< लुका 1 >
1 धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्ने प्रयास गरेका छन् ।
Будући да многи почеше описивати догађаје који се испунише међу нама,
2 तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् ।
Као што нам предаше који испрва сами видеше и слуге речи бише:
3 सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्न असल लाग्यो ।
Намислих и ја, испитавши све од почетка, по реду писати теби, честити Теофиле,
4 त्यसैले, तपाईंलाई सिकाइएको सत्यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् ।
Да познаш темељ оних речи којима си се научио.
5 यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।
У време Ирода цара јудејског беше неки свештеник од реда Авијиног, по имену Зарија, и жена његова од племена Ароновог, по имену Јелисавета.
6 परमेश्वरको दृष्टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।
А беху обоје праведни пред Богом, и живљаху у свему по заповестима и уредбама Господњим без мане.
7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
И не имаху деце; јер Јелисавета беше нероткиња, и беху обоје већ стари.
8 एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्वरको उपस्थितिमा थिए ।
И догоди се, кад он служаше по свом реду пред Богом,
9 त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्यो ।
Да по обичају свештенства дође на њега да изиђе у цркву Господњу да кади.
10 जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो ।
И све мноштво народа беше напољу и мољаше се Богу у време кађења.
11 ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
А њему се показа анђео Господњи који стајаше с десне стране олтара кадионог.
12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।
И кад га виде Зарија уплаши се и страх нападе на њ.
13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्ना राख्नेछौ ।
А анђео рече му: Не бој се, Зарија; јер је услишена твоја молитва: и жена твоја Јелисавета родиће ти сина, и надени му име Јован.
14 तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
И биће теби радост и весеље, и многи ће се обрадовати његовом рођењу.
15 परमप्रभुको दृष्टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।
Јер ће бити велики пред Богом, и неће пити вино ни сикер; и напуниће се Духа Светог још у утроби матере своје;
16 अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतर्फ फर्काउनेछन् ।
И многе ће синове Израиљеве обратити ка Господу Богу њиховом;
17 उनी एलियाको आत्माको शक्तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”
И он ће напред доћи пред Њим у духу и сили Илијиној да обрати срца отаца к деци и невернике к мудрости праведника, и да приправи Господу народ готов.
18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्नी पनि बुढी भइसकिन् ।”
И рече Зарија анђелу: По чему ћу ја то познати? Јер сам стар и жена је моја временита.
19 तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्वरको उपस्थितिमा उभिन्छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”
И одговарајући анђео рече му: Ја сам Гаврило што стојим пред Богом, и послан сам да говорим с тобом и да ти јавим ову радост.
20 हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”
И ево, онемећеш и нећеш моћи говорити до оног дана док се то не збуде; јер ниси веровао мојим речима које ће се збити у своје време.
21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।
И народ чекаше Зарију, и чуђаху се што се забави у цркви.
22 तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।
А изишавши не могаше да им говори; и разумеше да му се нешто утворило у цркви; и он намигиваше им; и оста нем.
23 जब तिनको सेवाको समय समाप्त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
И кад се навршише дани његове службе отиде кући својој.
24 ती दिनहरूपछि, तिनकी पत्नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् ।
А после ових дана, затрудне Јелисавета жена његова, и кријаше се пет месеци говорећи:
25 “परमप्रभु परमेश्वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।
Тако ми учини Господ у дане ове у које погледа на ме да ме избави од укора међу људима.
26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
А у шести месец посла Бог анђела Гаврила у град галилејски по имену Назарет
27 परमेश्वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो ।
К девојци испрошеној за мужа, по имену Јосифа из дома Давидовог; и девојци беше име Марија.
28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन! तिमीले परमेश्वरबाट धेरै निगाह पाएकी छ्यौ ।”
И ушавши к њој анђео рече: Радуј се, благодатна! Господ је с тобом, благословена си ти међу женама.
29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।
А она, видевши га, поплаши се од речи његове и помисли: Какав би ово био поздрав?
30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्वरबाट निगाह प्राप्त गरेकी छ्यौ ।
И рече јој анђео: Не бој се, Марија! Јер си нашла милост у Бога.
31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ ।
И ево затруднећеш, и родићеш Сина, и надени Му име Исус.
32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।
Он ће бити велики, и назваће се Син Највишега, и даће Му Господ Бог престо Давида оца Његовог;
33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्च परमेश्वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । (aiōn )
И цароваће у дому Јаковљевом вавек, и царству Његовом неће бити краја. (aiōn )
34 तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन?”
А Марија рече анђелу: Како ће то бити кад ја не знам за мужа?
35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चका परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्वरका पुत्र भनेर बोलाइनेछ ।
И одговарајући анђео рече јој: Дух Свети доћи ће на тебе, и сила Највишег осениће те; зато и оно што ће се родити биће свето, и назваће се Син Божји.
36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
И ево Јелисавета, твоја тетка, и она затрудне сином у старости својој, и ово је шести месец њој, коју зову нероткињом.
37 परमेश्वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
Јер у Бога све је могуће што каже.
38 मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
А Марија рече: Ево слушкиње Господње; нека ми буде по речи твојој. И анђео отиде од ње.
39 त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।
А Марија уставши оних дана, отиде брзо у горњу земљу, у град Јудин.
40 जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
И уђе у кућу Заријину, и поздрави се с Јелисаветом.
41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
И кад Јелисавета чу честитање Маријино, заигра дете у утроби њеној, и Јелисавета се напуни Духа Светог,
42 तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”
И повика здраво и рече: Благословена си ти међу женама, и благословен је плод утробе твоје.
43 तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो?
И откуд мени ово да дође мати Господа мог к мени?
44 तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
Јер гле, кад дође глас честитања твог у уши моје, заигра дете радосно у утроби мојој.
45 अनी जसले विश्वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”
И благо оној која верова, јер ће се извршити шта јој каза Господ.
46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
И рече Марија: Велича душа моја Господа;
47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
И обрадова се дух мој Богу Спасу мом,
48 किनकि उहाँले आफ्नी दासी स्त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्नेछन् ।
Што погледа на понижење слушкиње своје; јер гле, одсад ће ме звати блаженом сви нараштаји;
49 किनकि सर्वशक्तिमान्ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
Што ми учини величину силни, и свето име Његово;
50 जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्छ ।
И милост је Његова од кољена на кољено онима који Га се боје.
51 उहाँका बाहुलीले शक्तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
Показа силу руком својом; разасу поносите у мислима срца њихових.
52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।
Збаци силне с престола, и подиже понижене.
53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।
Гладне напуни блага, и богате отпусти празне.
54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।
Прими Израиља, слугу свог, да се опомене милости.
55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” (aiōn )
Као што говори оцима нашим, Аврааму и семену његовом довека. (aiōn )
56 मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।
Марија пак седи с њом око три месеца, и врати се кући својој.
57 अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् ।
А Јелисавети дође време да роди, и роди сина.
58 जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए ।
И чуше њени суседи и родбина да је Господ показао велику милост своју на њој, и радоваху се с њом.
59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे ।
И у осми дан дођоше да обрежу дете, и хтеше да му надену име оца његовог, Зарија.
60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्ना भनेर बोलाइनेछ ।”
И одговарајући мати његова рече: Не, него да буде Јован.
61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।”
И рекоше јој: Никога нема у родбини твојој да му је такво име.
62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्न चाहेका छन् भनेर तिनलाई सोधे ।
И намигиваху оцу његовом како би он хтео да му надену име.
63 उनले लेख्नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
И заискавши дашчицу, написа говорећи: Јован му је име. И зачудише се сви.
64 तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्वरको प्रशंसा गरे ।
И одмах му се отворише уста и језик његов и говораше хвалећи Бога.
65 तिनीहरूका वरिपरि बस्नेहरूको बिचमा भय उत्पन्न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।
И уђе страх у све суседе њихове; и по свој горњој Јудеји разгласи се сав овај догађај.
66 त्यसपछि यी कुरा सुन्ने सबैले आफ्नो हृदयमा राख्दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
И сви који чуше метнуше у срце своје говорећи: Шта ће бити из овог детета? И рука Господња беше са њим.
67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
И Зарија отац његов напуни се Духа Светог, и пророкова говорећи:
68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।
Благословен Господ Бог Јаковљев што походи и избави народ свој,
69 उहाँले हाम्रा निम्ति मुक्तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्तिशाली रूपमा खडा गर्नुभएको छ ।
И подиже нам рог спасења у дому Давида слуге свог,
70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । (aiōn )
Као што говори устима светих пророка својих од века (aiōn )
71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ ।
Да ће нас избавити од наших непријатеља и из руку свих који мрзе на нас;
72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
Учинити милост оцима нашим, и опоменути се светог завета свог,
73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।
Клетве којом се клео Аврааму оцу нашем да ће нам дати
74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर
Да се избавимо из руку непријатеља својих, и да му служимо без страха,
75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।
И у светости и у правди пред Њим док смо год живи.
76 हो, बालक तिमी, सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।
И ти, дете, назваћеш се пророк Највишега; јер ћеш ићи напред пред лицем Господњим да Му приправиш пут;
77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्तिको ज्ञान दिनुभएको छ ।
Да даш разум спасења народу његовом за опроштење греха њихових,
78 हाम्रा परमेश्वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।
По дубокој милости Бога нашег, по којој нас је походио исток с висине;
79 मृत्युको अन्धकारको छायाँमा बस्ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्याउनुहुन्छ ।”
Да обасјаш оне који седе у тами и у сену смртном; да упутиш ноге наше на пут мира.
80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
А дете растијаше и јачаше духом, и беше у пустињи дотле док се не показа Израиљу.