< लुका 20 >

1 येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।
And it came to pass, on one of those days, as he was teaching the people in the temple, and publishing the good tidings, that the priests and the scribes with the elders came upon him,
2 तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
and spoke to him, saying, Tell us, by what authority doest thou these things? Or who is he that gave thee this authority?
3 उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।
And he answering said to them, I also will ask you a question; and tell me:
4 यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?”
The baptism of John, was it from heaven, or from men?
5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’
And they reasoned among themselves, saying, If we say, From heaven, he will say, Why did ye not believe him?
6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।”
But if we say, From men, all the people will stone us; for they are persuaded that John was a prophet.
7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
And they answered, that they did not know whence it was.
8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
And Jesus said to them, Neither do I tell you by what authority I do these things.
9 उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
And he began to speak to the people this parable: A man planted a vineyard, and let it out to husbandmen, and went abroad for a long time.
10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
And at the season he sent a servant to the husbandmen, that they should give him of the fruit of the vineyard; but the husbandmen beat him, and sent him away empty-handed.
11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।
And he sent still another servant; and they beat him also, and treated him shamefully, and sent him away empty-handed.
12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।
And he went on to send a third; and they wounded him also, and cast him out.
13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
And the lord of the vineyard said, What shall I do? I will send my beloved son; perhaps they will respect him.
14 तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
But when the husbandmen saw him, they reasoned among themselves, saying, This is the heir; let us kill him, that the inheritance may become ours.
15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
So they cast him out of the vineyard, and killed him. What then will the lord of the vineyard do to them?
16 उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
He will come and destroy these husbandmen, and will give the vineyard to others. And when they heard this, they said, God forbid!
17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’
But he, looking upon them, said, What then is this which is written, “The stone which the builders rejected, the same hath become the corner-stone”?
18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”
Every one who falleth upon that stone will be broken; but on whomever it falleth, it will grind him to powder.
19 त्यसकारण, शास्‍त्री र मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
And the scribes and the chief priests sought to lay hands on him in that hour, but they feared the people; for they knew that he spoke this parable against them.
20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
And they kept watch on him, and sent forth spies feigning themselves to be righteous men, that they might take hold of his words, in order to deliver him up to the civil power and to the authority of the governor.
21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।
And they asked him, saying, Teacher, we know that thou sayest and teachest rightly, and hast no regard to the person of men, but teachest the way of God truly.
22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
Is it lawful for us to give tribute to Caesar, or not?
23 येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो,
But perceiving their craftiness, he said to them,
24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको नाम र चित्र खोपिएको छ?” उनीहरूले भने, “कैसरको ।”
Show me a denary. Whose image and inscription hath it? And they answered and said, Caesar's.
25 उहाँले उनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो, कैसरलाई देओ र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”
And he said to them, Render then to Caesar the things that are Caesar's, and to God the things that are God's.
26 मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।
And they could not take hold of his words before the people; and marveling at his answer, they held their peace.
27 त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,
Then some of the Sadducees, who deny that there is a resurrection, came to him, and asked him,
28 र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।
saying, Teacher, Moses wrote to us, “If a man's brother die, having a wife, and the same die without children, his brother shall take his wife, and raise up seed to his brother.”
29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो
Now there were seven brothers; and the first took a wife and died childless.
30 अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।
And the second
31 साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।
and the third took her; and in like manner also the seven left no children, and died.
32 पछिबाट त्यो स्‍त्री पनि मरी ।
At last the woman also died.
33 यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”
In the resurrection then, of which of them is the woman the wife? for the seven had her for a wife.
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् । (aiōn g165)
And Jesus said to them, The sons of this world marry, and are given in marriage; (aiōn g165)
35 तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् । (aiōn g165)
but they who have been accounted worthy to obtain that world, and the resurrection from the dead, neither marry, nor are given in marriage; (aiōn g165)
36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूत समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।
for they cannot die any more; for they are like the angels, and are sons of God, being sons of the resurrection.
37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।
But that the dead are raised, even Moses hath shown at the Bush, when he calleth the Lord the God of Abraham, and the God of Isaac, and the God of Jacob.
38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
Now he is not a God of the dead, but of the living; for all live to him.
39 अनि शास्‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
Then some of the scribes answering, said, Teacher, thou hast well said.
40 उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।
For they dared no longer to ask him any question.
41 येशूले उनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?
And he said to them, How is it that men say that the Christ is David's son?
42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
For David himself saith in the book of Psalms, “The Lord said to my lord, Sit thou on my right hand,
43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
till I make thine enemies thy footstool.”
44 यसकारण, दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए?”
David then calleth him lord; and how is he his son?
45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
And in the hearing of all the people he said to his disciples,
46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
Beware of the scribes, who like to walk about in long robes, and love salutations in the markets, and the chief seats in the synagogues, and the first places at feasts;
47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
who devour widows' houses, and for a pretence make long prayers. These will receive a far greater condemnation.

< लुका 20 >