< लुका 23 >
1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
AND the whole multitude of them rising up, led him to Pilate,
2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्ट राजा भनेको भेट्टायौँ ।”
and began to accuse him, saying, We have found this fellow perverting the nation, and forbidding to pay tribute to Caesar; pretending that he himself is the King Messiah.
3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”
Then Pilate interrogated him, saying, Art thou the King of the Jews? And he answering said to him, Thou sayest so.
4 पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
Then said Pilate unto the chief priests and the multitudes, I find nothing culpable in this man.
5 तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”
But they were urgent, saying, He stirreth up the people, teaching through all Judea, beginning from Galilee even to this place.
6 त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।
When Pilate heard of Galilee, he asked whether the man were a Galilean?
7 जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
And when he knew that he came out of Herod’s jurisdiction, he sent him to Herod, who was himself at Jerusalem in those days.
8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
Now when Herod saw Jesus, he was vastly delighted: for he had been long desirous to see him, because he had heard many things of him; and he hoped to see some miracle wrought by him.
9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।
And he put a variety of questions to him; but he made him no reply.
10 मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।
And the chief priests and the scribes stood up vehemently accusing him.
11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
Then Herod with his guards treated him with contempt, and in derision clothed him in a splendid robe, and sent him back to Pilate.
12 हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।
And Pilate and Herod the same day became friends together: for they had previously been at enmity with each other.
13 तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,
Then Pilate, convoking the chief priests and the rulers and the people,
14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्ने यी मानिसलाई मैले प्रश्न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
said unto them, Ye have brought this man to me, as one who perverteth the people: and lo! on examining him before you, I have found nothing culpable in this man, respecting the charges ye bring against him:
15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।
nor Herod neither: for I referred you to him; and, lo, nothing is done to this man, as if he deserved death.
16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
I will therefore, after scourging, discharge him.
17 अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
(Now he held it necessary to release one to them at the feast.)
18 तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
Then the whole multitude set up a cry, saying, Away with this fellow, and release unto us Barabbas!
19 बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
(who for a certain sedition raised in the city, and for murder, had been cast into prison.)
20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
Again therefore Pilate called out to them, desirous to see Jesus at liberty.
21 तर तिनीहरूले चिच्च्याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
But they clamoured the more, saying, Crucify, crucify him.
22 पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
Then the third time he said to them, What evil hath this man done? I have found nothing deserving death in him: I will therefore, after scourging, discharge him.
23 तर तिनीहरू उच्च स्वरमा येशूलाई क्रुसमा टाँग्ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्वस्त तुल्यायो ।
But they were instant with the most clamorous vociferations, soliciting that he might be crucified. And their clamours, and those of the chief priests, bore him down.
24 त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
Then Pilate decreed that their petition should be granted.
25 त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
Then released he to them him who for sedition and murder had been cast into prison; but he gave up Jesus to their will.
26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्न लगाए ।
And as they led him out, laying hold on one Simon, a Cyrenian, who was coming from the country, they laid on him the cross, to carry after Jesus.
27 मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
And a great multitude of the people and of women followed him, who also beat their breasts and lamented him bitterly.
28 तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
But Jesus turning to them, said, Daughters of Jerusalem, weep not for me, but for yourselves, and for your children.
29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
For, behold, the days are coming, in which they shall say, Blessed are the barren, and the wombs which have not borne, and the breasts which never suckled.
30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्नेछन्, ‘हामीलाई छोप ।’
Then shall they begin to say to the mountains, Fall on us! and to the hills, Cover us!
31 यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
For if they do all these things with the green wood, what will be done with the dry?
32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
Now there were two other persons, malefactors, led out with him to be executed.
33 जब तिनीहरू खप्परे भन्ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।
And when they came to a place called Calvary, there they crucified him, and the malefactors, the one on the right hand, and the other on the left.
34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
And Jesus said, Father, forgive them; for they know not what they do. Then dividing his garments, they cast the lot.
35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्वरको चुनिएको ख्रीष्ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”
And the people stood looking on. And the rulers also with them derided him, saying, He saved others; let him save himself, if this fellow is the Messiah, the elect of God.
36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,
And the soldiers also insulted him, coming and offering him vinegar,
37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”
and saying, if thou art the King of the Jews, save thyself.
38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।
And there was an inscription written over him in Greek, Roman, and Hebrew characters, THIS IS THE KING OF THE JEWS.
39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”
Then one of the suspended malefactors blasphemed him, saying, If thou art the Messiah, save thyself and us.
40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस्?
But the other addressing him, rebuked him, saying, Hast thou no fear of God, when thou art under the same condemnation?
41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
And we indeed justly, for we receive deserved punishment for the crimes we have committed: but this man hath done nothing amiss.
42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
And he said to Jesus, Remember me, Lord, when thou comest in thy kingdom.
43 येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
And Jesus said to him. Verily I say unto thee, To-day thou shalt be with me in paradise.
44 यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
And it was about the sixth hour, and there was darkness over all the land until the ninth hour.
45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
And the sun was darkened, and the veil of the temple was rent in the midst.
46 येशूले उच्च स्वरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्नुभयो ।”
And Jesus crying with a loud voice, said, Father, into thy hands I commit my spirit: and having said this, he expired.
47 जब कप्तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी एक धार्मिक मानिस थिए ।”
And the centurion observing what had come to pass, glorified God, saying, Verily this man was a righteous person.
48 यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
And all the multitudes who had come together for this spectacle, when they saw the things which were done, beating their breasts, returned.
49 तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
And all his acquaintance stood afar off, and the women which followed him from Galilee, beholding these things.
50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।
And lo! a man named Joseph, being a member of the council, a good man, and a just;
51 (उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।
(who had not given his assent to their determination and deed; ) being of Arimathea, a city of the Jews: who himself also expected the coming of the kingdom of God.
52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
He went in to Pilate, and begged the body of Jesus.
53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
And taking it down from the cross, he wrapped it in linen cloth, and laid it in a sepulchre hewn out of a rock, where none had ever yet lain.
54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।
And that was the preparation-day, and the sabbath’s twilight was approaching.
55 गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।
Then the women also, his attendants, who had followed him out of Galilee, observed the sepulchre, and how his corpse was laid out.
56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।
And returning, they made preparation of aromatics and unguents; and they rested the sabbath-day, according to the commandment.