< लुका 9 >

1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।
耶稣召齐十二门徒,赋予他们力量和权力,去制伏一切妖魔,医治各样的疾病。
2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
然后派遣他们去宣讲上帝之国和医治病人。
3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ ।
他对他们说:“你们路上什么都不用带,手杖、袋子、食物、银钱或是衣服都不需要。
4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस ।
无论走进谁家,就住下,直到需要离开为止。
5 कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”
如果那家人不接待你,在离开那座城的时候,就把脚上的灰尘跺下,以此警示他们。”
6 तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।
于是门徒们就出发走遍各乡,传讲福音,到处医治病人。
7 अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।
君王希律听到这一切,感到非常困惑,因为有人说:“约翰起死复生了。”
8 र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने ।
又有人说:“以利亚显现了。”还有人说:“古时的一位先知复活了。”
9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।
希律说:“毫无疑问我已经将约翰斩头,但他又是谁,我怎么会听到关于他的这些事呢?”于是他就设法要见耶稣。
10 जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो ।
门徒们回来后把所做之事报告耶稣,于是他带着他们离开,去一个叫做伯赛大城的地方。
11 तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।
民众知道后也跟了去。他接待他们,向他们讲述上帝之国,医好需要救治之人。
12 दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
天色将晚,十二门徒来到他跟前,说:“你让众人散了吧,让他们到附近的村庄和农场去,找地方住,找东西吃,因为这里是一片荒野。”
13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”
但耶稣说:“你们可以给他们吃的东西!”他们说:“我们只有五个饼和两条鱼,除非你想让我们去为所有人买食物。”
14 त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”
这里大概有五千名男人。他对门徒说:“让他们分组坐下,每组大概五十人。”
15 अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
门徒就照他的话叫众人坐下。
16 उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
耶稣拿起这五个饼和两条鱼,望着天,为食物祝福。然后掰开饼,持续不断地递给门徒,与众人分享。
17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
所有人都吃饱了,把剩下的食物收拾起来,装满了十二个篮子。
18 जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”
还有一次耶稣独自祈祷的时候,只有门徒和他在一起。他问他们:“所有这些民众是怎么看我的?”
19 तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन् ।”
他们回答:“有人说是你是施洗的约翰,有人说你是以利亚,还有人说你是古时的一位先知复活。”
20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”
他又问他们:“你们怎么看我?” 彼得回答:“你是上帝的基督。”
21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।
耶稣严厉地嘱咐他们,不要把这事告诉其他人。
22 निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
他说:“人子必须遭受许多苦难,被长老、祭司长和宗教老师拒绝,然后被杀害,但会在第三日复活。”
23 उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।
耶稣又对众人说:“如果有人愿意跟从我,就必须舍弃自己,天天背着自己的十字架跟从于我。
24 जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
如果你想拯救自己的生命,就必会丢掉生命。但如果你为我牺牲生命,必拯救生命。
25 सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
即使赢得全世界,但你最终却迷失或毁灭,又有什么好处呢?
26 जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
如果你因为我和我所授之道而感到耻辱,当人子带着荣耀以及天父和天使的荣耀降临时,也必把你视为耻辱。
27 तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।
告诉你们真相,这里的人群中,有人在死亡之前就能看到上帝之国。”
28 लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।
在他说出这番话约八天后,耶稣带着彼得、约翰和雅各上山去祷告。
29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।
在祷告的过程中,他的面貌忽然改变,衣服散发着洁白的光芒。
30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,
摩西和以利亚显现在荣光之中,开始与耶稣交流,
31 जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।
谈论他去世的事,这也是他在耶路撒冷需要完成的事情。
32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।
彼得和同伴都在打盹。醒过来之后,就看见他的荣光,也认出了与耶稣站在一起的那两个人。
33 तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।
那二人正要离开他的时候,彼得对耶稣说:“主啊,能来到这里太好了!我们可以搭三个庇护所,一个为你,一个为摩西,一个为以利亚。”但他其实并不知道自己在说什么。
34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।
就在他说话的时候,有一片云笼罩在他们上方,这让门徒们很害怕。
35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
云里飘出来一个声音,说:“这是我的天选之子,你们要听从他!”
36 जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।
声音消失后,众人只看到耶稣自己。关于这一刻所见之事,门徒们没有说出去,没有告诉任何人。
37 तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।
他们下山后的第二天,有一大群人等在那里迎接耶稣。
38 हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।
人群中有一个人喊着:“老师,求你看看我儿子吧,他是我的独子。
39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
一个恶灵附上了他的身体,他会忽然喊叫,身体抽搐,口吐白沫。恶灵会折磨糟践他,不肯放过他。
40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”
我求过你的门徒把他赶出去,他们却办不到。”
41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ ।”
耶稣说:“唉!这没有信仰的腐朽世界啊!我还要和你们在一起多久,忍受你们到几时?把你儿子带到这里来吧!”
42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
那孩子走过来的时候,恶鬼把他摔倒,让他不停抽搐。耶稣斥责那恶灵,然后把孩子医好,交给他父亲。
43 तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
众人都惊奇上帝的力量。就在大家还在惊讶耶稣所做的一切时,耶稣对门徒说:
44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
“仔细听好我将要说的话:人子将遭受人的背叛。”
45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।
门徒不明白,因为这话的真实意思被隐藏起来了,他们无法理解其隐喻之意,也不敢多问。
46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
后来,门徒之间开始争论谁最伟大。
47 तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो,
耶稣知道他们在争论什么,就找了一个小孩子过来,叫他站在自己旁边,
48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”
他对门徒们说:“凡以我之名接待这孩子,就是接待我,凡接待我者,就是接待派我来到这里的上帝。你们中间谁的年龄最小,谁就最伟大。”
49 यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”
约翰说:“主啊,我们看见有一个人以你的名驱鬼,我们就制止他,因为他不是我们中的一员。”
50 तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
耶稣说:“不要制止他,因为没有人能以我之名行神迹,同时又诅咒我。”
51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो ।
耶稣升入天堂的日子即将来临,他决意去耶路撒冷。
52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे ।
他派信使先走一步,造访撒玛利亚的一个村庄,为他做准备。
53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।
但那里的人不欢迎他,因为他决定去耶路撒冷。
54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ?”
他的门徒雅各和约翰看见了,就说:“主啊,你要我们呼唤从天而降的火烧死他们吗?”
55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो ।
但耶稣转过身斥责他们。
56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
然后一行人就开始去其他的村庄。
57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
在路上,有一个人对耶稣说:“你无论去哪里,我都要跟随你!”
58 येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन ।”
耶稣对那人说:“狐狸有洞,飞鸟有窝,人子却没有栖身之地。”
59 तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”
他对另一个人说:“跟随我吧!”那人说:“主啊,先让我先回去安葬我的父亲吧。”
60 तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”
耶稣说:“让死人去埋葬他们的死人吧,你应该去传扬上帝之国。”
61 अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”
又有一个人说:“主啊,我要跟随你,但容我先回去与家人道别。”
62 तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन ।”
耶稣说:“如果你已经开始耕犁,就不要向后看,否则就不适合进入上帝之国。”

< लुका 9 >