< लुका 19 >
1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
Jesus entered Jericho and made his way through the town.
2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए ।
There was a man there, known by the name of Zacchaeus, who was a senior tax collector and a rich man.
3 उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए ।
He tried to see what Jesus was like; but, being short, he was unable to do so because of the crowd.
4 त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो ।
So he ran on ahead and climbed into a mulberry tree to see Jesus, for he knew that he must pass that way.
5 जब येशू उनी भएको ठाउँ नजिक आइपुग्नुभयो, उहाँले मास्तिर हेरेर भन्नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्नु छ ।”
When Jesus came to the place, he looked up and said to him, ‘Zacchaeus, be quick and come down, for I must stop at your house today.’
6 त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
So Zacchaeus got down quickly, and joyfully welcomed him.
7 जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्नको लागि जानुभयो ।”
On seeing this, everyone began to complain, ‘He has gone to stay with a man who is an outcast.’
8 जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु ।”
But Zacchaeus stood forward and said to the Master, ‘Listen, Master! I will give half my property to the poor, and, if I have defrauded anyone of anything, I will give him back four times as much.’
9 येशूले तिनलाई भन्नुभयो, “आज यो घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।
‘Salvation has come to this house today,’ answered Jesus, ‘for even this man is a son of Abraham.
10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्न र बचाउनको लागि आएका हुन् ।”
The Son of Man has come to search for those who are lost and to save them.’
11 तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्टान्त पनि भन्नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्ने सोचेका थिए ।
As the people were listening to this, Jesus went on to tell them a parable. He did so because he was near Jerusalem, and because they thought that the kingdom of God was going to be proclaimed at once.
12 त्यसकारण, उहाँले भन्नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
He said, ‘A nobleman once went to a distant country to receive his appointment to a kingdom and then return.
13 उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
He called ten of his servants and gave them ten pounds of silver each, and told them to trade with them during his absence.
14 तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’
But his subjects hated him and sent envoys after him to say “We will not have this man as our king.”
15 तब राज्य प्राप्त गरी फर्केर आएपछि उनले सिक्का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्ने इच्छा गरे ।
On his return, after having been appointed king, he directed that the servants to whom he had given his money should be summoned, so that he might learn what amount of trade they had done.
16 पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्काबाट अरू दस सिक्का कमाएँ ।’
The first came up, and said “Sir, your ten pounds have made a hundred.”
17 ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
“Well done, good servant!” exclaimed the master. “As you have proved trustworthy in a very small matter, I appoint you governor over ten towns.”
18 दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्काबाट मैले पाँच सिक्का कमाएँ ।’
When the second came, he said “Your ten pounds, Sir, have produced fifty.”
19 ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
So the master said to him “And you I appoint over five towns.”
20 अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
Another servant also came and said “Sir, here are your ten pounds; I have kept them put away in a handkerchief.
21 किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ ।’
For I was afraid of you, because you are a stern man. You take what you have not planted, and reap what you have not sown.”
22 ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
The master answered “Out of your own mouth I judge you, you worthless servant. You knew that I am a stern man, that I take what I have not planted, and reap what I have not sown?
23 त्यसो भए, तैँले मेरो सिक्का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’
Then why didn’t you put my money into a bank? And I, on my return, could have claimed it with interest.
24 ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्का खोसेर जससँग दस सिक्का छ, त्यसलाई देओ ।’
Take away from him the ten pounds,” he said to those standing by, “and give them to the one who has the hundred.”
25 तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्का छ ।’
“But, Sir,” they said, “he has a hundred pounds already!”
26 ‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
“I tell you,” he answered, “that, to him who has, more will be given, but, from him who has nothing, even what he has will be taken away.
27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
But as for my enemies, these men who would not have me as their king, bring them here and put them to death in my presence.”’
28 यी कुराहरू भनिसक्नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।
After saying this, Jesus went on in front, going up to Jerusalem.
29 बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
It was when Jesus had almost reached Bethphage and Bethany, near the Mount of Olives, that he sent on two of the disciples.
30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
‘Go to the village facing us,’ he said, ‘and, when you get there, you will find a foal tethered, which no one has yet ridden; untie it and lead it here.
31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”
And, if anybody asks you “Why are you untying it?”, you are to say this – “The Master wants it.”’
32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्नुभएजस्तै बछेडो पाए ।
So the two who were sent went and found it as Jesus had told them.
33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”
While they were untying the foal, the owners asked them – ‘Why are you untying the foal?’
34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
And the two disciples answered – ‘The Master wants it.’
35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
Then they led it back to Jesus, and threw their cloaks on the foal and put Jesus on it.
36 उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
As he went along, the people kept spreading their cloaks in the road.
37 उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न लागे ।
When he had almost reached the place where the road led down the Mount of Olives, everyone of the many disciples began in their joy to praise God loudly for all the miracles that they had seen:
38 तिनीहरूले यसो भन्न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा!”
‘Blessed is He who comes – our king – in the name of the Lord! Peace in heaven, and glory on high.’
39 त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस् ।”
Some of the Pharisees in the crowd said to him, ‘Teacher, restrain your disciples.’
40 येशूले जवाफ दिँदै भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
But Jesus answered, ‘I tell you that if they are silent, the stones will call out.’
41 जब येशू सहरको नजिक पुग्नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो,
When he drew near, on seeing the city, he wept over it, and said,
42 “यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।
‘If only you had known, while yet there was time – even you – the things that make for peace! But now they have been hidden from your sight.
43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
For a time is coming when your enemies will surround you with earthworks, and encircle you, and hem you in on all sides;
44 तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्नलाई तैँले बुझिनस् ।
they will trample you down and your children within you, and they will not leave in you one stone on another, because you did not know the time of your visitation.’
45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
Jesus went into the Temple Courts and began to drive out those who were selling,
46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”
saying as he did so, ‘Scripture says – “My house will be a house of prayer”; but you have made it a den of robbers.’
47 येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
Jesus continued to teach each day in the Temple Courts; but the chief priests and teachers of the Law were eager to take his life, and so also were the leaders of the people.
48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
Yet they could not see what to do, for the people all hung on his words.