< लेवीहरू 4 >
1 परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,
RAB Musa'ya şöyle dedi:
2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।
“İsrail halkına söyle: ‘Biri buyruklarımdan birinde yasakladığım bir şeyi yapar, bilmeden günah işlerse;
3 यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्खोट साँढे ल्याओस् ।
meshedilmiş kâhin günah işleyerek halkını da suçlu kılarsa, işlediği günahtan ötürü RAB'be günah sunusu olarak kusursuz bir boğa sunmalı.
4 त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।
Boğayı Buluşma Çadırı'nın giriş bölümüne, RAB'bin önüne getirip elini onun başına koymalı ve RAB'bin huzurunda onu kesmeli.
5 अभिषिक्त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस् ।
Meshedilmiş kâhin boğa kanının birazını Buluşma Çadırı'na götürecek.
6 त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
Parmağını kana batırıp En Kutsal Yer'in perdesi önünde, RAB'bin huzurunda yedi kez serpecek.
7 त्यसपछि पुजारीले परमप्रभुको अगि सुगन्धित धूपको वेदीमा भएका सिङहरूमा केही रगत लगाओस्, र त्यसले साँढेको बाँकी रगत भेट हुने पालको प्रवेशद्वारमा भएको वेदीको मुनि होमबलिको निम्ति खन्याओस् ।
Sonra çadırda, RAB'bin huzurunda, buhur sunağının boynuzlarına sürecek. Boğanın artakalan kanını çadırın giriş bölümündeki yakmalık sunu sunağının dibine dökecek.
8 पापबलिको साँढेको जम्मै बोसो, र भित्री भागहरूलाई ढाक्ने र तीसँगै जोडिएको बोसो त्यसले झिकोस्,
Günah sunusu olarak adanan boğanın bütün yağını alacak. Bağırsak ve işkembe yağlarını,
9 दुईवटा मृगौला र त्यसमा भएको बोसो, कम्मरमा भएको बोसो, र कलेजोको भागलाई त्यसले झिकोस् ।
böbrekleri, böbrek üstü yağlarını, karaciğerden böbreklere uzanan perdeyi,
10 मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।
esenlik kurbanı olarak sunulan sığırda olduğu gibi ayıracak. Bunları yakmalık sunu sunağı üzerinde yakacak.
11 साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्टाहरू, भित्री भागहरू र त्यसको गोबर,
Boğanın artakalan parçalarını; derisini, etinin tümünü, başını, ayaklarını, işkembesini, bağırsaklarını, gübresini ordugahın dışında küllerin döküldüğü temiz bir yere götürecek; küllerin üzerinde odun ateşiyle yakacak.
12 र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।
13 यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
“‘Eğer bütün İsrail topluluğu bilmeden günah işler, RAB'bin buyruklarından birinde yasaklanmış olanı yaparsa durum gözden kaçsa bile suçlu sayılır.
14 तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।
İşlediği günah açığa çıkınca, topluluk günah sunusu olarak bir boğa sunmalı, onu Buluşma Çadırı'nın önüne getirmeli.
15 त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।
RAB'bin huzurunda topluluğun ileri gelenleri ellerini boğanın başına koyacak ve boğa RAB'bin huzurunda kesilecek.
16 अभिषिक्त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
Meshedilmiş kâhin boğanın kanını Buluşma Çadırı'na götürecek.
17 र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
Parmağını kana batırıp RAB'bin huzurunda, perdenin önünde yedi kez serpecek.
18 परमप्रभुको सामु रहेको भेट हुने पालको वेदीमा त्यसले केही रगत खन्याओस्, र सबै रगत त्यसले भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमुनि होमबलिको निम्ति खन्याओस् ।
Sonra çadırda RAB'bin huzurunda bulunan sunağın boynuzlarına sürecek. Boğanın artakalan kanını çadırın giriş bölümündeki yakmalık sunu sunağının dibine dökecek.
19 त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।
Boğanın bütün yağını alıp sunağın üzerinde yakacak.
20 त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
Günah sunusu olarak sunulan boğaya yaptığının aynısını yapacak. Böylece kâhin halkın günahlarını bağışlatacak ve halk bağışlanacak.
21 त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।
İlk boğayı yaktığı gibi bunu da ordugahın dışına çıkarıp yakacak. Topluluğun günah sunusudur bu.
22 शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,
“‘Önderlerden biri günah işler, bilmeden Tanrısı RAB'bin buyruklarından birinde yasak olanı yaparsa, suçlu sayılır.
23 त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्खोट बोको ल्याओस् ।
İşlediği günah kendisine açıklanırsa, sunu olarak kusursuz bir teke getirmeli.
24 त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
Elini tekenin başına koymalı ve yakmalık sunuların kesildiği yerde RAB'bin huzurunda onu kesmeli. Bu bir günah sunusudur.
25 पुजारीले आफ्नो औँलाले पापबलिको रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र होमबलिको वेदीको फेदमा त्यसले त्यसको रगत खन्याओस् ।
Kâhin günah sunusunun kanına parmağını batırıp yakmalık sunu sunağının boynuzlarına sürecek. Artakalan kanı yakmalık sunu sunağının dibine dökecek.
26 मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।
Tekenin bütün yağını esenlik kurbanının yağı gibi sunak üzerinde yakacak. Kâhin kişinin günahını bağışlatacak ve kişi bağışlanacak.
27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
“‘Eğer halktan biri RAB'bin buyruklarından birinde yasak olanı yapar, bilmeden günah işlerse, suçlu sayılır.
28 र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्खोट बाख्री बलिको लागि ल्याओस् ।
İşlediği günah kendisine açıklanırsa, günahından ötürü sunu olarak kusursuz bir dişi keçi getirmeli.
29 त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।
Elini günah sunusunun başına koymalı ve yakmalık sunuların kesildiği yerde onu kesmeli.
30 पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
Kâhin sununun kanına parmağını batırıp yakmalık sunu sunağının boynuzlarına sürecek. Artakalan kanı sunağın dibine dökecek.
31 मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।
Kişi keçinin bütün yağını, esenlik kurbanında olduğu gibi ayıracak. Kâhin RAB'bi hoşnut eden koku olarak onu sunakta yakacak, kişinin günahını bağışlatacak ve kişi bağışlanacak.
32 यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्चा ल्याउँछ भने, त्यसले एउटा निष्खोट पाठी ल्याओस् ।
“‘Eğer biri günah sunusu olarak bir kuzu getirirse, kuzu dişi ve kusursuz olmalı.
33 त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।
Elini günah sunusunun başına koyacak ve yakmalık sunuların kesildiği yerde onu günah sunusu olarak kesecek.
34 पुजारीले पापबलिको केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र त्यसको जम्मै रगत त्यसले वेदीको फेदमा खन्याओस् ।
Kâhin sununun kanına parmağını batırıp yakmalık sunu sunağının boynuzlarına sürecek. Artakalan kanı sunağın dibine dökecek.
35 मेलबलिको निम्ति चढाइएको भेडाको बच्चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
Esenlik kurbanı kuzusunda olduğu gibi kişi sununun bütün yağını ayırmalı. Kâhin RAB için yakılan sunuların üzerinde hepsini sunakta yakacak. Kâhin kişinin günahını bağışlatacak ve kişi bağışlanacak.