< लुका 9 >
1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्ति दिनुभयो ।
Wabhakwizya bhala Thenashara, wabhapela owezo na mamlaka agahwefwe pepo bhonti na ponie empongo.
2 उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
Wabhasontezya bhaulombelele oumwene owa NGOLOBHE na abhaponie empongo.
3 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ ।
Wabhabhola, “Mganje hweje ahantu msafari yenyu endesa, wala echola, wala ibumnda, wala ehela wala omo wenye asahabhe na magolole gabhele.
4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।
Na enyumba yuyonti yamwayinjila, mkhalaje omwo anzaji omwo.
5 कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”
Na bhala bhasebhabhakalibizizye, na mfuma mwiboma omwo, kunyuntaji hata mankondi aga mmagaga egenyu abhe ushuda hwabhahale.”
6 तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
Bhabhala bhasyongola shila shijiji, bhalombelela izu na abhunie abhantu shila mahali.
7 अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्तिस्मा-दिने यूहन्ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।
Nao Herode, omwene, wovwa enongwa zyonti zyazibhombeshe, wazugumila afwanaje abhantu bhamo bhayanjile eyejo oYohana azyoshele afume afwe,
8 र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने ।
Na bhamo bhagaga oEliya abhoneshe na bhamo, bhagaga bhabhala akuwa abhe mwaha azeyoshele.
9 हेरोदले भने, “मैले यूहन्नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्ने कोसिस गरे ।
Lelo oHerode wayanga, “OYohana, nadumuye itwe eshi wenu ono wehovwa amambo gakwe? Ahanzaga hulole.
10 जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
Eshi bhala atumwa, nabhawelile bhabholele amambo gonti gabhabombile. wabhega wabhalanabho pa faragha paka piboma limo likwiziwa Bethsadia.
11 तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
Namabongono nabhanya bhalondoleye wabhakari bizya, wabha ayanga nabho enongwa zya umwene owa NGOLOBHE, wabhaponia bhala bhabhali neshida eya pone.
12 दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
Na isanyo lyahandile aswe, bhabhalila bhala Athenashara, bhabhola ulaje obongano ili bhabhale hushijiji na mmagondo aga mnshenje bhapaje apagone na evyalye afwanaje epa patihweli pigona wene.”
13 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्नबाहेक अर्को उपाय छैन ।”
Wabhabhola, “Bhapeli amwe eshalye.”bhayaga” Seti na hantu zaidi eye mabumnda gasanu ne sanaki zibhele kasetibhala tibhakalile abhantu ebhabhonti evyalye.”
14 त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।”
Afwanaje alume bhali elfu zisanu. Na wabhabhola asambelezewa bhakwe. “Bhakhazi abhantu shikundi shila shikundi bhantu hamsini.
15 अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
Bhabhamba esho bhabhakhazya bhonti.
16 उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
Wega gala amabumnda gasanu na zila esamaki zibhele wenya amwanya humbunguni, wavi sayila, wavimensula wabhapela, asambelezewe bhakwe ili bhabhapele abungano.
17 तिनीहरू सबैले खाए र सन्तुष्ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
Bhalya bhakuta bhonti, na eshi vila evimensushilo vyavyasageye bhabhongenye evitondo kumi na vibhele.
18 जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्न गर्दै भन्नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”
Yabha na putaga hufalagha, amanyiwa bhakwe bhahari pandwemo nawo, wabhabhozya, eshi amabongano ebhabha bhayiga ane neweni?
19 तिनीहरूले जवाफ दिँदै भने, “बप्तिस्मा-दिने यहून्ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्ता हुन् भनी भन्दछन् ।”
Bhagalula, bhayanga, “oYohana yahwozya, lelo bhamo bhayiga yo Eliya, nabhamwabho bhayiga mojawapo mwa kuwa abhemwaha azyoshele.”
20 उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्वरबाट आउनुभएका ख्रीष्ट ।”
Wabhabhola, “amwe myiga ane newenu?” OPetro wagalula wayanga, “awe we kristi wa NGOLOBHE.”
21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्नू भनी शिक्षा दिनुभयो ।
Wabhasunda, wabhakhana bhagaje hubhole omntu enongwa ezyo,
22 निश्चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
Wayanga ahwanziwa omwana owa Adamu agaje amalabha aminji nakhanwe na zee na gosi abhe makohani na simbi na gakwe na isiku elya tatu lya zyoshe.
23 उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।
Wabhabhola wonti omntu yeyonti, “Yahwanza ambejezye na ahwikhane yoyo, ahwitweshe ikhobhehanyo lyakwe shila lisiku, andondolezyaje.
24 जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
Afwanaje omntu yahwanza aponie enafsi yakwe ayiyitezya, na omntu yayitezye enafsi kwajili yane, esho ayiyiponya.
25 सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
Afwanaje henu habhajiye omntu, azyagaezya mnsi omo zyonti, nkeshe wahwitezya yoyo na hwiyanganuzye?
26 जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
Afwanaje shila yayindolela asoni ane na mazu gane, omwana owa Adamu wape ayihulole esoni omntu oyo nayenza no winza wakwe, no wayise no wa malaika abhinza.
27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्नअगि परमेश्वरको राज्य देख्नेछैनन् ।
Nane embabhola elyoli, bhahweli bhabhemeleye epa, ambao sebhayilenga efwa tee hata paka bhaulole oumwe owa NGOLOBHE.”
28 लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्नुभएको थियो ।
Afume amazu ego zyashilile ensiku nane abhejile oPetro, no Yohana, no Yakobo, wazubha mwigamba ili alabhe.
29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्त्र सेतो र चम्किलो भयो ।
Yabha katika apute hwakwe esheni, esha hu maso gakwe shagaluhana, na amenda gakwe gabha mazelu gameta meta.
30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,
Na enya, abhantu bhabhele bhali bhayanga nawo! Bhape yo Musa no Eliya,
31 जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।
Bhabhoneshe huwinza. Bhayanga enongwa ezya fwe hwakwe, nayikamilisya hu Yerusalemu.
32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।
OPetro na bhala bhali pandwemo nabho bhali bhalemewe notulo. Lelo nabhadamla, bhalole owinza wakwe nabhala bhabhele bhabhemeleye pandwemo nabho.
33 तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्ने कुरा उनले बुझेनन् ।
Yabha ebho nabhahwibagula nawo, oPetro wabhila oYesu, GOSI, wabhagosi, shinza atee abhepa na tilenganye amahenje gatatu. Shimo shahwiliwa shimo shamusi esha mwabho sha Musa, no Eliya.” Esho ali samenye lyayanga.
34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।
Nali ayanga ego, lyafumiye ibhengo lyabhapola izunda bhogopa nabhinji mwibhengo elyo.
35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
Izu lyafumile mwibhengo lyayanga, “Ono mwana wane teule. Wane mwovwaji omwahale.”
36 जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।
Na izu elyo nalyamaliha, Yesu abhoneshe ali mwene, bhape bhapona kati, sebhatangazya hwa mntu ensiku zila lyalyoli lilo gabhagalolile.
37 तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।
Yabha isiku, elya bhele yakwe nabhiha hwigamba, abugano ogosi watangene nawo.
38 हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।
Na enye, omntu omo katika obongano akholile hwiizu ayanjile, sambilizi, “Ehulabha mwenye omwana wane, afwanaje omwahale mwana wane mwene.
39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्च्याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
Na enye ipepo lihukhata wape akhoma ibwago, antele lihupela eshifapa, olu afuma itatafura wa sahuleha ila humalabha ohwikoyola koyola.
40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”
Embalabhile asambelezewe bhaho bhamwefe sebhawezizye.”
41 येशूले जवाफ दिनुभयो र भन्नुभयो, “हे अविश्वासी र भ्रष्ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ ।”
OYesu wagalula wayanga, “Amwe mshikholo mwase mlinolyeteho, mtejile embakhale nani we nahwejeshelane paka ndii? Rete omwana wa ho epe.”
42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
Na ali ahubhalila, ipepo lyalagazya pansi. wapela eshifafa, oYesu wadamila ipepo ibhibhi, waponia omwana wawezyezya oYise.
43 तिनीहरू परमेश्वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
Bhonti bhaswiga nabhaulola ogosi owa NGOLOBHE. Bhape nabhali bhaswiga amambo gonti gabhambile, abhabholele amanyiziwa bhakwe,
44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
“Gakhataji amazu ega mmakutu genyu, ufwanaje omwana owa Adamu abhala akhatwe mmakhono gabhantu.”
45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्न डराए ।
Lelo sebhalimenye izu lila, lyatisilwe hwabhale sebhalimenye, bhahogope hubhozye ofwano gwakwe gwenu izu elyo.
46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
Bhahandile ayungane wenu yabhabhe gosi kati yabho.
47 तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्नुभयो,
Wape oYesu nawamanya esebho ezye moyo gabho, wamwega omwana ododo, wabhaha papepe no mwahale,
48 र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”
Wabhabhola, “yayonti yabhahuwejelele omwana ono hwitawa lyane anejeleye nene na yoyonti, yabhanejelele ane, abhabhe amwejeleye omwahale yasontezyezyeafwanaje yali mwana miongoni mwenyu mwenti oyo ndiye yo gosi”
49 यूहन्नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”
OYohana wagalulawabhola, “Bwana, wogosi tilolile omntu afumya ipepo hwitawa lyaho tikhene, afwanaje salongozanyu natee.”
50 तर येशूले तिनलाई भन्नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
OYesu wabhola, “Mganje, hukhane afwanaje omwahale ambaye salilne mbibhi natee aliupande owahulite”
51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।
Yabha ensiku, ezya sogole nazyaparamiye afishe, omwahale alanguliye amaso gakwe abhale hu Yerusalemu.
52 उहाँले आफूभन्दा अगि सन्देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे ।
Wasontezya abhajumbe atagalile hwita, galila elye maso gakwe, bhabhala bhinjila mshijiji esha bhasamaria ili kulengunyizye mahali.
53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।
Lelo akhaya sabhakaribizizye, afanaje shahenyizye amaso gakwe, abhale hu Yerusalemu.
54 जब उहाँका चेलाहरू यूहन्ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्ट गर्न हामी आज्ञा गरौँ?”
Asambeleziwa bhakwe oYakobo no Yohana nabhalolile, ego bhayanjile, “GOSI ohwanza tirajizye (neshe oEliya wape shabhombile)?”
55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।
Wabhagalushila wabhasunda -(wayanga, semmenye eroho yeli hwelewele yamlinayo)
56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
Apwanaje omwana owa Adamu sega henzele azitezye roho zya bhantu eshi azyaule, bhasogala bhabhala hushijiji esha mwabho.
57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
Bhape nabhali bhabala mwidala, omntu omo abholele, “Embahulondolele hwohwonti hwobhale.”
58 येशूले उसलाई भन्नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”
OYesu wabhola, “Embela bhana magwenya, enyonyiabheangani bhane vitele, lelo omwana owa Adamu sali na pagone itwe lyakwa.”
59 तब उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”
Wabhola owa mwabho, “Ombenjelele.” Wayanga,”GOSI, pele oruhusa nasoti embale esyele oYise wane,”
60 तर उहाँले उसलाई भन्नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्वरको राज्यको घोषणा गर ।”
Wabhala bhaleshe bhabhafwiye, “Bhaseyele naje abhafwe bhebho, eshi awe bhalagaolombelele aumwene owa NGOLOBHE.
61 अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्न दिनुहोस् ।”
Omntu owamwabho. “Nantele wabhola, GOSI, embahubhenjezye lelo mpele oruhusa nasoti embalaje abhantu bhapa khaya yane.”
62 तर येशूले उसलाई भन्नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन ।”
OYesu wabhola umntu, yabheshele okhono gwakwe alima antele wagaluha hwisalo sahwanziwa humwene owa NGOLOBHE.”