< लुका 15 >
1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्नलाई आउँदै थिए ।
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 फरिसीहरू र शास्त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।”
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो,
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन?
τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό;
5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς· συνχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8 अथवा कुन स्त्री होला जससँग दसवटा चाँदीका सिक्काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र?
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्का भेट्टाएकी छु ।’
καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συνχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्चात्ताप गर्ने पापीका खातिर परमेश्वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”
οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 त्यसपछि येशूले भन्नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς.
12 र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए ।
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
13 धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे ।
καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए ।
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους·
16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्नो पेट भर्न चाहन्थे ।
καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ᾧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु!
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων· ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.
18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु ।
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’
εἶπεν δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν,
24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने ।
ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
26 उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।
καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα.
27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो ।
ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले ।
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन,
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
31 बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् ।
ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘।”
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.