< लुका 21 >
1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्नुभयो ।
Поглянувши ж добачив, як кидали дари свої в скарбону заможні.
2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।
Побачив же й одну вдовицю вбогу, що кидала туди дві лепти.
3 यसैले, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।
І рече: Правдиво глаголю вам, що вдовиця вбога ся більш усїх укинула:
4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्नका लागि जे-जति थियो सबै दिई ।”
всі бо ті з достатку свого кидали у дари Божі, ся ж з недостатку свого увесь прожиток свій, що мала, вкинула.
5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्नुभयो,
І як деякі говорили про церкву, що каміннєм красним та посьвятами украшена, рече:
6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
Із сього, що бачите, прийдуть днї, в котрі не зоставить ся камінь на камені, щоб не зруйновано.
7 त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?”
Питали ж Його, кажучи: Учителю, коли ж се буде? й що за ознака коли се мав стати ся?
8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
Він же рече: Гледїть, щоб не була введені; многі бо прийдуть в імя моє, кажучи: Що се я. А час приближив ся; не йдіть же за вами.
9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”
Яв же почуєте про войни та ворохобнї, не полохайтесь; мусить бо перш се статись; тільки ж не зараз конець.
10 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।
Тодї рече їм: Устане нарід на нарід і царство на царство,
11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।
і трус великий по місцях, і голоднеча, й помір буде, й страхи, й о-внаки з неба великі будуть.
12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
Та перш того всього наложать на вас руки свої і гонити муть, видаючи в школи й темницї, і водячи перед царі та ігемони задля імя мого.
13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्याउनेछ ।
І станеть ж воно вам на сьвідкуваннє.
14 त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्ने भनेर अगिबाटै हृदयमा नसोच ।
Постановіть же в серцях, ваших наперед, не готовитись відказувати:
15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
я бо дам вам уста й премудрість, котрій не здолїють противитись, анї встояти усї противники ваші.
16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।
Будете ж видавані й від родителїв, і братів, і родини, й приятелїв; і вбивати муть деяких з вас.
17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।
І будете ненавиджені від усіх задля імя мого.
18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्ट हुनेछैन ।
Та й волосина з голови вашої не загине.
19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्त गर्नेछौ ।
У терпінню вашому осягнїть душі ваші.
20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
Як же побачите, що обгорнуто таборами Єрусалим, тоді знайте, що наближило ся спустїннє його.
21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।
Тодї, хто в Юдеї, нехай біжять у гори; а хто в середині в йому, нехай виходять; а ті, що по селах, нехай не ввіходять у него.
22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
Бо се днї мести, щоб справдилось усе написане.
23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू! त्यस देशमाथि महासङ्कष्ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
Горе ж важким і годуючим у ті днї! буде бо біда велика на землі, і гнів на народі сьому.
24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् ।
І поляжуть від гострого меча, й позаймані будуть у полонь до всіх поган; і топтати муть Єрусалим погане, доки сповнять ся часи поган.
25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन् ।
І будуть ознаки на сонцї, й місяці, й зорях, а на землї переполох народів у ваколотї; як зареве море та филї.
26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डग्मगाउनेछन् ।
І омертвіють люде від страху та дожидання того, що прийде на все-денну: сили бо небесні захитають ся.
27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन् ।
І тодї побачять Сина чоловічого йдучого на хмарі з силою і славою великою.
28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
Як же почне се діятись, випростуйтесь і підіймайте голови ваші; бо наближилось викупленнє ваше.
29 येशूले उनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।
І сказав приповість їм: Бачте смоківницю і всякі дерева:
30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ ।
Як розпукутоть ся вже, бачивши самі розумієте, що вже близько лїто.
31 त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्नेछौ, परमेश्वरको राज्य नजिकै छ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
Так і ви, коли побачите, як се станеть ся, знайте, що близько царство Боже.
32 तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
Істино глаголи вам: Ще не перейде рід сей, доки все станеть ся.
33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
Небо й земля перейде, слова ж мої не перейдуть.
34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
Остерегайте ся ж, щоб часом не обтягчились ваші серця прожорством та пянством, та журбою життя сього, й щоб несподівано на вас не настиг день той.
35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।
Бо, як сітка, впаде на всіх, що живуть на лицї всієї землі.
36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
Пильнуйте, по всяк час молячись, щоб удостоїли ся втекти від того всього, що має статись, і станути перед Сином чоловічим.
37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ ।
Навчав же днями в церкві, ночами ж виходячи, пробував на горі, званій Оливною.
38 सबै मानिसहरू उहाँका कुरा सुन्न बिहानै मन्दिरमा आउँथे ।
Усї ж люде сходились рано до Него в церкву слухати Його.