< लुका 11 >

1 उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए ।”
Ilitokea wakati Yesu alipokuwa anaomba mahali fulani, mmoja wa mwanafunzi wake alimwambia, “Bwana, tufundishe sisi kuomba kama Yohana alivyo wafundisha wanafunzi wake'.
2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
Yesu akawaambia, Msalipo, semeni, 'Baba, Jina lako litakazwe. Ufalme wako uje.
3 हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् ।
Utupe mkate wetu wa kila siku.
4 हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’
Utusamehe makosa yetu, kama nasi tunavyowasamehe wote waliotukosea. Usituongoze katika majaribu.”
5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्‍नेछ ‘हे मित्र, मलाई तिनवटा रोटी सापट दिनुहोस् ।
Yesu akawaambia, “Ni nani kwenu atakuwa na rafiki, ambaye atamuendea usiku, na kumwambia, Rafiki niazime mikate mitatu.
6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’
Kwa sababu rafiki yangu amenijia sasa hivi kutoka safarini, nami sina cha kumuandalia.'
7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’
Na yule aliyeko ndani akamjibu, usinitaabishe, Mlango umekwisha kufungwa, na watoto wangu, pamoja nami tumekwisha kulala kitandani. Siwezi kuamka na kukupa wewe mikate.
8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।
Nawaambia, japo kuwa haamki na kukupatia mikate kama rafiki yake, kwa sababu ya kuendelea kumgongea bila aibu, ataamka na kukupatia vipande vingi vya mikate kulingana na mahitaji yako.
9 म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ ।
Nami pia nawaambieni, Ombeni, nanyi mtapewa; tafuteni, nanyi mtapata, pigeni hodi nanyi mtafunguliwa.
10 माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ ।
Kwa kuwa kila mtu aombaye atapokea, na kila mtu atafutaye atapata, na kila mtu apigaye hodi, mlango utafunguliwa kwake.
11 तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र?
Ni baba yupi miongoni mwenu, mwanaye akimuomba samaki atampa nyoka badala yake?
12 अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र?
Au akimuomba yai atampa nge badala yake?
13 त्यसैकारण, तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र?”
Kwa hiyo, ikiwa ninyi mlio waovu mnajuwa kuwapa watoto wenu zawadi nzuri, je si zaidi sana Baba yenu wa mbinguni kwamba atawapa Roho Mtakatifu hao wamuombao?”
14 त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो ।
Baadaye, Yesu akawa anakemea pepo, na mtu mwenye pepo alikuwa bubu. Ikawa pepo lilipomtoka, mtu huyo aliweza kuongea. Umati wakastaajabu sana.
15 त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।”
Lakii watu wengine wakasema, huyu anaondo mapepo kwa Beelzebul, mkuu wa mapepo
16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।
Wengine walimjaribu na kumtaka awaonyeshe ishara kutoka mbinguni.
17 तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो र भन्‍नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा हुनेछ ।
Lakini Yesu aliyatambua mawazo yao na kuwaambia, “Kila ufalme utakaogawanyika itakuwa ukiwa, na nyumba iliyo gawanyika itaanguka.
18 यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु ।
Kama Shetani atakuwa amegawanyika, ufalme wake utasimamaje? Kwa sababu mwasema natoa mapepo kwa Belzebuli
19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।
Kama mimi natoa mapepo kwa Belzebuli, je wenzenu wanatoa mapepo kwa njia gani? Kwa sababu hii, wao watawahukumu ninyi.
20 तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
Lakini, kama natoa mapepo kwa kidole cha Mungu, basi uflame wa Mungu umewajia.
21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् ।
Mtu mwenye nguvu aliye na silaha akilinda nyumba yake, vitu vyake vitakaa salama.
22 तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् ।
Lakini akivamiwa na mtu mwenye nguvu zaidi, Yule mtu mwenye nguvu atamnyang'anya silaha zake, na kuzichukua mali zake zote.
23 मसगँ नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ ।
Yeye asiye pamoja nami yuko kinyume nami, na yeye asiyekusanya pamoja nami hutapanya.
24 जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।
Pepo mchafu amtokapo mtu, huenda na kutafuta mahali pasipo na maji ili ajipumzishe. Atakapokuwa amekosa, husema, 'nitarudi nilipotoka.
25 फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।
Akirudi na kukuta nyumba imefagiliwa na imekaa vizuri.
26 त्यसपछि, ऊ जानेछ र अन्य सातवटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्‍नेछ र त्यो मानिसको अवस्था अझ खराब हुनेछ ।
Hivyo huenda na kutafuta mapepo saba walio waovu kuliko yeye mwenyewe na kuwaleta waje wakae mahali pale. Na hali ya mtu huyo huwa mbaya kuliko ilivyokuwa mara ya kwanza.”
27 उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्‍त्रीले भिडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।”
Ilitokea kwamba alipokuwa akisema maneno hayo, mwanamke fulani alipasa sauti yake zaidi ya wote kwanye mkutano wa watu na kusema “Limebarikiwa tumbo lililo kuzaa na matiti uliyoyanyonya”
28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
Lakini yeye akasema, wamebarikiwa wale wasikio neno la Mungu na kulitunza.
29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्‍नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।
Wakati umati wa watu wanakusanyika na kuongezeka, Yesu akaanza kusema “Kizazi hiki ni kizazi cha uovu. Hutafuta ishara, na hakuna ishara watayopewa zaidi ya ile ishara ya Yona.
30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।
Maana kama Yona alivyokuwa ishara kwa watu wa Ninawi, ndivyo na Mwana wa Adamu atakavyokuwa ishara kwa kizazi hiki
31 दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् र हेर, सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ ।
Malkia wa Kusini atasimama siku ya hukumu na watu wa kizazi hiki na kuwahukumu wao, kwani yeye alitoka katika mwisho wa nchi ili aje asikilize hekima za Solomoni, na hapa yuko aliye mkuu kuliko Solomoni.
32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ ।
Watu wa Ninawi watasimama katika hukumu pamoja na watu wa kizazi hiki siku ya hukumu watakihukumu, kwani wao walitubu kwa mahubiri ya Yona, na tazama, hapa yuko aliye mkuu kuliko Yona.
33 कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस् ।
Hakuna Mtu yeyote, awashaye taa na kuiweka sehemu ya chini yenye giza isiyoonekana au chini ya kikapu, ila huwasha na kuweka juu ya kitu ili kila mtu aingiaye aweze kuona mwanga.
34 तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ ।
Jicho lako ni taa ya mwili. Jicho lako likiwa zuri basi mwili wako wote utakuwa kwenye mwanga. Lakini jicho lako likiwa baya basi mwili wako wote utakuwa kwenye giza.
35 त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
Kwa hiyo, mjihadhari ili mwanga ulio ndani yenu usitiwe giza.
36 यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस् ।
Hivyo basi, kama mwili wako wote uko kwenye mwanga, na hakuna sehemu iliyo katika giza, basi mwili wako utakuwa sawa na taa iwakayo na kutoa mwanga kwenu.”
37 उहाँले बोलिसक्‍नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्‍नुभयो ।
Alipomaliza kuongea, Farisayo alimwalika akale chakula nyumbani kwake, naye Yesu akaingia ndani na kuwa pamoja nao.
38 खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे ।
Na Mafarisayo wakashangaa kwa jinsi ambavyo hakunawa kwanza kabla ya chakula cha jioni.
39 तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।
Lakini Bwana akawaambia, “Ninyi Mafarisayo mnaosha nje ya vikombe na bakuli, lakini ndani yenu mmejaa tamaa na uovu.
40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र?
Ninyi watu msio na ufahamu, Je yeye aliyeumba nje hakuumba na ndani pia?
41 तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।
Wapeni masikini yaliyo ndani, na mambo yote yatakuwa safi kwenu.
42 धिक्‍कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर परमेश्‍वरको प्रेम र धार्मिकतालाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्‍वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ ।
Lakini ole wenu Mafarisayo, kwani mnatoa zaka ya mnanaa na mchicha na kila aina ya mboga ya bustani. Lakini mmeacha mambo ya haki na kumpenda Mungu. Ni muhimu zaidi kufanya yaliyo ya haki na kumpenda Mungu, bila kuacha kufanya na hayo mengine pia.
43 धिक्‍कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर र इज्‍जत गर्दछौ ।
Ole wenu Mafarisayo, kwa kuwa mnapenda kukaa katika viti vya mbele kwenye masinagogi na kuamkiwa kwa salamu za heshima sokoni.
44 तिमीहरूलाई धिक्‍कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहानजस्तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।”
Ole wenu, kwani mnafanana na makaburi yasiyo na alama ambayo watu hutembea juu yake pasipokujua.”
45 अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।”
Mwalimu mmoja wa sheria za Kiyahudi akamjibu na kumwambia, “Mwalimu, unachokisema kinatuudhi pia sisi.”
46 येशूले भन्‍नुभयो, “तिमीहरूलाई धिक्‍कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ ।
Yesu akasema, “Ole wenu, waalimu wa sheria! kwani mnawapa watu mizigo mikubwa wasiyoweza kuibeba, walakini ninyi hamgusi mizigo hiyo hata kwa moja ya vidole vyenu.
47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।
Ole wenu, kwa sababu mnajenga na kuweka kumbukumbu kwenye makaburi ya manabii' ambao waliuwawa na mababu zenu.
48 त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ ।
Hivyo ninyi mwashuhudia na kukubaliana na kazi walizozifanya mababu zenu, kwa sababu hakika waliwauwa manabii ambao mnajenga kumbukumbu katika makaburi yao.
49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
Kwa sababu hiyo pia, hekima ya Mungu inasema, 'Nitawatumia manabii na mitume nao watawatesa na kuwaua baadhi yao.
50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।
Kizazi hiki kitawajibika kwa damu ya manabii waliouawa tangu kuanza kwa dunia,
51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
Kutoka damu ya Abeli hadi damu ya Zakaria, aliyeuawa katikati ya madhabahu na patakatifu. Ndiyo, nawaambia ninyi, kizazi hiki kitawajibika.
52 यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ ।
Ole wenu waalimu wa sheria za Kiyahudi, kwa sababu mmechukua funguo za ufahamu; nyie wenyewe hamuingii, na wale wanaotaka kuingia mnawazuia.”
53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।
Baada ya Yesu kuondoka pale, Waandishi na Mafarisayo walimpinga na kubishana naye juu ya mambo mengi.
54 तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे ।
wakijaribu kumnsana kwa maneno yake.

< लुका 11 >