< लुका 17 >
1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ ।
Et ait ad discipulos suos: Impossibile est ut non veniant scandala: væ autem illi per quem veniunt.
2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
Utilius est illi si lapis molaris imponatur circa collum ejus, et projiciatur in mare quam ut scandalizet unum de pusillis istis.
3 आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।
Attendite vobis: Si peccaverit in te frater tuus, increpa illum: et si pœnitentiam egerit, dimitte illi.
4 यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने र सातै पटक तिमीकहाँ फर्की आएर, ‘म पश्चात्ताप गर्छु’ भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ ।
Et si septies in die peccaverit in te, et septies in die conversus fuerit ad te, dicens: Pœnitet me, dimitte illi.
5 प्रेरितहरूले प्रभुलाई भने “हाम्रो विश्वास बढाइदिनुहोस् ।”
Et dixerunt apostoli Domino: Adauge nobis fidem.
6 प्रभुले भन्नुभयो “यदि तिमीसँग रायोको बिउजत्रो विश्वास छ भने नेभाराको रुखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्नेछ ।
Dixit autem Dominus: Si habueritis fidem sicut granum sinapis, dicetis huic arbori moro: Eradicare, et transplantare in mare, et obediet vobis.
7 तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
Quis autem vestrum habens servum arantem aut pascentem, qui regresso de agro dicat illi: Statim transi, recumbe:
8 मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?
et non dicat ei: Para quod cœnem, et præcinge te, et ministra mihi donec manducem, et bibam, et post hæc tu manducabis, et bibes?
9 उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?
Numquid gratiam habet servo illi, quia fecit quæ ei imperaverat?
10 तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
non puto. Sic et vos cum feceritis omnia quæ præcepta sunt vobis, dicite: Servi inutiles sumus: quod debuimus facere, fecimus.
11 यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए । त्यस बेला उहाँ सामरिया र गालील हुँदै यात्रा गर्नुभयो ।
Et factum est, dum iret in Jerusalem, transibat per mediam Samariam et Galilæam.
12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
Et cum ingrederetur quoddam castellum, occurrerunt ei decem viri leprosi, qui steterunt a longe:
13 र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
et levaverunt vocem, dicentes: Jesu præceptor, miserere nostri.
14 जब उहाँले तिनीहरूलाई देख्नुभयो र भन्नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ । र तिनीहरू गए अनि निको भए ।”
Quos ut vidit, dixit: Ite, ostendite vos sacerdotibus. Et factum est, dum irent, mundati sunt.
15 जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्यो, ऊ चर्को स्वरले परमेश्वरको महिमा गर्दै फर्कियो ।”
Unus autem ex illis, ut vidit quia mundatus est, regressus est, cum magna voce magnificans Deum,
16 उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो । ऊ एउटा सामरी थियो ।
et cecidit in faciem ante pedes ejus, gratias agens: et hic erat Samaritanus.
17 येशूले उत्तर दिँदै भन्नुभयो, “के त्यहाँ दस जना निको भएका होइनन्? अरू नौ जना कहाँ गए?
Respondens autem Jesus, dixit: Nonne decem mundati sunt? et novem ubi sunt?
18 के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्वरलाई महिमा दिनुपर्ने होइन र?
Non est inventus qui rediret, et daret gloriam Deo, nisi hic alienigena.
19 उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
Et ait illi: Surge, vade: quia fides tua te salvum fecit.
20 फरिसीहरूले परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,
Interrogatus autem a pharisæis: Quando venit regnum Dei? respondens eis, dixit: Non venit regnum Dei cum observatione:
21 न त तिनीहरूले भन्नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्वरको राज्य तिमीहरूकै माझमा छ ।”
neque dicent: Ecce hic, aut ecce illic. Ecce enim regnum Dei intra vos est.
22 येशूले चेलाहरूलाई भन्नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्नेछैनौ ।
Et ait ad discipulos suos: Venient dies quando desideretis videre unum diem Filii hominis, et non videbitis.
23 तिनीहरूले तिमीलाई भन्नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
Et dicent vobis: Ecce hic, et ecce illic. Nolite ire, neque sectemini:
24 आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।
nam, sicut fulgur coruscans de sub cælo in ea quæ sub cælo sunt, fulget: ita erit Filius hominis in die sua.
25 तर उहाँ पहिले विभिन्न थोकहरूबाट सताइनुहुनेछ र यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ ।
Primum autem oportet illum multa pati, et reprobari a generatione hac.
26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् ।
Et sicut factum est in diebus Noë, ita erit et in diebus Filii hominis:
27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्यो ।
edebant et bibebant: uxores ducebant et dabantur ad nuptias, usque in diem, qua intravit Noë in arcam: et venit diluvium, et perdidit omnes.
28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्न कुराहरूको निर्माण गर्दै थिए ।
Similiter sicut factum est in diebus Lot: edebant et bibebant, emebant et vendebant, plantabant et ædificabant:
29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो ।
qua die autem exiit Lot a Sodomis, pluit ignem et sulphur de cælo, et omnes perdidit:
30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
secundum hæc erit qua die Filius hominis revelabitur.
31 त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
In illa hora, qui fuerit in tecto, et vasa ejus in domo, ne descendat tollere illa: et qui in agro, similiter non redeat retro.
32 लोतकी पत्नीलाई सम्झ ।
Memores estote uxoris Lot.
33 जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
Quicumque quæsierit animam suam salvam facere, perdet illam: et quicumque perdiderit illam, vivificabit eam.
34 म तिमीलाई भन्नेछु, रातको समयमा दुई जना एकै ठाउँमा सुत्नेछन् ।
Dico vobis: In illa nocte erunt duo in lecto uno: unus assumetur, et alter relinquetur:
35 तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
duæ erunt molentes in unum: una assumetur, et altera relinquetur: duo in agro: unus assumetur, et alter relinquetur.
36 (खेतमा दुई जना हुनेछन् तिनीहरूमध्ये एक जना लगिनेछ र अर्को छोडिनेछ । )
Respondentes dicunt illi: Ubi Domine?
37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
Qui dixit illis: Ubicumque fuerit corpus, illuc congregabuntur et aquilæ.