< लुका 12 >
1 त्यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो । उहाँले आफ्ना चेलाहरूलाई यसो भन्न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरबाट सावधान रहो, जुनचाहिँ पाखण्डीपना हो ।
När nu församladt vardt otaliga mycket folk, så att de trampade på hvarannan, begynte han säga till sina Lärjungar: Först tager eder vara för de Phariseers surdeg, som är skrymteri.
2 तर कुनै पनि कुराहरू यसरी गुप्त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् ।
Ty intet är fördoldt, som icke varder uppenbaradt; och intet lönligit, som icke uppkommer.
3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।
Derföre, hvad I sagt hafven i mörkret, det skall varda hördt i ljuset; och det I talat hafven i örat i kamrarna, det skall predikadt varda ofvanpå taken.
4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।
Men jag säger eder, minom vännom: Rädens icke för dem som döda kroppen, och sedan hafva de intet hvad de mer göra kunna.
5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ । (Geenna )
Men jag vill visa eder, hvem I skolen rädas: Rädens honom, som, sedan han dödat hafver, hafver han ock magt att bortkasta till helvetet; ja, säger jag eder, honom rädens. (Geenna )
6 के पाँचवटा भङ्गेरा दुई सिक्कामा बेचिँदैनन् र? परमेश्वरको दृष्टिबाट एउटा पनि बिर्सेको हुँदैन ।
Köpas icke fem sparfvar för två små penningar? Och en af dem är icke förgäten för Gudi.
7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
Ja, edor hufvudhår äro ock all räknad; derföre frukter eder intet; I ären bättre än månge sparfvar.
8 म तिमीलाई भन्दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् ।
Men jag säger eder: Hvilken mig bekänner för menniskor, honom skall ock menniskones Son bekänna inför Guds Änglar.
9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
Men den mig nekar för menniskor, han skall ock nekad varda för Guds Änglar.
10 हरेक जसले परमेश्वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन ।
Och den der talar ett ord emot menniskones Son, det skall varda honom förlåtet; men den som häder den Helga Anda, det skall icke förlåtas.
11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्ने विषयमा चिन्तित नहोओ ।
När de nu draga eder fram i Synagogorna, och för Öfverheten, och för de väldiga; hafver ingen omsorg, hvad och huruledes I svara, eller hvad I säga skolen;
12 पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्नुपर्ने हो भनी सिकाउनुहुनेछ ।
Ty den Helge Ande skall lära eder, i samma stundene, hvad I säga skolen.
13 त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो, “गुरुज्यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।”
Då sade en af folket till honom: Mästar, säg minom broder, att han byter med mig arfvedelen.
14 येशूले त्यसलाई भन्नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश र मध्यस्तकर्ता बनायो?”
Sade han till honom: Menniska, ho hafver skickat mig till domare eller skiftare öfver eder.
15 र उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
Och han sade till dem: Ser till, och tager eder vara för girighet; ty ens (menniskos) lif hänger icke derpå, att hon många ägodelar hafver.
16 तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
Och sade han en liknelse till dem, sägandes: Det var en riker man, hvilkens åker bar frukt nog.
17 र उसले मनमनै भन्न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन?‘
Då tänkte han vid sig sjelf, sägandes: Hvad skall jag göra? Ty jag hafver icke, der jag kan lägga mina frukt uti;
18 उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’
Och sade: Detta vill jag göra: Jag vill rifva omkull mina lador, och bygga upp större; och dit vill jag församla allt det mig växt är, och mina ägodelar;
19 म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पी र आनन्दित हो ।’
Och säga till min själ: Själ, du hafver mycket godt förvaradt intill mång år; gör dig goda dagar, ät, drick, var glad.
20 तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
Men Gud sade till honom: Du dåre, i denna natt skall man kalla dina själ ifrå dig; ho skall då få det du tillredt hafver?
21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।”
Alltså går det ock honom, som sig församlar ägodelar, och icke är rik för Gudi.
22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर ।
Och han sade till sina Lärjungar: Derföre säger jag eder: Hafver icke omsorg för edart lif, hvad I äta skolen; eller för edar kropp, hvad I skolen kläda eder med.
23 जीवन खानेकुरा भन्दा र शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम छ ।
Lifvet är mer än maten, och kroppen mer än kläden.
24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्वरले उनीहरूलाई खुवाउनुहुन्छ । तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ ।
Ser på korparna; ty de så intet, ej heller uppskära; de hafva hvarken källare eller lado, och Gud föder dem; huru mycket ären I bättre än foglarna?
25 र के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्न सक्छौ र?
Hvilken af eder kan med sin omsorg föröka till sin växt en aln?
26 तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ?
Kunnen I nu icke det som minst är, hvarföre hafven I då omsorg för det andra?
27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन्? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।
Ser på liljorna, huru de växa; de arbeta intet, och ej heller spinna; men jag säger eder: Icke Salomon i all sin härlighet var så klädd, som en af dem.
28 यदि परमेश्वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्वासी हो, त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।
Efter nu Gud så kläder gräset, som i dag växer på markene, och i morgon kastas i ugnen; huru mycket mer skall han kläda eder, I klentrogne?
29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर ।
Derföre fråger ock I intet efter, hvad I skolen äta, eller dricka; och farer icke i höjdena;
30 संसार भरका सबै राष्ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्यकताहरू जान्नुहुन्छ ।
Ty efter allt detta söka Hedningarna i verldene; men edar Fader vet väl, att I sådant behöfven;
31 तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
Utan söker heldre efter Guds rike, så faller eder allt detta till.
32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
Frukta dig icke, du klene hjord; ty edar Faders godvilje är så, att han vill gifva eder riket.
33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्याउँदैन, न त खिया नै लाग्दछ ।
Säljer hvad I hafven, och gifver almoso; görer eder säcker, som icke föråldras; en skatt, som aldrig minskas i himmelen, der tjufven aldrig tillkommer, ej heller någor mal förderfvar.
34 जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
Ty der edar skatt är, der blifver ock edart hjerta.
35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।
Låter edra länder vara omgjordade, och edor ljus brinnande;
36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् ।
Och varer I de menniskor like, som vänta sin herra, då han igenkomma skall ifrå bröllopet; att, när han kommer, och klappar, låta de honom straxt upp.
37 धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।
Salige äro de tjenare, hvilka herren finner vakande, då han kommer; sannerliga säger jag eder: Han skall uppskörta sig, och låta dem sitta till bords, och han skall då gå och tjena dem.
38 यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन् ।
Och om han kommer uti den andra väkten, och uti den tredje väkten, och finner så; salige äro de tjenare.
39 तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो ।
Men detta skolen I veta, att, om husbonden visste på hvad stund tjufven komma skulle, förvisso vakade han, och icke tillstadde uppbryta sitt hus.
40 जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्ने कुरा थाहा छैन ।”
Derföre varer ock I redo; ty den stund, I icke tänken, skall menniskones Son komma.
41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्टान्त हामीलाई मात्रै भन्नुभएको हो, कि सबैलाई?”
Då sade Petrus till honom: Herre, säger du till oss denna liknelsen, eller ock till alla?
42 प्रभुले भन्नुभयो, “विश्वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।
Då sade Herren: Hvar finner man en trogen och snäll skaffare, den hans herre sätter öfver sitt tjenstafolk, att han dem i rättan tid gifver hvad dem behörer?
43 धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।
Salig är den tjenaren, den herren finner så göra, då han kommer.
44 म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।
Sannerliga säger jag eder, han skall sätta honom öfver allt det han äger.
45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ ।
Men om den tjenaren sade i sitt hjerta: Min herre dröjer fast att komma igen; och begynte slå tjenarena och tjenarinnorna, och äta och dricka, och varda drucken;
46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्ति हुनेछ ।
Så kommer dens tjenarens herre, på den dagen han det sig icke förmodar, och på den stundene den han icke vet; och skall hugga honom i stycker, och skall sätta hans lott med de otrogna.
47 त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्का हानिनेछ ।
Men den tjenaren, som visste sins herras vilja, och icke beredde sig, och icke gjorde efter hans vilja, han skall lida mycken hugg;
48 तर जसले थाहै नभईकन मुक्का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।
Men den der icke visste, och gjorde dock det som hugg värdt var, han skall få hugg lida; ty dem som mycket gifvet är, af honom skall mycket varda utkrafdt; och hvem mycket befaldt är, af honom skall varda mycket äskadt.
49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्छु त्यो भइसकेको छ ।
Jag är kommen till att upptända en eld på jordene; och hvad vill jag heldre än att han allaredo brunne?
50 तर मैले एउटा बप्तिस्मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्ट भोग्नुपर्छ ।
Men jag måste med en döpelse döpas; och huru ängslas jag, tilldess hon fullbordad varder?
51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ? होइन, म तिमीहरूलाई भन्दछु, कि म बरु विभाजन ल्याउन आएँ ।
Menen I, att jag är kommen till att sända frid på jordena? Nej, säger jag eder; utan visserliga tvedrägt.
52 अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् ।
Ty härefter skola fem vara skiljaktige uti ett hus; tre emot två, och två emot tre.
53 त्यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।
Fadren skall vara emot sonen, och sonen emot fadren; modren emot dottrena, och dottren emot modrena; sväran emot sina sonahustru, och sonahustrun emot sina sväro.
54 येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्तै भन्दछौ, ‘वृष्टि हुनेछ र त्यस्तै हुनेछ ।’
Sade han ock till folket: När I fån se en sky uppgå vesterut, straxt sägen I: Regn kommer; och det sker så.
55 जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्दछौ, ‘त्यो एकदमै प्रचण्ड तातो हुनेछ र त्यस्तै हुनेछ ।’
Och när I sen sunnanväder blåsa, sägen I: Det blifver varmt; och det sker så.
56 पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्न सक्दैनौँ?
I skrymtare, himmelens och jordenes skepelse kunnen I bepröfva; hvi pröfven I icke då denna tiden?
57 तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ?
Hvi dömen I icke ock utaf eder sjelfva, hvad rätt är.
58 तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्यायमा नडोर्याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ ।
När du nu går med din trätobroder till öfverstan, så vinnlägg dig i vägen, att du blifver honom fri; att han tilläfventyrs icke drager dig fram för domaren, och domaren antvardar dig stockmästaren, och stockmästaren kastar dig i fängelset.
59 म तिमीलाई भन्दछु, “तिमी कहिल्यै पनि त्यहाँबाट मुक्त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्ता गर्दैनौँ ।”
Jag säger dig: Du varder icke utkommandes, tilldess du betalat hafver den yttersta skärfven.