောစတုး, အာဝယောရေကံ ဒက္ၐိဏပါရ္ၑွေ ဝါမပါရ္ၑွေ စဲကံ တဝဲၑွရျျပဒေ သမုပဝေၐ္ဋုမ် အာဇ္ဉာပယ၊
38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्तिस्मा तिमीहरू सहन सक्छौ?”
ကိန္တု ယီၑုး ပြတျုဝါစ ယုဝါမဇ္ဉာတွေဒံ ပြာရ္ထယေထေ, ယေန ကံသေနာဟံ ပါသျာမိ တေန ယုဝါဘျာံ ကိံ ပါတုံ ၑက္ၐျတေ? ယသ္မိန် မဇ္ဇနေနာဟံ မဇ္ဇိၐျေ တန္မဇ္ဇနေ မဇ္ဇယိတုံ ကိံ ယုဝါဘျာံ ၑက္ၐျတေ? တော် ပြတျူစတုး ၑက္ၐျတေ၊
39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौँ ।” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ । र मैले लिने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ ।
တဒါ ယီၑုရဝဒတ် ယေန ကံသေနာဟံ ပါသျာမိ တေနာဝၑျံ ယုဝါမပိ ပါသျထး, ယေန မဇ္ဇနေန စာဟံ မဇ္ဇိယျေ တတြ ယုဝါမပိ မဇ္ဇိၐျေထေ၊
40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
ကိန္တု ယေၐာမရ္ထမ် ဣဒံ နိရူပိတံ, တာန် ဝိဟာယာနျံ ကမပိ မမ ဒက္ၐိဏပါရ္ၑွေ ဝါမပါရ္ၑွေ ဝါ သမုပဝေၑယိတုံ မမာဓိကာရော နာသ္တိ၊
41 जब अरू दस जना चेलाले यसबारे सुने, तिनीहरू याकूब र यूहन्नासँग निकै रिसाउन थाले ।
အထာနျဒၑၑိၐျာ ဣမာံ ကထာံ ၑြုတွာ ယာကူဗျောဟန္ဘျာံ စုကုပုး၊
42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्ने तिमीहरू जान्दछौ ।
ကိန္တု ယီၑုသ္တာန် သမာဟူယ ဗဘာၐေ, အနျဒေၑီယာနာံ ရာဇတွံ ယေ ကုရွွန္တိ တေ တေၐာမေဝ ပြဘုတွံ ကုရွွန္တိ, တထာ ယေ မဟာလောကာသ္တေ တေၐာမ် အဓိပတိတွံ ကုရွွန္တီတိ ယူယံ ဇာနီထ၊
43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।
ကိန္တု ယုၐ္မာကံ မဓျေ န တထာ ဘဝိၐျတိ, ယုၐ္မာကံ မဓျေ ယး ပြာဓာနျံ ဝါဉ္ဆတိ သ ယုၐ္မာကံ သေဝကော ဘဝိၐျတိ,
44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
ယုၐ္မာကံ ယော မဟာန် ဘဝိတုမိစ္ဆတိ သ သရွွေၐာံ ကိင်္ကရော ဘဝိၐျတိ၊
45 किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।
ယတော မနုၐျပုတြး သေဝျော ဘဝိတုံ နာဂတး သေဝါံ ကရ္တ္တာံ တထာနေကေၐာံ ပရိတြာဏသျ မူလျရူပသွပြာဏံ ဒါတုဉ္စာဂတး၊
46 उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो ।
အထ တေ ယိရီဟောနဂရံ ပြာပ္တာသ္တသ္မာတ် ၑိၐျဲ ရ္လောကဲၑ္စ သဟ ယီၑော ရ္ဂမနကာလေ ဋီမယသျ ပုတြော ဗရ္ဋီမယနာမာ အန္ဓသ္တန္မာရ္ဂပါရ္ၑွေ ဘိက္ၐာရ္ထမ် ဥပဝိၐ္ဋး၊
47 जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
သ နာသရတီယသျ ယီၑောရာဂမနဝါရ္တ္တာံ ပြာပျ ပြောစဲ ရွက္တုမာရေဘေ, ဟေ ယီၑော ဒါယူဒး သန္တာန မာံ ဒယသွ၊
48 धेरैले चुप लाग भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
တတောနေကေ လောကာ မော်နီဘဝေတိ တံ တရ္ဇယာမာသုး, ကိန္တု သ ပုနရဓိကမုစ္စဲ ရ္ဇဂါဒ, ဟေ ယီၑော ဒါယူဒး သန္တာန မာံ ဒယသွ၊
49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
တဒါ ယီၑုး သ္ထိတွာ တမာဟွာတုံ သမာဒိဒေၑ, တတော လောကာသ္တမန္ဓမာဟူယ ဗဘာၐိရေ, ဟေ နရ, သ္ထိရော ဘဝ, ဥတ္တိၐ္ဌ, သ တွာမာဟွယတိ၊
50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
တဒါ သ ဥတ္တရီယဝသ္တြံ နိက္ၐိပျ ပြောတ္ထာယ ယီၑေား သမီပံ ဂတး၊
51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।”
တတော ယီၑုသ္တမဝဒတ် တွယာ ကိံ ပြာရ္ထျတေ? တုဘျမဟံ ကိံ ကရိၐျာမီ? တဒါ သောန္ဓသ္တမုဝါစ, ဟေ ဂုရော မဒီယာ ဒၖၐ္ဋိရ္ဘဝေတ်၊
52 येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
တတော ယီၑုသ္တမုဝါစ ယာဟိ တဝ ဝိၑွာသသ္တွာံ သွသ္ထမကာရ္ၐီတ်, တသ္မာတ် တတ္က္ၐဏံ သ ဒၖၐ္ဋိံ ပြာပျ ပထာ ယီၑေား ပၑ္စာဒ် ယယော်၊