< लुका 18 >
1 तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ र निरुत्साह हुनुहुँदैन भन्ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्टान्तमा बोल्नुभयो ।
dicebat autem et parabolam ad illos quoniam oportet semper orare et non deficere
2 उहाँले भन्नुभयो, “कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे, जसले परमेश्वरको भय मान्दैनथे र मानिसहरूको पनि आदर गर्दैनथे ।
dicens iudex quidam erat in quadam civitate qui Deum non timebat et hominem non verebatur
3 त्यस सहरमा एक जना विधवा बस्थिन् र बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् र भन्थिन्, ‘मलाई सहायता गर्नुहोस् र मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस् ।’
vidua autem quaedam erat in civitate illa et veniebat ad eum dicens vindica me de adversario meo
4 लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन्, तर केही समयपछि उनले मनमनै भने, ‘मैले परमेश्वरको भय मान्दिनँ र मानिसहरूको पनि आदर गर्दिनँ,
et nolebat per multum tempus post haec autem dixit intra se et si Deum non timeo nec hominem revereor
5 तर यस विधवाले मलाई सताउँछे । त्यसैले, मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर, म उसलाई न्याय दिलाउनेछु’ ।”
tamen quia molesta est mihi haec vidua vindicabo illam ne in novissimo veniens suggillet me
6 तब प्रभुले भन्नुभयो, “ती अन्यायी न्यायाधीशले के भन्छन्, सुन ।
ait autem Dominus audite quid iudex iniquitatis dicit
7 के परमेश्वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्न र? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्न र?
Deus autem non faciet vindictam electorum suorum clamantium ad se die ac nocte et patientiam habebit in illis
8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्वास भेट्टाउनेछन् र?”
dico vobis quia cito faciet vindictam illorum verumtamen Filius hominis veniens putas inveniet fidem in terra
9 त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्ने र अरूलाई तुच्छ ठान्ने कतिपय मानिसहरूलाई यो दृष्टान्त पनि भन्नुभयो,
dixit autem et ad quosdam qui in se confidebant tamquam iusti et aspernabantur ceteros parabolam istam
10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए– एक जना फरिसी र अर्को कर उठाउने ।
duo homines ascenderunt in templum ut orarent unus Pharisaeus et alter publicanus
11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ ।
Pharisaeus stans haec apud se orabat Deus gratias ago tibi quia non sum sicut ceteri hominum raptores iniusti adulteri vel ut etiam hic publicanus
12 म हरेक हप्ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
ieiuno bis in sabbato decimas do omnium quae possideo
13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर म पापीमाथि कृपालु हुनुहोस् ।’
et publicanus a longe stans nolebat nec oculos ad caelum levare sed percutiebat pectus suum dicens Deus propitius esto mihi peccatori
14 म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
dico vobis descendit hic iustificatus in domum suam ab illo quia omnis qui se exaltat humiliabitur et qui se humiliat exaltabitur
15 उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
adferebant autem ad illum et infantes ut eos tangeret quod cum viderent discipuli increpabant illos
16 तर येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।
Iesus autem convocans illos dixit sinite pueros venire ad me et nolite eos vetare talium est enim regnum Dei
17 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
amen dico vobis quicumque non acceperit regnum Dei sicut puer non intrabit in illud
18 एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” (aiōnios )
et interrogavit eum quidam princeps dicens magister bone quid faciens vitam aeternam possidebo (aiōnios )
19 येशूले तिनलाई भन्नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्वरबाहेक कोही पनि असल छैन ।
dixit autem ei Iesus quid me dicis bonum nemo bonus nisi solus Deus
20 तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
mandata nosti non occides non moechaberis non furtum facies non falsum testimonium dices honora patrem tuum et matrem
21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
qui ait haec omnia custodivi a iuventute mea
22 जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
quo audito Iesus ait ei adhuc unum tibi deest omnia quaecumque habes vende et da pauperibus et habebis thesaurum in caelo et veni sequere me
23 तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
his ille auditis contristatus est quia dives erat valde
24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
videns autem illum Iesus tristem factum dixit quam difficile qui pecunias habent in regnum Dei intrabunt
25 धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”
facilius est enim camelum per foramen acus transire quam divitem intrare in regnum Dei
26 त्यो सुन्नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”
et dixerunt qui audiebant et quis potest salvus fieri
27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ ।”
ait illis quae inpossibilia sunt apud homines possibilia sunt apud Deum
28 पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
ait autem Petrus ecce nos dimisimus omnia et secuti sumus te
29 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
qui dixit eis amen dico vobis nemo est qui reliquit domum aut parentes aut fratres aut uxorem aut filios propter regnum Dei
30 तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।” (aiōn , aiōnios )
et non recipiat multo plura in hoc tempore et in saeculo venturo vitam aeternam (aiōn , aiōnios )
31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
adsumpsit autem Iesus duodecim et ait illis ecce ascendimus Hierosolyma et consummabuntur omnia quae scripta sunt per prophetas de Filio hominis
32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन् ।
tradetur enim gentibus et inludetur et flagellabitur et conspuetur
33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
et postquam flagellaverint occident eum et die tertia resurget
34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
et ipsi nihil horum intellexerunt et erat verbum istud absconditum ab eis et non intellegebant quae dicebantur
35 येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
factum est autem cum adpropinquaret Hiericho caecus quidam sedebat secus viam mendicans
36 त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”
et cum audiret turbam praetereuntem interrogabat quid hoc esset
37 तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
dixerunt autem ei quod Iesus Nazarenus transiret
38 त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
et clamavit dicens Iesu Fili David miserere mei
39 भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
et qui praeibant increpabant eum ut taceret ipse vero multo magis clamabat Fili David miserere mei
40 येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो,
stans autem Iesus iussit illum adduci ad se et cum adpropinquasset interrogavit illum
41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
dicens quid tibi vis faciam at ille dixit Domine ut videam
42 येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
et Iesus dixit illi respice fides tua te salvum fecit
43 तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।
et confestim vidit et sequebatur illum magnificans Deum et omnis plebs ut vidit dedit laudem Deo