< लुका 7 >
1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।
Baada jha Yesu kumala khila khenu kya ajobheghe kwa bhanu bhabhamp'elekisieghe, akajhingila Kapernaumu.
2 एउटा कप्तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
Mtumwa fulani ghwa akida, jhaajhe ghwa thamani sana kwa muene, ajhen'tamu sana na ajhele karibu kufwa.
3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।
Lakini bho ap'eliki kuhusu Yesu, jhola Akahida andaghisi ndongosi ghwa kiyahudi kun'soka ahidayi kumwokola mtumwa ghwa muene ili asifi.
4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।
Bhobhafikiri karibu ni Yesu, bhan'sihili kwa bidii ni kujobha, “akestahili kwamba ghwilondeka kubhomba naha kwandabha jha muene,
5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”
Kwandabha aliganili litaifa lya tete, na ndo jhaajengili lisinagogi kwandabha jha tete”.
6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
Yesu akajhendelela ni safari jha muene pamonga nabhu. Lakini kabla jha kulota patali ni nyumba, afisa mmonga abhalaghisi marafiki zake kulongela naku. “Bwana, usikitondesi ghwe muene kwandabha nene nilondeka lepi bhebhe kujhingila mu dari jhangu.
7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
Kwandabha ejhe nafikiririlepi hata nene nemwene kujha nilondeka kuhida kwa bhebhe, lakini jobhayi lilobhi tu ni mtumishi ghwa nene ibeta kupona.
8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु, ‘त्यसले त्यो गर्छ ।”
Kwani ni nene ne munu jha nibhekhibhwa mu mamlaka na nijhe ni askari chini jha nene. Wijobha kwa ojho “Lotayi” na ilota, nikwajhongi, “Hidayi” ni muene ihida, ni kwa mtumishi ghwa nene 'bhomba ekhe', ni muene ibhomba”.
9 जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।”
Yesu bhoapeliki agha ashangele, ni kubhageukila makutano bhabhan'kesieghe ni kujobha. “Nikabhajobhela hata mu Israeli, nibhwayilepi kubhona munu mwenye imani kama ejho.
10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
Kisha bhala bhabhalaghisibhu bhakherebhuiki kunyumba ni kun'kolela mtumishi amalikupona.
11 त्यसको केही समयपछि येशू नाइन भन्ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।
fulani baada jha agha, jhatokili kujha Yesu ajhe isafiri kulota mji bhwabhukutibhweghe Naini. Bhanafunzi bha muene bhakalota pamonga nabhu bhakaambatana ni umati bhwa bhanu.
12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
Bhoafikiri karibu ni lango lya jiji langayi, munu jhaafwili ajhele ap'endibhu, na ndo muana ghwa pekee kwa nyinamunu jhaajhe mjane, ni umati bhwa bhawakilishi kuhoma mu jiji bhajhele pamonga nakhu.
13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।”
Bho ambwene, Bwana akan'hegelela kwa huruma mbaha sana juu jha muene ni kun'jobhela, “Usileli”.
14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
Kisha akahegelela palongolo akaligusa lijeneza ambalyo bhap'endili mb'ele, na bhala bhabhap'endili bhakajhema akajobha “N'songolo nijobha jhumukayi”
15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
Mfu akajhinuka ni kutama pasi ni kujhanda kulongela. Kisha Yesu akan'kabidhi kwa nyinamunu.
16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
Kisha hofu ikabhamema bhoha. Bhakajhendelela kun'tukusya k'yara bhakajobha “Nabii mbaha ajhinulibhu miongoni mwa jhotu” ni “k'yara abhalangili bhanu bha muene”
17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
Ese habari sinofu sya Yesu syajhenili Yudea jhioha ni mikoa ghioha ghya jirani.
18 यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
Bhanafunzi bha Yohana bhakan'jobhili mambo agha ghoha.
19 तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?
Ndipo Yohana akabhakuta bhabhele bha bhanafunzi bha muene ni kubhalaghisya kwa Bwana kujobha “Bhebhe ndo jhola jhaihida, au ajhe munu jhongi tundendelelajhi?
20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्तिस्मा-दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?”
Bhobhafikiri karibu ni Yesu abha bhakajobha, “Yohana mbatizaji atulaghisi kwa bhebhe kujobha, 'Bhebhe ndo jhola jhaihida au ajhe jhongi tundendelelajhi?”
21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो ।
Kwa wakati obho abhaponyisi bhanu bhingi bhenye matamu ni malombosi, kuhoma kwa roho bhachafu ni kwa bhanu bhenye upofu wabhapelili kulanga.
22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।
Yesu ajibili ni kujobha kwa bhene. “Baada jha kujha mlotili kwa muhomili mwibeta kumjulisha Yohana kya mukibhwene ni kup'eleka. Bhenye upofu bhipokela kulola ni fiwete bhibeta kugenda, bhenye ukoma bhitakasika viziwi bhibeta kup'eleka, bhafu bhifufulibhwa ni kujha hai kabhele, masikini bhijobhibhwa habari jhinofu.
23 मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
Na munu jhaibeta kuleka lepi kuniamini nene kwa matendo ghangu abarikibhu”.
24 यूहन्नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई?
Baada jha bhala bhabhalaghisibhu ni Yohana kukerebhuka kwa bhahomili, Yesu akajhanda kujobha kwa makutano juu jha Yohana, “Mwalotili kwibhala kulanga kiki, litasi likajha lihugunisibhwa ni mp'ongo?
25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।
Lakini Mwalotili kwibhala kulola kiki, munu jhaafwalili kinofu? Langajhi bhanu bhala bhabhifuala maguanda gha kifalme ni kuishi maisha gha starehe bhajhe mu nafasi sya bhafalme.
26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ताभन्दा पनि महान् यहाँ छ ।
Lakini mwilota kwibhala kulola kiki, Nabii? Ndio, nijobha kwa muenga ni zaidi sana kuliko nabii.
27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।
Ojho ndo jhaajhandikibhu, “Langayi, nikandaghisya mjumbe ghwa nene palongolo pa mihu gha jhomu, jhaibeta kujhandala njela kwandabha jha nene,
28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् कोही छैन, तापनि परमेश्वरको राज्यमा सबभन्दा कम महत्त्वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।”
Nijobha kwa muenga, kati jha bhala bhabhahogoliki ni n'dala, ajhelepi mbaha kama Yohana, lakini munu jha ajhele muhimu lepi sana jhaibeta kuishi ni K'yara mahali pa ajhele muene, ibeta kujha mbaha kuliko Yohana.”
29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्वर धर्मी हुनुहुन्छ, जसले बप्तिस्मा-दिने यूहन्नासँगै बप्तिस्मा लिएका थिए ।
Ni bhanu bhobhap'eliki agha pamonga ni bhatoza ushuru, bhatangasisi kujha k'yara ndo ajhe ni huruma ni haki. Bhajhele kati jha bhene bhala bhabhabatisibhu kwa ubatizo bhwa Yohana.
30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्तिस्मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्वरको बुद्धिलाई इन्कार गरे ।
Lakini Mafarisayo ni bhataaalamu bha sheria sya kiyahudi, ambabho bhabatisibhulepi ni muene bhabelili hekima sya k'yara kwandabha jha bhene.
31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
Kabhele nibhwesya kubhalenganisya ni. kiki bhanu bha kizazi ekhe? bhajhe bhuli hasai?
32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्यौँ, तर तिमीहरू रोएनौ ।”
Bhiwaningana ni bhana bhabhikina maeneo gha soko, bhabhitama ni kukutana mmonga baada jha jhongi bhijobha, 'Tukobhili filimbi kwandabha jha muenga na mwakinilepi. Tuombolisi na mulelilepi.'
33 किनकि बप्तिस्मा-दिने यूहन्ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।
Yohana mbatizaji ahidili alilepi n'kate wala kunywa divai, na mwajobhili “Ajheni pepo.
34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”
Mwana ghwa munu ahidili alili ni kunywa na mwajobhili, “Langayi ndo mlafi na ndefi, rafiki ghwa bhatoza ushuru ni bhenye dhambi!
35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”
Lakini hekima itambuliki kujhe ijhe ni haki kwa bhana munu bhoha”
36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो ।
Mmonga ghwa Mafarisayo ans'okili Yesu alotayi kulya pamonga ni muene. Baada jha Yesu kujhingila mu nyumba jha farisayo, ajheghemili mu meza ili aliayi.
37 हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
Langayi kwajhele ni n'dala mmonga katika jiji e'lu jhaajhe ni dhambi. Agunduili kujha atamili kwa farisayo, akaleta chupa jha manukato.
38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
Ajhemili kunyuma jha muene karibu ni magolo gha muene khoni ilela. Kabhele ajhandili kulobhanisya magolo gha muene kwa mahosi, ni kujhifuta kwa niwili sya mutu bhwa muene akaibusu magolo gha muene ni kujhibaka manukato.
39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
Ni jhola Farisayo jhaamwaliki Yesu bho abhuene naha, akawasya muene akajobha, “Kama munu ojho ngaajhe nabii, ngaamanyi ojho niani na ni aina jheleku jha n'dala jhaikan'gusa, jhakujha mwenye dhambi.
40 येशूले जवाफ दिएर उसलाई भन्नुभयो, “सिमोन मैले तिमीलाई केही भन्नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्नुहोस् ।”
Yesu ajibili ni kujobha, “Simoni nijhe ni khenu kyakijobhela.”akajobha” “kijobha tu Mwalimu!”
41 येशूले भन्नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।
Yesu akajobha “kwajhele ni bhaefaiwa bhabhele kwa mkopeshaji mmonga. Mmonga akabha wa idaibhwa dinari Mia tano ni bhwa pili adaibhu dinari hamsini.
42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”
Na bhobhajhelapi ni hela jha kundapa akabha samehe bhoha. Henu nieni jha ibeta kurigana zaidi?
43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्नुभयो तिमीले ठिकसित न्याय गर्यौ ।”
Simoni ajibilili ni kujobha, “Nidhani jha asamehibhu nesu.” Yesu akanijobhla, “Uhukumuili kwa usahihi.”
44 येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
Yesu akanigeukila n'dala ni kujobha kwa Simoni, “Umbwene n'dala ojho. Nijhingili munyumba jha jhobh. Unipelihitapi masi kwandabha jha magolo gha nene, lakini ojho, kwa mahosi gha muene alobhani si magolo gha nene ni kuifuta kwa njuili sya muene.
45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।
Wanibusuililepi, lakini muene, tangia ajhingili o'mo alekilepi kunibusu magola gha nene.
46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।
Gwa jhibaki lepi magolo gha need nene mafuta, lakini ajhibakili magolo gha nene kwa manukato.
47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”
Kwa lijambo ele, nikujobhela kujha ni dhambi semehele na asamehibhu nesu, na kabhele aganili nesu. Lakini jha asamehibhu kidebe, igana kidebe tu.”
48 तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
Baadajhe akan'jobhela n'dala, “Dhambi sya bhebhe simalikusamehebhwa”
49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘
Bhala bhabhatamili pameza pamonga ni muene bhakajhanda kujobhesana bhene kwa bhene, “Ojho niani mpaka isamehe dhambi?”
50 तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
Ni Yesu akan'jobhela n'dala, “Imani jha jhobhi jhikuokwili. Lotayi kwa amani”