< लुका 16 >
1 येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।
Yesu atibabakiya kae benepunzi bake, “Pabile ni mundu yumo tajiri abile ni meneja, ni apeilwe habari ya kwamba meneja yono atapanya mali yake.
2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
Nga nyoo tajiri atikumkema, nikum'bakiya, “nga namani yeni yaniipekania kunani yako? Upiye hesabu ya umeneja wako, kwa kuwa uwecha kwaa panga wameneja kae.”
3 त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ? मेरो खन्ने तागत छैन; मलाई माग्न पनि लाज लाग्दछ ।
Yolo meneja atibaya kumoyo wake, nipala panga namani, mana ngwana wango anikonyie kazi yango ya umeneja? Ntopo ngupu ywa lema, ni loba loba nibona oni.
4 मैले के गर्नेछु भन्ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’
Nilitangite lanipala panga lenga panipoyelwa kukazi yango ya uwakili bandu banikaribishe kunyumba yabe.
5 तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ?’
Nga nyoo wakili atikubakema adeni wa ngwana wake kila yumo akam'bakiye wa kwanza,'udaiwa kiasi gani ni ngwana wango?'
6 उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’
Atibaya ipimo mia jimo ya mauta akambakiya 'utole upesi hati yako utame upesi uyandike hamsini.'
7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’
Boka po atim'bakiya ywenge ni wenga udaiwa kiasi gani? 'atibaya 'ipimo mia jimo vya bwembe wa ngano, akam'bakiya,'utole hati yako uyandike themanini.'
8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । (aiōn )
Yolo ngwana atikumsifu meneja dhalimu cha pangite kwa weleu, kwa kuwa bana ba'kilambo wono ni werevu wanambone nashughulika kwa ung'anga ni bandu baupande wabe kuliko bababile bona banuru. (aiōn )
9 म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । (aiōnios )
Ni nenga nindakuwabakiya muipange ambwiga kwa mali ya udhalimu lenga baikosike babakaribishe katika makao ga milele. (aiōnios )
10 जो अत्यन्तै थोरैमा विश्वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।
Ywa abiile mwaminifu katika lalibile lichunu muno upanga uaminifu katika likolo, ni abile dhalimu katika kichunu muno na katika kikolo pia.
11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
Mana mwenga mpangile kwaa uaminifu katika mali ya udhalimu ni ywako apalakukuamini katika mali ya kweli?
12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?
Na mana mwabile kwaa baaminifu katika tumia mali ya mundu ywenge nyai ywapala kuwapea yaibile ya kwinu bene?
13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्नेछ । तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ ।”
Ntopo mtumishi ywaweza tumikia ngwana wanaibele, kwa maamna apala kumchukia yumo ni kumpenda ywenge, ama apala chikamana ni yolo ni kumdharau hayo. Hawesa kwaa kumtumikia Nnongo ni mali.”
14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
Bai Mafarisayo, bababile apenda mbanje bayowine ago goti ni chalawa.
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको दृष्टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्याउँछौ, तर परमेश्वरले तिमीहरूका हृदयहरू जान्नुहुन्छ । जो मानिसहरूका माझमा उच्च हुन्छ, त्यो परमेश्वरको नजरमा घृणित हुन्छ ।
Ni atiabakiya, “mwenga mwamuipunia haki nnonge ya bandu, lakini Nnongo aitangite mioyo yinu, kwa kuwa latitumikite kwa bandu upanga chukizo nnonge ya Nnongo.
16 यूहन्ना आउनअगि अगमवक्ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
Saliya na manabii vyabile mpaka Yohana paichile. Boka wakati wolo, habari njema ya ufalme wa Nnongo utitangazwa, ni kila mundu upaya jingya kwa ngupu.
17 स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।
Lakini ni rahisi ka kumaunde ni pakilambo viboke kuliko hata herufi yimo ya saliyakosekana.
18 प्रत्येक जसले आफ्नी पत्नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।
Kila ywanneka nnyumbowe ni kobeka nnwawa ywenge azini, nayomkobeka ywembe ywalekwite ni nchengowe azini.
19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
Pabile ni mundu yumo tajiri awalite ngobo za rangi ya zambarau ni kitani safi ni abile atipurai kila lichoba utajiri wake nkolo.
20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे ।
Ni maskini yumo lina lyake Lazaro abekitwe muligeti lyake, ni ana ilonda.
21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे ।
Ni ywembe atitamani yukuta kwa makombo yatambwike katika meza ya yolo tajiri hata mapwa waichile ni kumlambata ilonda yake.
22 यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्यो र गाडियो ।
Ikawa yolo maskini awile ni tolekwa ni malaika mpaka pakiuba cha Ibrahimu. Yolo tajiri pia awile nachikwa.
23 र नरकमा कष्ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो । (Hadēs )
Ni kolo kumambe abile kumateso aobwile minyo gake ni kum'bona Ibrahimu kuutalu ni Lazalo pakiuba chake. (Hadēs )
24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’
Atilela ni kubaya, Tate Ibrahimu, unihurumie unlei Lazaro achuye ncha ya lukonji lwake mumache, auburudishe ulimi wango, kwa sababu nindateswa katika mwoto wono.
25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।
Lakini ibrahimu abayite, “mwana wango ukumbuke ya kwamba katika maisha yako utipokiya makowe yako mema, ni Lazaro nyo apatike mabaya. Ila nambeyambe abile pano anafarijiwa ni wenga unalumia.
26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’
Ni zaidi ya ago, kubekitwe liembwa likolo ni lilacho kati yitu, lengo balo bapala boka kono icha kwoo kana bawechange wala bandu wa kwinu kana baloke icha kwitu.”
27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् ।
Yolo tajiri abayite,'nindakuloba tate Ibrahimu, kwamba umtume kunyumba ya tate bango.
28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’
kwa kuwa nibile nabo anunango atano linga abaonye, kwa hofu kwamba nabo baicha mahali pano nateseka.'
29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
Lakini Ibrahimu abayite, “babile Musa ni manabii babapekani bao.
30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्चात्ताप गर्ने थिए ।’
Yolo tajiri atibaya, “nyoo kwaa, tate Ibrahimu, lakini mana ayendile mundu boka kono kwa wafu bapala tubu.'
31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्ने छैनन्’ ।”
Lakini Ibrahimu atikum'bakiya,'kana bakani kuwa pekania Musa ni manabii bapala shawishika kwaa ni mundu hata mana atiuluka boka mu'kiwo.