< लुका 24 >
1 हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए ।
しかし,週の初めの日,明け方早く,彼女たちとほかの幾人かは,準備した香料を墓にやって来た。
2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
墓から石が転がしてあるのを見つけた。
3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
中に入ると,主イエスの体が見つからなかった。
4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
このことで途方に暮れていると,見よ,二人の人がまばゆい衣を着て彼女たちに現われた。
5 ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”
彼女たちはおびえて,地に顔を伏せた。 彼らは彼女たちに言った,「あなた方はなぜ,生きている者を死んだ者たちの間に探し求めるのか。
6 उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
彼はここにはいない。起こされたのだ。彼がまだガリラヤにいた時にあなた方に告げたことを思い出しなさい。
7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
人の子は罪深い者たちの手に引き渡され,はりつけにされ,三日目に生き返らなければならない,と言ったではないか」。
8 तब ती स्त्रीहरूले उहाँका वचनलाई सम्झे ।
彼女たちは彼の言葉を思い出し,
9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए ।
墓から戻って来て,十一人と残りの全員に,これらのすべてのことを告げた。
10 अब मरियम मग्दलिनी, योअन्ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
ところで,その女たちは,マリア・マグダレネ,ヨハンナ,およびヤコブの母マリアであった。彼女たちと一緒にいたほかの女たちも,使徒たちにこれらのことを告げた。
11 तर यो सन्देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्त्रीहरूको कुरामा विश्वास गरेनन् ।
これらの言葉は,彼らにはばかげたことのように思われたので,彼らは彼女たちのことを信じなかった。
12 यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस आश्चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे ।
しかし,ペトロは立ち上がり,墓に走って行った。身をかがめて中をのぞくと,亜麻布だけが置かれているのを見た。それで,起きたことを不思議に思いながら,家に帰って行った。
13 हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो ।
見よ,まさにその日,彼らのうちの二人が,エルサレムから六十スタディアのところにあるエマオという名の村へ向かっていた。
14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
起きたこれらのすべての事柄について,互いに語り合っていた。
15 तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
彼らが語り,論じ合っていると,イエス自身が近づいて来て,彼らと一緒に歩き出した。
16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
しかし彼らの目は,彼を見分けられないでいた。
17 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
彼は彼らに言った,「あなた方が歩きながら語り合って,悲しんでいることは,いったい何ですか」 。
18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए,”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्ति के तपाईं मात्रै एक हुनुहुन्छ?”
彼らのうちの一人で,クレオパスという名の者が,彼に答えた,「あなたはエルサレムで一人だけ他国人で,このごろその中で起こったことを知らないのですか」。
19 येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
彼は彼らに言った,「どんなことですか」 。 彼らは彼に言った,「ナザレ人イエスに関することです。彼は,神と民すべての前で,業と言葉において強力な預言者でしたが,
20 र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
祭司長たちとわたしたちの支配者たちとは,彼を死の裁きに引き渡し,はりつけにしたのです。
21 तर उहाँले नै इस्राएललाई स्वतन्त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ । र यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
ですが,わたしたちは,彼こそイスラエルを買い戻してくださる方だと期待していました。しかも,そればかりでなく,これらのことが起こってからもう三日になるのです。
22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्त्रीहरूले हामीलाई आश्चर्य चकित पारेका छन्, ।
その上,わたしたちの仲間の女たちが,わたしたちを驚かせました。彼女たちは朝早く墓に着きましたが,
23 जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन्, तब यसो भन्दै तिनीहरू आए, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने ।
彼の体が見つからずに戻って来て,み使いたちが彼は生きていると告げる幻まで見たと言うのです。
24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
わたしたちのうちの何人かが墓に行ってみると,まさに女たちが言ったとおりだと知りましたが,彼は見当たりませんでした」。
25 येशूले तिनीहरूलाई भन्नुभयो, “हे मूर्ख मानिसहरू र विश्वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्ताहरूले बोलेका थिएनन् र?
彼は彼らに言った,「愚かで,預言者たちが語ったすべてのことを信じるのに心の鈍い者たちよ!
26 के ख्रीष्टले यी सबै कुराहरूमा दुःख कष्ट भोग्न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”
キリストはこれらの苦しみを受けて,自分の栄光に入って行くはずではなかったのか」 。
27 तब मोशादेखि लिएर सबै अगमवक्ताहरूद्वारा सबै धर्मशास्त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
モーセとすべての預言者たちから始めて,聖書全体から,自分自身に関する事柄を彼らに説明した。
28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
彼らは向かっていた村に近づいたが,彼はさらに進んで行く様子を見せた。
29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
彼らは彼を促して言った,「わたしたちと一緒にお泊まりください。夕方になりかけていますし,日も傾きかけていますから」。 彼は彼らと一緒に泊まるために入って行った。
30 जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
彼らと共に食卓に着いた時,彼はパンを取って感謝をささげた。それを裂いて彼らに与えた。
31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
彼らの目は開かれ,それが彼だと分かった。すると,彼は彼らの面前から見えなくなった。
32 तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
彼らは互いに言った,「あの方が道を行きながらわたしたちに語っておられた時,またわたしたちに聖書を解き明かしておられた時,わたしたちの心はわたしたちの内で燃えていなかっただろうか」。
33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
すぐに立ち上がって,エルサレムに戻ってみると,十一人および彼らと共にいる者たちが集まり合い,
34 तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
「主は確かに起こされて,シモンに現われたのだ!」と言っているのを見いだした。
35 त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
二人は,道の途中で起こったことや,パンを裂いているときに彼だと分かった様子について詳しく話した。
36 जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
彼らがこれらのことを話していると,イエス自身が彼らの間に立ち,彼らに言った,「あなた方に平安があるように」 。
37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
しかし彼らはおびえて恐れに満たされ,霊を見ているものと思った。
38 येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ?
彼は彼らに言った,「なぜあなた方は動転しているのか。あなた方の心に疑いが生じるのはどうしてか。
39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
わたしの両手と両足を見なさい。まさしくわたしだ。わたしに触り,また見なさい。霊にはあなた方がわたしに見るような肉や骨はないのだ」 。
40 जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
こう言ってから,彼らに自分の両手と両足を見せた。
41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
彼らが喜びのあまりまだ信じられず,不思議に思っていると,彼は彼らに言った,「あなた方は何か食べる物を持っているか」 。
42 तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए ।
彼らは彼に,一切れの焼き魚と,幾つかのハチの巣を出した。
43 येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
彼はそれらを取って,彼らの前で食べた。
44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
彼らに言った,「これは,わたしがまだあなた方と一緒にいた時,あなた方に告げたことなのだ。つまり,わたしについて,モーセの律法と預言者たちと詩編の中で書かれているすべての事柄は,必ず果たされるということだ」 。
45 तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
それから彼は彼らの知力を開き,彼らが聖書を理解できるようにした。
46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, ख्रीष्टले कष्ट भोग्नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
彼らに言った,「このように書いてあり,このようなことがキリストに要求されている。つまり,苦しみを受け,三日目に死んだ者たちの中から生き返り,
47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
そして,悔い改めと罪の許しが,エルサレムから始まって,彼の名においてあらゆる民族に宣教されることだ。
48 तिमीहरू यी कुराहरूका साक्षी छौ ।
あなた方はこれらのことの証人だ。
49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
見よ,わたしはあなた方の上に,わたしの父が約束されたものを送り出す。だが,高い所からの力に包まれるまでは,エルサレムの都に待機していなさい」 。
50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
彼らをベタニアまで連れて行き,両手を上げて彼らを祝福した。
51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
彼らを祝福している間に,彼らから離れて行き,天に運び上げられた。
52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
彼らは彼を拝み,大きな喜びをもってエルサレムに戻って行き,
53 तिनीहरू निरन्तर परमेश्वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।
絶えず神殿にいて,神を賛美していた。アーメン。