< लेवीहरू 9 >

1 आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
On the eighth day Moses called Aaron and his sons and the elders of Israel.
2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
He said to Aaron, “Take a calf from the herd for a sin offering, and a ram without blemish for a burnt offering, and offer them before Yahweh.
3 इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,
You must speak to the people of Israel and say, 'Take a male goat for a sin offering and a calf and a lamb, both a year old and without blemish, for a burnt offering;
4 र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
also take an ox and a ram for peace offerings to sacrifice before Yahweh, and a grain offering mixed with oil, because today Yahweh will appear to you.'”
5 यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
So they brought all that Moses commanded to the tent of meeting, and all the assembly of Israel approached and stood before Yahweh.
6 अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
Then Moses said, “This is what Yahweh commanded you to do, so that his glory may appear to you.”
7 मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
Moses said to Aaron, “Come near the altar and offer your sin offering and burnt offering, and make atonement for yourself and for the people, and offer the sacrifice for the people to make atonement for them, as Yahweh has commanded.”
8 यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
So Aaron went near the altar and killed the calf for the sin offering, which was for himself.
9 हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
The sons of Aaron presented the blood to him, and he dipped his finger into it and put it on the horns of the altar; then he poured out the blood at the base of the altar.
10 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
However, he burned the fat, the kidneys, and the covering of the liver on the altar as a sin offering, as Yahweh had commanded Moses.
11 मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
The meat and the hide he burned outside the camp.
12 हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
Aaron killed the burnt offering, and his sons gave him the blood, which he splashed against every side of the altar.
13 तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
Then they gave him the burnt offering, piece by piece, together with the head, and he burned them on the altar.
14 तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
He washed the inner parts and the legs and burned them on top of the burnt offering on the altar.
15 हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
Aaron presented the people's sacrifice—a goat, then took it as the sacrifice for their sin and killed it; he sacrificed it for sin, as he had done with the first goat.
16 परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
He presented the burnt offering and offered it as Yahweh had commanded.
17 तिनले अन्‍नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
He presented the grain offering; he filled his hand with it and burned it on the altar, along with the morning's burnt offering.
18 तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।
He killed also the ox and the ram, the sacrifice for the peace offering, which was for the people. Aaron's sons gave him the blood, which he sprinkled against every side of the altar.
19 तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।
However, they cut out the fat of the bull and the ram, the fat tail, the fat that covers the inner parts, the kidneys, and the covering of the liver.
20 आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
They took the parts that were cut out and put these on the breasts, and then Aaron burned the fat on the altar.
21 मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
Aaron waved the breasts and the right thigh as a wave offering before Yahweh, as Moses had commanded.
22 त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
Then Aaron lifted up his hands toward the people and blessed them; then he came down from offering the sin offering, the burnt offering, and the peace offering.
23 मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
Moses and Aaron went into the tent of meeting, then came out again and blessed the people, and the glory of Yahweh appeared to all the people.
24 परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च सोरमा कराए र आफ्नो शिर निहुराए ।
Fire came out from Yahweh and consumed the burnt offering and the fat on the altar. When all the people saw this, they shouted and lay facedown.

< लेवीहरू 9 >