< लुका 5 >

1 जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
さて,群衆が彼に押し迫って,神の言葉を聞いていたときのこと,彼はゲネサレト湖のほとりに立っていた。
2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो । जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए ।
湖のほとりに二そうの舟があるのを目にしたが,漁師たちはそれらの舟から下りて,自分たちの網を洗っていた。
3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
そのうちの一そうのシモンの舟に乗り込み,彼に陸から少しこぎ出すように頼んだ。腰を下ろして,舟から群衆を教えた。
4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
語り終えると,シモンに言った,「深いところにこぎ出して,漁のためにあなた方の網を下ろしなさい」 。
5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”
シモンは彼に言った,「師よ,わたしたちは夜通し働いても,何も取れませんでした。でも,あなたのお言葉ですから,網を下ろしてみます」。
6 जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
それを行なうと,彼らは魚の大群を捕らえ,彼らの網は裂け始めた。
7 त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले ।
彼らはほかの舟にいる仲間たちに,やって来て自分たちを手助けするようにと合図を送った。彼らが来て,両方の舟をいっぱいにしたので,それらは沈み始めた。
8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
それで,シモン・ペトロはこれを見て,イエスのひざもとにひれ伏し,言った,「わたしからお離れください。わたしは罪深い男なのです,主よ」。
9 तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
というのは,自分たちが捕った魚の多さに,彼も,彼と共にいたすべての者も,びっくりしたからである。
10 यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
また,シモンの仲間であったゼベダイの息子たち,すなわちヤコブとヨハネも同じようであった。 イエスはシモンに言った,「恐れてはいけない。今からのち,あなたは人々を生け捕るだろう」 。
11 जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
彼らは自分たちの舟を陸に着けると,すべてを残して彼に従った。
12 जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो । जब कुष्‍ठरोगीले येशूलाई देख्यो, उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”
彼がある町にいた間のこと,見よ,全身らい病の男がいた。イエスを見ると,顔を地に伏せて,彼に懇願して言った,「主よ,あなたは,もしそうお望みになれば,わたしを清くすることがおできになります」。
13 येशूले हात पसारेर छुनुभयो र भन्‍नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो ।
イエスは手を伸ばして彼に触り,こう言った,「わたしはそう望む。清くなりなさい」 。 すぐにらい病は彼から去った。
14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
イエスは彼に,だれにも言わないように命じた。 「ただ行って,自分の体を祭司に見せ,あなたの清めのためにモーセの命じたとおりにささげ物をしなさい。人々への証明のためだ」。
15 तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न र आ-आफ्नो रोगबाट निको हुन आए ।
しかし,彼についての知らせはますます広まって行き,話を聞くため,また自分たちの病弱さを彼にいやしてもらうために,大群衆がやって来た。
16 तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो ।
しかし,彼は寂しい所に引きこもり,祈っていた。
17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्‍न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो ।
ある日,彼が教えていると,ファリサイ人たちと律法の教師たちとがそこに座っていた。ガリラヤとユダヤとのあらゆる村々およびエルサレムから出て来た者たちである。人々をいやすために,主の力が彼と共にあった。
18 केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे ।
見よ,男たちが彼のもとに,体のまひした人を寝床に載せて運んで来た。そして,その人を運び込んでイエスの前に横たえようとした。
19 तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
群衆のせいで彼を運び入れる方法が見つからなかったので,屋上に上ってかわらをはがし,そこを通して彼の寝床をイエスの真ん前に下ろした。
20 येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो र भन्‍नुभयो, “हे मानिस, तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
イエスは彼らの信仰を見て,体のまひした人に言った。「人よ,あなたの罪は許された」。
21 शास्‍त्री र फारिसीहरूले प्रश्‍न गर्न थाले, “यो ईश्‍वर-निन्दा गर्ने को हो? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ?”
律法学者たちとファリサイ人は,論じ始めて言った,「冒とくを語るこの人はだれなのか。神おひとりのほか,だれが罪を許せるだろうか」。
22 येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ?
しかしイエスは,彼らの考えに気づき,彼らに答えた,「なぜあなた方は心の中でそのように論じているのか。
23 कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु?‘
『あなたの罪は許されている』と告げるのと,『起き上がって歩きなさい』と言うのでは,どちらがたやすいか。
24 तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘।”
だが,人の子が地上で罪を許す権威を持っていることをあなた方が知るために」 (体のまひした人に言った), 「あなたに告げる。起き上がって,寝床を取り上げて,自分の家に帰りなさい」 。
25 तुरुन्तै तिनीहरूको सामुन्‍ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
すぐに彼は人々の前で起き上がり,自分が横たわっていた床を取り上げて,神に栄光をささげながら,自分の家に帰って行った。
26 सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
驚きがすべての者をとらえ,彼らは神に栄光をささげた。彼らは恐れに満たされて言った,「今日は不思議なことを見た」。
27 यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो । उहाँले उसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”
こうした事の後,イエスは出て行き,収税所に座っているレビという名の徴税人を見て,「わたしに従いなさい!」 と言った。
28 त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
彼はすべてを残し,立ち上がってイエスに従った。
29 तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
レビは彼のために自分の家で大きな祝宴を催した。徴税人たちやほかの者たちからなる大群衆が彼らと共に横になっていた。
30 तर फरिसीहरू र तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्‍छौँ?”
彼らの律法学者たちとファリサイ人たちは,彼の弟子たちに対して不平を言った,「なぜあなた方は,徴税人たちや罪人たちと共に食べたり飲んだりするのか」。
31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”
イエスは彼らに答えた,「健康な人たちに医者は必要でなく,病気の人たちに必要なのだ。
32 म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।
わたしは義人たちではなく,罪人たちを悔い改めへと呼び寄せるために来た」 。
33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
彼らは彼に言った,「ヨハネの弟子たちはたびたび断食と祈りをし,ファリサイ人の弟子たちも同じようにしているのに,あなたの弟子たちが食べたり飲んだりしているのはなぜですか」。
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र?”
彼は彼らに言った,「あなた方は,花婿の友人たちに,花婿が共にいるのに断食させられるだろうか。
35 तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ, तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
だが,花婿が彼らから取り去られる日々が来る。それらの日々には,彼らは断食するだろう」 。
36 त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्‍यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।
たとえでも彼らに語った。「新しい衣から取った布切れを古い衣に当てる人はいない。そんなことをすれば,新しい衣が破けてしまうし,新しい衣から取った布切れは古い衣には合わないだろう。
37 साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्‍ट हुनेछ ।
新しいブドウ酒を古い皮袋に入れる人はいない。そんなことをすれば,新しいブドウ酒は皮袋を破裂させ,ブドウ酒は流れ出て,皮はだめになるだろう。
38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
そうではなく,新しいブドウ酒は新しい皮袋に入れられるべきだ。そうすればどちらも長持ちするのだ。
39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”
古いブドウ酒を飲んで,すぐに新しいブドウ酒を欲しがる者はいない。その者は,『古いのが良い』と言うからだ」。

< लुका 5 >