< लुका 21 >

1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो ।
Then Jesus looked up and saw the rich putting their gifts into the treasury,
2 उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो ।
and He saw a poor widow put in two small copper coins.
3 यसैले, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई ।
“Truly I tell you,” He said, “this poor widow has put in more than all the others.
4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए । तर यस विधवाले आफू गरिब भएर पनि, ऊ बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”
For they all contributed out of their surplus, but she out of her poverty has put in all she had to live on.”
5 अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,
As some of the disciples were remarking how the temple was adorned with beautiful stones and consecrated gifts, Jesus said,
6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
“As for what you see here, the time will come when not one stone will be left on another; every one will be thrown down.”
7 त्यसकारण, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन्?”
“Teacher,” they asked, “when will these things happen? And what will be the sign that they are about to take place?”
8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
Jesus answered, “See to it that you are not deceived. For many will come in My name, claiming, ‘I am He,’ and, ‘The time is near.’ Do not follow them.
9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”
When you hear of wars and rebellions, do not be alarmed. These things must happen first, but the end is not imminent.”
10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।
Then He told them, “Nation will rise against nation, and kingdom against kingdom.
11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा महामारी र अनिकालहरू हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशमा ठुला-ठुला चिह्नहरू हुनेछन् ।
There will be great earthquakes, famines, and pestilences in various places, along with fearful sights and great signs from heaven.
12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
But before all this, they will seize you and persecute you. On account of My name they will deliver you to the synagogues and prisons, and they will bring you before kings and governors.
13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।
This will be your opportunity to serve as witnesses.
14 त्यसकारण, तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।
So make up your mind not to worry beforehand how to defend yourselves.
15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
For I will give you speech and wisdom that none of your adversaries will be able to resist or contradict.
16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।
You will be betrayed even by parents and brothers and relatives and friends, and some of you will be put to death.
17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् ।
And you will be hated by everyone because of My name.
18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।
Yet not even a hair of your head will perish.
19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।
By your patient endurance you will gain your souls.
20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
But when you see Jerusalem surrounded by armies, you will know that her desolation is near.
21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।
Then let those who are in Judea flee to the mountains, let those in the city get out, and let those in the country stay out of the city.
22 यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
For these are the days of vengeance, to fulfill all that is written.
23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
How miserable those days will be for pregnant and nursing mothers! For there will be great distress upon the land and wrath against this people.
24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।
They will fall by the edge of the sword and be led captive into all the nations. And Jerusalem will be trodden down by the Gentiles, until the times of the Gentiles are fulfilled.
25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् ।
There will be signs in the sun and moon and stars, and on the earth dismay among the nations, bewildered by the roaring of the sea and the surging of the waves.
26 संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
Men will faint from fear and anxiety over what is coming upon the earth, for the powers of the heavens will be shaken.
27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।
At that time they will see the Son of Man coming in a cloud with power and great glory.
28 जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
When these things begin to happen, stand up and lift up your heads, because your redemption is drawing near.”
29 येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।
Then Jesus told them a parable: “Look at the fig tree and all the trees.
30 जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ ।
When they sprout leaves, you can see for yourselves and know that summer is near.
31 त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
So also, when you see these things happening, know that the kingdom of God is near.
32 तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
Truly I tell you, this generation will not pass away until all these things have happened.
33 स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
Heaven and earth will pass away, but My words will never pass away.
34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।
But watch yourselves, or your hearts will be weighed down by dissipation, drunkenness, and the worries of life—and that day will spring upon you suddenly like a snare.
35 यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।
For it will come upon all who dwell on the face of all the earth.
36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
So keep watch at all times, and pray that you may have the strength to escape all that is about to happen and to stand before the Son of Man.”
37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ ।
Every day Jesus taught at the temple, but every evening He went out to spend the night on the Mount of Olives.
38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।
And early in the morning all the people would come to hear Him at the temple.

< लुका 21 >