< लुका 8 >
1 यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।
aparañca yīśu rdvādaśabhiḥ śiṣyaiḥ sārddhaṁ nānānagareṣu nānāgrāmeṣu ca gacchan iśvarīyarājatvasya susaṁvādaṁ pracārayituṁ prārebhe|
2 केही स्त्रीहरू जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए, तिनीहरू पनि उहाँहरूसँगै थिए । तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए ।
tadā yasyāḥ sapta bhūtā niragacchan sā magdalīnīti vikhyātā mariyam herodrājasya gṛhādhipateḥ hoṣe rbhāryyā yohanā śūśānā
3 हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना र सुसन्ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
prabhṛtayo yā bahvyaḥ striyaḥ duṣṭabhūtebhyo rogebhyaśca muktāḥ satyo nijavibhūtī rvyayitvā tamasevanta, tāḥ sarvvāstena sārddham āsan|
4 अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो, साथै धेरै विभिन्न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए । उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो ।
anantaraṁ nānānagarebhyo bahavo lokā āgatya tasya samīpe'milan, tadā sa tebhya ekāṁ dṛṣṭāntakathāṁ kathayāmāsa| ekaḥ kṛṣībalo bījāni vaptuṁ bahirjagāma,
5 “एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
tato vapanakāle katipayāni bījāni mārgapārśve petuḥ, tatastāni padatalai rdalitāni pakṣibhi rbhakṣitāni ca|
6 अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।
katipayāni bījāni pāṣāṇasthale patitāni yadyapi tānyaṅkuritāni tathāpi rasābhāvāt śuśuṣuḥ|
7 अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।
katipayāni bījāni kaṇṭakivanamadhye patitāni tataḥ kaṇṭakivanāni saṁvṛddhya tāni jagrasuḥ|
8 तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस् ।
tadanyāni katipayabījāni ca bhūmyāmuttamāyāṁ petustatastānyaṅkurayitvā śataguṇāni phalāni pheluḥ| sa imā kathāṁ kathayitvā proccaiḥ provāca, yasya śrotuṁ śrotre staḥ sa śṛṇotu|
9 त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।
tataḥ paraṁ śiṣyāstaṁ papracchurasya dṛṣṭāntasya kiṁ tātparyyaṁ?
10 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन् ।’
tataḥ sa vyājahāra, īśvarīyarājyasya guhyāni jñātuṁ yuṣmabhyamadhikāro dīyate kintvanye yathā dṛṣṭvāpi na paśyanti śrutvāpi ma budhyante ca tadarthaṁ teṣāṁ purastāt tāḥ sarvvāḥ kathā dṛṣṭāntena kathyante|
11 अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो ।
dṛṣṭāntasyāsyābhiprāyaḥ, īśvarīyakathā bījasvarūpā|
12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून् ।
ye kathāmātraṁ śṛṇvanti kintu paścād viśvasya yathā paritrāṇaṁ na prāpnuvanti tadāśayena śaitānetya hṛdayātṛ tāṁ kathām apaharati ta eva mārgapārśvasthabhūmisvarūpāḥ|
13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।
ye kathaṁ śrutvā sānandaṁ gṛhlanti kintvabaddhamūlatvāt svalpakālamātraṁ pratītya parīkṣākāle bhraśyanti taeva pāṣāṇabhūmisvarūpāḥ|
14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन् ।
ye kathāṁ śrutvā yānti viṣayacintāyāṁ dhanalobhena ehikasukhe ca majjanta upayuktaphalāni na phalanti ta evoptabījakaṇṭakibhūsvarūpāḥ|
15 तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
kintu ye śrutvā saralaiḥ śuddhaiścāntaḥkaraṇaiḥ kathāṁ gṛhlanti dhairyyam avalambya phalānyutpādayanti ca ta evottamamṛtsvarūpāḥ|
16 अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्ने सबैले उज्यालो देखून् ।
aparañca pradīpaṁ prajvālya kopi pātreṇa nācchādayati tathā khaṭvādhopi na sthāpayati, kintu dīpādhāroparyyeva sthāpayati, tasmāt praveśakā dīptiṁ paśyanti|
17 किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्ने र ज्योतिमा आउन नसक्ने हुन्छ ।
yanna prakāśayiṣyate tādṛg aprakāśitaṁ vastu kimapi nāsti yacca na suvyaktaṁ pracārayiṣyate tādṛg gṛptaṁ vastu kimapi nāsti|
18 त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
ato yūyaṁ kena prakāreṇa śṛṇutha tatra sāvadhānā bhavata, yasya samīpe barddhate tasmai punardāsyate kintu yasyāśraye na barddhate tasya yadyadasti tadapi tasmāt neṣyate|
19 त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
aparañca yīśo rmātā bhrātaraśca tasya samīpaṁ jigamiṣavaḥ
20 र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
kintu janatāsambādhāt tatsannidhiṁ prāptuṁ na śekuḥ| tatpaścāt tava mātā bhrātaraśca tvāṁ sākṣāt cikīrṣanto bahistiṣṭhanatīti vārttāyāṁ tasmai kathitāyāṁ
21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”
sa pratyuvāca; ye janā īśvarasya kathāṁ śrutvā tadanurūpamācaranti taeva mama mātā bhrātaraśca|
22 अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
anantaraṁ ekadā yīśuḥ śiṣyaiḥ sārddhaṁ nāvamāruhya jagāda, āyāta vayaṁ hradasya pāraṁ yāmaḥ, tataste jagmuḥ|
23 तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
teṣu naukāṁ vāhayatsu sa nidadrau;
24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।
athākasmāt prabalajhañbhśagamād hrade naukāyāṁ taraṅgairācchannāyāṁ vipat tān jagrāsa|tasmād yīśorantikaṁ gatvā he guro he guro prāṇā no yāntīti gaditvā taṁ jāgarayāmbabhūvuḥ|tadā sa utthāya vāyuṁ taraṅgāṁśca tarjayāmāsa tasmādubhau nivṛtya sthirau babhūvatuḥ|
25 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन्?”
sa tān babhāṣe yuṣmākaṁ viśvāsaḥ ka? tasmātte bhītā vismitāśca parasparaṁ jagaduḥ, aho kīdṛgayaṁ manujaḥ pavanaṁ pānīyañcādiśati tadubhayaṁ tadādeśaṁ vahati|
26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
tataḥ paraṁ gālīlpradeśasya sammukhasthagiderīyapradeśe naukāyāṁ lagantyāṁ taṭe'varohamāvād
27 जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।
bahutithakālaṁ bhūtagrasta eko mānuṣaḥ purādāgatya taṁ sākṣāccakāra| sa manuṣo vāso na paridadhat gṛhe ca na vasan kevalaṁ śmaśānam adhyuvāsa|
28 जब उसले येशूलाई देख्यो, ऊ चिच्च्यायो, उहाँको सामु लड्यो र उसले उच्च स्वरमा भन्यो, “सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”
sa yīśuṁ dṛṣṭvaiva cīcchabdaṁ cakāra tasya sammukhe patitvā proccairjagāda ca, he sarvvapradhāneśvarasya putra, mayā saha tava kaḥ sambandhaḥ? tvayi vinayaṁ karomi māṁ mā yātaya|
29 किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्ट आत्माद्वारा मरुभूमितिर डोर्याइन्थ्यो ।
yataḥ sa taṁ mānuṣaṁ tyaktvā yātum amedhyabhūtam ādideśa; sa bhūtastaṁ mānuṣam asakṛd dadhāra tasmāllokāḥ śṛṅkhalena nigaḍena ca babandhuḥ; sa tad bhaṁktvā bhūtavaśatvāt madhyeprāntaraṁ yayau|
30 त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्ट आत्माहरू त्यसभित्र पसेका थिए ।
anantaraṁ yīśustaṁ papraccha tava kinnāma? sa uvāca, mama nāma bāhino yato bahavo bhūtāstamāśiśriyuḥ|
31 तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे । (Abyssos )
atha bhūtā vinayena jagaduḥ, gabhīraṁ garttaṁ gantuṁ mājñāpayāsmān| (Abyssos )
32 अब त्यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।
tadā parvvatopari varāhavrajaścarati tasmād bhūtā vinayena procuḥ, amuṁ varāhavrajam āśrayitum asmān anujānīhi; tataḥ sonujajñau|
33 त्यसैले, त्यस मानिसबाट दुष्ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।
tataḥ paraṁ bhūtāstaṁ mānuṣaṁ vihāya varāhavrajam āśiśriyuḥ varāhavrajāśca tatkṣaṇāt kaṭakena dhāvanto hrade prāṇān vijṛhuḥ|
34 सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर र वरपरका ठाउँहरूमा गए र त्यो कुरो बताए ।
tad dṛṣṭvā śūkararakṣakāḥ palāyamānā nagaraṁ grāmañca gatvā tatsarvvavṛttāntaṁ kathayāmāsuḥ|
35 त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।
tataḥ kiṁ vṛttam etaddarśanārthaṁ lokā nirgatya yīśoḥ samīpaṁ yayuḥ, taṁ mānuṣaṁ tyaktabhūtaṁ parihitavastraṁ svasthamānuṣavad yīśoścaraṇasannidhau sūpaviśantaṁ vilokya bibhyuḥ|
36 तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्ट आत्माहरूद्वारा नियन्त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।
ye lokāstasya bhūtagrastasya svāsthyakaraṇaṁ dadṛśuste tebhyaḥ sarvvavṛttāntaṁ kathayāmāsuḥ|
37 गेरासेन र वरपरका सबै मानिसहरूले येशूलाई तिनीहरूबाट जान आग्रह गरे, किनभने तिनीहरू साह्रै डराएका थिए ।
tadanantaraṁ tasya giderīyapradeśasya caturdiksthā bahavo janā atitrastā vinayena taṁ jagaduḥ, bhavān asmākaṁ nikaṭād vrajatu tasmāt sa nāvamāruhya tato vyāghuṭya jagāma|
38 तर दुष्ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,
tadānīṁ tyaktabhūtamanujastena saha sthātuṁ prārthayāñcakre
39 “आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति गर्नुभएका महान् कार्यहरूको स्मरण गर ।”
kintu tadartham īśvaraḥ kīdṛṅmahākarmma kṛtavān iti niveśanaṁ gatvā vijñāpaya, yīśuḥ kathāmetāṁ kathayitvā taṁ visasarja| tataḥ sa vrajitvā yīśustadarthaṁ yanmahākarmma cakāra tat purasya sarvvatra prakāśayituṁ prārebhe|
40 जब येशू फर्कनुभयो, भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
atha yīśau parāvṛtyāgate lokāstaṁ ādareṇa jagṛhu ryasmātte sarvve tamapekṣāñcakrire|
41 हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए । याइरस प्रभु येशूका पाउमा घोप्टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे ।
tadanantaraṁ yāyīrnāmno bhajanagehasyaikodhipa āgatya yīśoścaraṇayoḥ patitvā svaniveśanāgamanārthaṁ tasmin vinayaṁ cakāra,
42 किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् । तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो ।
yatastasya dvādaśavarṣavayaskā kanyaikāsīt sā mṛtakalpābhavat| tatastasya gamanakāle mārge lokānāṁ mahān samāgamo babhūva|
43 त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्ने समस्या भएकी स्त्री थिइन् । तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन् ।
dvādaśavarṣāṇi pradararogagrastā nānā vaidyaiścikitsitā sarvvasvaṁ vyayitvāpi svāsthyaṁ na prāptā yā yoṣit sā yīśoḥ paścādāgatya tasya vastragranthiṁ pasparśa|
44 तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्तश्राव रोकियो ।
tasmāt tatkṣaṇāt tasyā raktasrāvo ruddhaḥ|
45 येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन् ।”
tadānīṁ yīśuravadat kenāhaṁ spṛṣṭaḥ? tato'nekairanaṅgīkṛte pitarastasya saṅginaścāvadan, he guro lokā nikaṭasthāḥ santastava dehe gharṣayanti, tathāpi kenāhaṁ spṛṣṭa̮iti bhavān kutaḥ pṛcchati?
46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोयो, किनभने शक्ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ ।”
yīśuḥ kathayāmāsa, kenāpyahaṁ spṛṣṭo, yato mattaḥ śakti rnirgateti mayā niścitamajñāyi|
47 जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
tadā sā nārī svayaṁ na gupteti viditvā kampamānā satī tasya sammukhe papāta; yena nimittena taṁ pasparśa sparśamātrācca yena prakāreṇa svasthābhavat tat sarvvaṁ tasya sākṣādācakhyau|
48 त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
tataḥ sa tāṁ jagāda he kanye susthirā bhava, tava viśvāsastvāṁ svasthām akārṣīt tvaṁ kṣemeṇa yāhi|
49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन् । गुरुलाई दुःख नदेऊ ।”
yīśoretadvākyavadanakāle tasyādhipate rniveśanāt kaścilloka āgatya taṁ babhāṣe, tava kanyā mṛtā guruṁ mā kliśāna|
50 तर जब येशूले त्यो सुन्नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्वास मात्र गर र तिनी बचाइनेछिन् ।”
kintu yīśustadākarṇyādhipatiṁ vyājahāra, mā bhaiṣīḥ kevalaṁ viśvasihi tasmāt sā jīviṣyati|
51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्ने अनुमति दिनुभएन ।
atha tasya niveśane prāpte sa pitaraṁ yohanaṁ yākūbañca kanyāyā mātaraṁ pitarañca vinā, anyaṁ kañcana praveṣṭuṁ vārayāmāsa|
52 अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”
aparañca ye rudanti vilapanti ca tān sarvvān janān uvāca, yūyaṁ mā rodiṣṭa kanyā na mṛtā nidrāti|
53 तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।
kintu sā niścitaṁ mṛteti jñātvā te tamupajahasuḥ|
54 तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
paścāt sa sarvvān bahiḥ kṛtvā kanyāyāḥ karau dhṛtvājuhuve, he kanye tvamuttiṣṭha,
55 तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन् । उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो ।
tasmāt tasyāḥ prāṇeṣu punarāgateṣu sā tatkṣaṇād uttasyau| tadānīṁ tasyai kiñcid bhakṣyaṁ dātum ādideśa|
56 तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
tatastasyāḥ pitarau vismayaṁ gatau kintu sa tāvādideśa ghaṭanāyā etasyāḥ kathāṁ kasmaicidapi mā kathayataṁ|