< मलाकी 3 >
1 “हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
看,我要派遺我的使者,在我前面預備道路。你們所尋求的主宰,必要忽然進入衪的殿內;你們所想望盟約的使者,看,他來了──萬軍的上主說。
2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।
但是衪來臨之日,有誰能支得住﹖衪顯現時,有誰能站立得住﹖因為衪像煉金者用的爐火,又像漂布者用的滷汁
3 उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
衪必要坐下,像個溶化和煉淨銀子的人,煉淨肋未的子孫,精煉他們像精煉金銀一像,使他們能懷著虔誠,向上主奉獻祭品:
4 त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्न तुल्याउने किसिमको हुनेछ ।
那時,猶大和耶路撒冷所獻的祭品,必能悅樂上主,有如昔日和往年。
5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
那時,我必前來你們接近,執行審判,迅速作證反對術士、犯奸和發虛誓的人,反對欺壓傭工,寡婦和孤兒的人,反對侵害外方人的權利,而不敬畏我的人──萬軍的上主說。
6 “किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ ।
是的,我是上主,決不改變;但你們總是雅各伯的子孫!
7 तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’
自從你們祖先的日子以來,你們就離棄了我的法令,而不遵守。現在你們轉向我吧! 我必轉向你們──萬軍的上主說。你們卻說:「我們應怎樣轉向你呢﹖」
8 के कुनै मानिसले परमेश्वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।
人豈能欺騙天主﹖可是你們卻欺騙了我! 你們卻說:「我們在什麼事上欺騙了你﹖」即在什一和應獻的祭物上。
9 तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ ।
他們全體人民! 你們必要遭受嚴厲的詛咒,因為你們都欺騙了我。
10 भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्ने ठाउँ नहुनेसम्म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
你們應把什一之物送入府庫,好使卜殿宇存有食糧。你們就在這事上試試我吧! ──萬軍的上主說──看我是否給你們開啟天閘,將祝福傾注在你們身上,直到你們心意滿足。
11 “तिमीहरूका बालीहरू नष्ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्मै फसल नष्ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
我必要為你們嚇走那舌食者,不容牠再損害你們的田產,也不讓你們田間的葡萄樹不結果實──萬軍的上主說。
12 “सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
萬民都要稱你們有福,因為你們將成為一片樂土──萬軍的上主說。
13 “मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’
上主說:「你們竟然敢用言語頂撞我。你們卻說:「我們在什麼話上頂撞了你﹖」
14 तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
即在你們說:「事奉天主只是徒然! 遵守衪的誡命,在萬軍的上主面前,穿苦衣而行,有什麼好處﹖
15 यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्वरलाई जाँच गरेर उम्कन्छन् ।’”
現在我們該稱驕傲人有福;作惡的人,居然順利,試探天主的人居然免罰! 」
16 अनि परमप्रभुको भय मान्नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्नुभयो, र परमप्रभुको भय मान्ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
這是敬畏上主的人彼此談論的。但上主都加以注意而聽見了,並且在衪面前的記錄簿上,為那些敬畏上主和投靠衪名號的人予以記錄了。
17 “मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु ।
在我行事的時日──萬軍的上主說──他們必是屬於我的產業,我要憐愛他們,有如人憐愛服事自己的兒子。
18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्ट बिच भिन्नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।
你們將要重新看出義人和惡人,服事天主和不服事天主的人的區別。