< लुका 7 >
1 सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।
When Jesus had concluded His discourse in the hearing of the people, He went to Capernaum.
2 एउटा कप्तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो, ऊ साह्रै बिरामी भएर मर्नै आँटेको थियो ।
There a highly valued servant of a centurion was sick and about to die.
3 तर उनले येशूको बारेमा सुनेको हुनाले कप्तानले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो ।
When the centurion heard about Jesus, he sent some Jewish elders to ask Him to come and heal his servant.
4 जब तिनीहरू येशूको नजिक आए, तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे, तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस् ।
They came to Jesus and pleaded with Him earnestly, “This man is worthy to have You grant this,
5 किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् र उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन् ।”
for he loves our nation and has built our synagogue.”
6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
So Jesus went with them. But when He was not far from the house, the centurion sent friends with the message: “Lord, do not trouble Yourself, for I am not worthy to have You come under my roof.
7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
That is why I did not consider myself worthy to come to You. But just say the word, and my servant will be healed.
8 किनकि म पनि एउटा अधिकार पाएको मानिस हुँ र मेरोमुनि सिपाहीहरू छन् । मैले एउटलाई जा भन्छु र त्यो जान्छ र अर्कोलाई आइज भन्छु र त्यो आउँछ र मेरो दासलाई ‘यसो गर भन्छु, ‘त्यसले त्यो गर्छ ।”
For I myself am a man under authority, with soldiers under me. I tell one to go, and he goes; and another to come, and he comes. I tell my servant to do something, and he does it.”
9 जब येशूले त्यो सुन्नुभयो, उहाँ अचम्मित हुनुभयो र भिडतिर फर्केर उनलाई देखाउँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्वास भेट्टाएको छैन ।”
When Jesus heard this, He marveled at the centurion. Turning to the crowd following Him, He said, “I tell you, not even in Israel have I found such great faith.”
10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए ।
And when the messengers returned to the house, they found the servant in good health.
11 त्यसको केही समयपछि येशू नाइन भन्ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए ।
Soon afterward, Jesus went to a town called Nain. His disciples went with Him, accompanied by a large crowd.
12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो ।
As He approached the town gate, He saw a dead man being carried out, the only son of his mother, and she was a widow. And a large crowd from the town was with her.
13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्नुभयो, “नरोऊ ।”
When the Lord saw her, He had compassion on her and said, “Do not weep.”
14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
Then He went up and touched the coffin, and those carrying it stood still. “Young man,” He said, “I tell you, get up!”
15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो ।
And the dead man sat up and began to speak! Then Jesus gave him back to his mother.
16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्ता खडा भएका छन् र परमेश्वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
A sense of awe swept over all of them, and they glorified God. “A great prophet has appeared among us!” they said. “God has visited His people!”
17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
And the news about Jesus spread throughout Judea and all the surrounding region.
18 यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
Then John’s disciples informed him about all these things.
19 तब यूहन्नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?
So John called two of his disciples and sent them to ask the Lord, “Are You the One who was to come, or should we look for someone else?”
20 जब तिनीहरू येशूको नजिक गए, तब तिनीहरूले यसो भने, बप्तिस्मा-दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए, “के हामीले खोजी राखेको आउनेवाला व्यक्ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै छ?”
When the men came to Jesus, they said, “John the Baptist sent us to ask, ‘Are You the One who was to come, or should we look for someone else?’”
21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्ट र दुष्टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने क्षमता दिनुभयो ।
At that very hour Jesus healed many people of their diseases, afflictions, and evil spirits, and He gave sight to many who were blind.
22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्नालाई बताइदेओ । दृष्टिविहीनहरूले दृष्टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।
So He replied, “Go back and report to John what you have seen and heard: The blind receive sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised, and the good news is preached to the poor.
23 मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
Blessed is the one who does not fall away on account of Me.”
24 यूहन्नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई?
After John’s messengers had left, Jesus began to speak to the crowds about John: “What did you go out into the wilderness to see? A reed swaying in the wind?
25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् ।
Otherwise, what did you go out to see? A man dressed in fine clothes? Look, those who wear elegant clothing and live in luxury are found in palaces.
26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ताभन्दा पनि महान् यहाँ छ ।
What then did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet.
27 यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।
This is the one about whom it is written: ‘Behold, I will send My messenger ahead of You, who will prepare Your way before You.’
28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मेकाहरूमध्येमा, बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् कोही छैन, तापनि परमेश्वरको राज्यमा सबभन्दा कम महत्त्वको मानिस पनि उनीभन्दा महान् हुन्छ ।”
I tell you, among those born of women there is no one greater than John, yet even the least in the kingdom of God is greater than he.”
29 जब सबै मानिसहरूले यो सुने, तब कर उठाउनेहरूसमेत, तिनीहरूले यो घोषणा गरे कि परमेश्वर धर्मी हुनुहुन्छ, जसले बप्तिस्मा-दिने यूहन्नासँगै बप्तिस्मा लिएका थिए ।
All the people who heard this, even the tax collectors, acknowledged God’s justice. For they had received the baptism of John.
30 तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्तिस्मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्वरको बुद्धिलाई इन्कार गरे ।
But the Pharisees and experts in the law rejected God’s purpose for themselves, because they had not been baptized by John.
31 यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
“To what, then, can I compare the men of this generation? What are they like?
32 तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन्, जो बस्दछन् र एक अर्कोलाई यसो भन्दै बोलाउँछन्, “हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्यौँ, तर तिमीहरू रोएनौ ।”
They are like children sitting in the marketplace and calling out to one another: ‘We played the flute for you, and you did not dance; we sang a dirge, and you did not weep.’
33 किनकि बप्तिस्मा-दिने यूहन्ना न रोटी खाँदै आए न त दाखमद्य नै पिउदै आए र पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको छ ।
For John the Baptist came neither eating bread nor drinking wine, and you say, ‘He has a demon!’
34 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”
The Son of Man came eating and drinking, and you say, ‘Look at this glutton and drunkard, a friend of tax collectors and sinners!’
35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ ।”
But wisdom is vindicated by all her children.”
36 अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो । त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो ।
Then one of the Pharisees invited Jesus to eat with him, and He entered the Pharisee’s house and reclined at the table.
37 हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
When a sinful woman from that town learned that Jesus was dining there, she brought an alabaster jar of perfume.
38 तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
As she stood behind Him at His feet weeping, she began to wet His feet with her tears and wipe them with her hair. Then she kissed His feet and anointed them with the perfume.
39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
When the Pharisee who had invited Jesus saw this, he said to himself, “If this man were a prophet, He would know who this is and what kind of woman is touching Him—for she is a sinner!”
40 येशूले जवाफ दिएर उसलाई भन्नुभयो, “सिमोन मैले तिमीलाई केही भन्नु छ ।” उसले भन्यो, “गुरुज्यू, भन्नुहोस् ।”
But Jesus answered him, “Simon, I have something to tell you.” “Tell me, Teacher,” he said.
41 येशूले भन्नुभयो, “दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए । एउटाले पाँच सय दिनार ऋण, र अर्कोले पचास दिनार ऋण लिएको रहेछ ।
“Two men were debtors to a certain moneylender. One owed him five hundred denarii, and the other fifty.
42 तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण, तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ?”
When they were unable to repay him, he forgave both of them. Which one, then, will love him more?”
43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “म विचार गर्छु कि जसलाई उनले बढी माफ गरे । येशूले उसलाई भन्नुभयो तिमीले ठिकसित न्याय गर्यौ ।”
“I suppose the one who was forgiven more,” Simon replied. “You have judged correctly,” Jesus said.
44 येशू स्त्रीतिर फर्केर सिमोनलाई भन्नुभयो, “तिमी यो स्त्रीलाई देख्दछौ । म तिम्रो घरभित्र प्रवेश गरेँ । तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन् ।
And turning toward the woman, He said to Simon, “Do you see this woman? When I entered your house, you did not give Me water for My feet, but she wet My feet with her tears and wiped them with her hair.
45 तिमीले मलाई म्वाइँ खाएनौ, तर तिनले म यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन् ।
You did not greet Me with a kiss, but she has not stopped kissing My feet since I arrived.
46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर तिनले मेरा पाउमा अत्तर घसिन् ।
You did not anoint My head with oil, but she has anointed My feet with perfume.
47 यो घटनाको कारणले म तिमीलाई भन्दछु, कि जसका धेरै पाप थिए र बढी क्षमा गरिएको छ, तिनले धेरै प्रेम गरेकी छन् । तर जसलाई थोरै मात्र क्षमा गरिएको छ, उसले थोरै नै मात्र प्रेम गर्छ ।”
Therefore I tell you, because her many sins have been forgiven, she has loved much. But he who has been forgiven little loves little.”
48 तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
Then Jesus said to her, “Your sins are forgiven.”
49 त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘
But those at the table began to say to themselves, “Who is this who even forgives sins?”
50 तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
And Jesus told the woman, “Your faith has saved you; go in peace.”