< लुका 4 >
1 तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्याइनुभयो ।
Yesu kuwa cike da Ruhu Mai Tsarki, ya dawo daga Urdun, Ruhu kuma ya kai shi cikin hamada,
2 त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो ।
inda kwana arba’in, Iblis ya gwada shi. Bai ci kome ba a cikin kwanakin nan, a ƙarshensu kuwa ya ji yunwa.
3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
Iblis ya ce masa, “In kai Ɗan Allah ne, ka faɗa wa wannan dutse yă zama burodi.”
4 येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्न सक्दैन ।”
Yesu ya amsa ya ce, “A rubuce yake, ‘Ba da abinci kaɗai mutum zai rayu ba.’”
5 त्यसपछि, शैतानले उहाँलाई उच्च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
Iblis ya kai shi can kan wani wuri mai tsawo, ya nunnuna masa a ƙyiftawar ido dukan mulkokin duniya.
6 शैतानले उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यहरू र यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु । म यो गर्न सक्छु, किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको छ, मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु ।
Ya ce masa, “Zan ba ka dukan ikonsu da darajarsu, gama ni aka danƙa wa, kuma zan bai wa duk wanda na ga dama.
7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने, यी सबै तपाईंकै हुनेछन् ।”
Saboda haka in ka yi mini sujada, dukan wannan zai zama naka.”
8 तर येशूले जवाफ दिनुभयो र त्यसलाई भन्नुभयो, “लेखिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको मात्र आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
Yesu ya amsa ya ce, “A rubuce yake, ‘Ka yi wa Ubangiji Allahnka sujada, kuma shi kaɗai za ka bauta wa.’”
9 त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्दिरको उच्च स्थानको टुप्पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
Sai Iblis, ya kai shi Urushalima ya sa ya tsaya a kan wuri mafi tsayi na haikali ya ce, “In kai Ɗan Allah ne, ka yi tsalle daga nan zuwa ƙasa.
10 किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
Gama a rubuce yake, “‘Zai umarci mala’ikunsa game da kai, su kiyaye ka da kyau;
11 अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्नेछन्, त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन् ।”
za su tallafe ka da hannuwansu, don kada ka buga ƙafarka a kan dutse.’”
12 येशूले जवाफ दिँदै त्यसलाई भन्नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्वरको परीक्षा नगर्नू ।”
Yesu ya amsa ya ce, “An ce, ‘Kada ka gwada Ubangiji Allahnka.’”
13 अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।
Da Iblis ya gama dukan wannan gwajin, ya bar shi sai lokacin da wata dama ta samu.
14 त्यसपछि पवित्र आत्माको शक्तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
Yesu ya koma Galili cikin ikon Ruhu. Labarinsa kuwa ya bazu ko’ina a ƙauyuka.
15 उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
Ya yi ta koyarwa a majami’unsu, kowa kuwa ya yabe shi.
16 एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो ।
Ya tafi Nazaret, inda aka yi renonsa. A ranar Asabbaci kuma, ya shiga majami’a kamar yadda ya saba. Sai ya miƙe don yă yi karatu.
17 उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
Aka kuwa ba shi naɗaɗɗen littafin annabi Ishaya. Da ya buɗe, sai ya sami wurin da aka rubuta,
18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्टिविहीनहरूलाई दृष्टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न,
“Ruhun Ubangiji yana kaina, domin ya shafe ni, in yi wa matalauta wa’azin bishara. Ya aiko ni in yi shelar’yanci ga’yan kurkuku, in kuma buɗe idanun makafi, in ba da’yanci ga waɗanda aka danne.
19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
In yi shelar shekarar tagomashin Ubangiji.”
20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्यो ।
Sai ya naɗe naɗaɗɗen littafin ya mayar wa mai hidimar, ya kuma zauna. Dukan idanun waɗanda suke a majami’ar, suka koma a kansa.
21 उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
Sai ya fara ce musu, “A yau, Nassin nan, ya cika a kunnenku.”
22 उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?
Duk suka yabe shi, suka yi mamakin kalmomin alheri da suke fitowa daga bakinsa. Suka yi tambaya, suna cewa, “Anya, wannan ba ɗan Yusuf ba ne?”
23 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
Yesu ya ce musu, “Tabbatacce, na san za ku faɗa mini karin maganan nan, ‘Likita, warkar da kanka! Ka kuma yi abin da muka ji ka yi a Kafarnahum, a nan garinka.’”
24 साँच्चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
Ya ci gaba, da ce musu, “Gaskiya nake gaya muku, babu annabin da ake yarda da shi a garinsa.
25 तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
Ina tabbatar muku a zamanin Iliya, akwai gwauraye da yawa a Isra’ila, sa’ad da aka rufe sararin sama har shekara uku da rabi, aka kuma yi yunwa mai tsanani ko’ina a ƙasar.
26 तर एलियालाई अन्य कुनै व्यक्ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
Duk da haka, ba a aiki Iliya ga ko ɗaya a cikinsu ba. Sai dai zuwa ga wata gwauruwa da take a Zarefat, a yankin Sidon.
27 अगमवक्ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
Akwai kuma mutane da yawa a Isra’ila masu kuturta a zamanin annabi Elisha, amma ba ko ɗayansu da aka tsarkake sai Na’aman mutumin Suriyan nan kaɗai.”
28 जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
Dukan mutanen da suke cikin majami’a suka fusata ƙwarai da jin wannan.
29 तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
Suka tashi, suka fitar da Yesu bayan gari, suka kai shi goshin tudun da aka gina garin, don su ture shi ƙasa,
30 तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो ।
amma sai ya bi ta tsakiyar taron ya yi tafiyarsa.
31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
Sai ya tafi Kafarnahum, wani gari a Galili, a ranar Asabbaci kuma, ya fara koya wa mutane.
32 तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
Suka yi ta mamakin koyarwarsa, domin saƙonsa yana da iko.
33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,
A cikin majami’ar, akwai wani mutum mai aljani, wani mugun ruhu. Mutumin ya ɗaga murya da ƙarfi ya ce,
34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ ।”
“Wayyo! Ina ruwanka da mu, Yesu Banazare? Ka zo ne don ka hallaka mu? Na san wane ne kai, Mai Tsarki na Allah!”
35 येशूले दुष्टात्मालाई हकार्नुभयो र भन्नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।
Yesu ya tsawata masa da ƙarfin cewa, “Yi shiru! Ka fita daga cikinsa!” Sai aljanin ya fyaɗa mutumin da ƙasa a gabansu duka, sa’an nan ya fita, ya bar shi ba wani rauni.
36 सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
Dukan mutanen suka yi mamaki, suka ce wa junansu, “Wace irin koyarwa ce haka? Da ƙarfi da iko, yana ba wa mugayen ruhohin umarni suna kuma fita!”
37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
Labarinsa kuwa ya bazu ko’ina a cikin ƙasar.
38 त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्नुभयो । सिमोनकी सासुलाई उच्च ज्वरोले सताएको थियो र उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे ।
Yesu ya fita daga majami’ar, ya tafi gidan Siman. Surukar Siman kuwa tana fama da zazzaɓi mai tsanani, sai suka roƙi Yesu yă taimake ta.
39 उहाँ उनको छेउमा उभिनुभयो र ज्वरोलाई हकार्नुभयो र ज्वरोले उनलाई छोड्यो । तुरुन्तै उनी उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
Sai ya sunkuya kusa da ita, ya kuma tsawata wa zazzaɓin, sai zazzaɓin ya sāke ta. Nan take ta tashi, ta yi musu hidima.
40 साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्नुभयो र सबैलाई निको पार्नुभयो ।
Rana tana fāɗuwa, sai mutane suka yi ta kawo wa Yesu dukan waɗanda suke da cuta iri-iri, sai ya ɗibiya wa kowannensu hannuwansa, ya warkar da su.
41 तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
Bugu da ƙari, aljanu suka fiffita daga cikin mutane da yawa suna ihu suna cewa, “Kai Ɗan Allah ne!” Amma ya kwaɓe su, ya hana su magana, don sun san cewa shi ne Kiristi.
42 जब बिहान भयो, उहाँ एकान्त ठाउँमा जानुभयो । ठुलो भिडले उहाँलाई खोजी राखेको थियो र उहाँ जहाँ हुनुहुन्थ्यो, भिड त्यहीँ नै आइपुग्यो र तिनीहरूले उहाँलाई अन्त जानबाट रोक्ने कोसिस गरे ।
Da gari yana wayewa, sai Yesu ya je inda ba kowa. Mutane suka yi ta nemansa, da suka zo inda yake, sai suka yi ƙoƙari su hana shi barinsu.
43 तर येशूले भन्नुभयो, “मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ, किनभने म यसैको लागि पठाइएको हुँ ।”
Amma ya ce, “Dole in yi wa’azin bisharar mulkin Allah ga sauran garuruwa, saboda wannan ne aka aiko ni.”
44 त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
Sai ya dinga yin wa’azi a majami’un Yahudiya.