< लेवीहरू 27 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
And Jehovah spoke to Moses, saying,
2 “इस्राएलका मानिसहरूलाई भन्, ‘यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने, त्यसको मूल्य यसरी निर्धारण गर्नू ।
Speak unto the children of Israel and say unto them, When any one devoteth [anything] by a vow, the persons shall be for Jehovah according to thy valuation.
3 बिसदेखि साठी वर्षसम्मको पुरुषको लागि पवित्रस्थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल मूल्य तोकिदिनू ।
And thy valuation shall be of the male from twenty years old even unto sixty years old: thy valuation shall be fifty shekels of silver, after the shekel of the sanctuary;
4 सोही उमेरको स्त्रीको निम्ति भने मूल्य तिस शेकेल होस् ।
and if it be of a female, thy valuation shall be thirty shekels.
5 पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल र स्त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
And if it be from five years old even unto twenty years old, thy valuation of the male shall be twenty shekels, and for the female ten shekels.
6 एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल र स्त्रीको लागि तिन शेकेल निर्धारण गर्नू ।
And if it be from a month old even unto five years old, thy valuation of the male shall be five shekels of silver; and for the female thy valuation shall be three shekels of silver.
7 साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल र स्त्रीको लागि दस शेकेल निर्धारण गर्नू ।
And if it be from sixty years old and above, if it be a male, thy valuation shall be fifteen shekels; and for the female ten shekels.
8 तर प्रतिज्ञा गर्ने मानिसले तोकिएको मूल्य तिर्न सकेन भने, त्यो मानिस पुजारीकहाँ प्रकट गरियोस्, र पुजारीले भाकल गर्ने मानिसको क्षमताअनुसार मूल्य निर्धारण गरिदिने छ ।
And if he be poorer than thy valuation, he shall present himself before the priest, and the priest shall value him: according to his means that vowed shall the priest value him.
9 यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।
And if it be a beast whereof men bring an offering unto Jehovah, all that they give of such unto Jehovah shall be holy.
10 त्यो मानिसले त्यस पशुलाई नसाटोस्, असललाई खराबको निम्ति र खराबलाई असलको निम्ति । यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो र जसको निम्ति त्यो साटिएको थियो, दुवै नै पवित्र हुने छन् ।
They shall not alter it nor change it, a good for a bad, or a bad for a good; and if he at all change beast for beast, then it and the exchange thereof shall be holy.
11 तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।
And if it be any unclean beast, of which they do not bring an offering unto Jehovah, then he shall present the beast before the priest;
12 पुजारीले बजार-मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ, त्यो नै त्यसको मूल्य हुने छ ।
and the priest shall value it, [judging] between good and bad: according to the valuation of the priest, so shall it be.
13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्यो भने, त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् ।
And if they will in any wise redeem it, then they shall add a fifth [part] thereof unto thy valuation.
14 जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।
And when any one halloweth his house, that it may be holy to Jehovah, the priest shall value it, [judging] between good and bad: as the priest shall value it, so shall it stand.
15 तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् र त्यो त्यसकै हुने छ ।
And if he that halloweth it will redeem his house, he shall add the fifth of the money of thy valuation unto it, and it shall be his.
16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।
And if a man hallow to Jehovah [part] of a field of his possession, thy valuation shall be according to what may be sown in it: the homer of barley seed at fifty shekels of silver.
17 यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने, त्यसको मूल्य तोकिएबमोजिम हुने छ ।
If he hallow his field from the year of jubilee, according to thy valuation shall it stand;
18 तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने, पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस्, र मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस् ।
but if he hallow his field after the jubilee, then the priest shall reckon unto him the money according to the years that remain, until the year of the jubilee; and there shall be a reduction from thy valuation.
19 यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।
And if he that hallowed the field will in any wise redeem it, he shall add the fifth of the money of thy valuation unto it, and it shall be assured to him;
20 तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।
but if he do not redeem the field, or if he sell the field to another man, it cannot be redeemed any more;
21 त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ ।
and the field, when it goeth out in the jubilee, shall be holy to Jehovah, as a field devoted; the possession thereof shall be the priest's.
22 यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,
And if he hallow to Jehovah a field that he hath bought, which is not of the fields of his possession,
23 पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस्, र त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस् ।
the priest shall reckon unto him the amount of thy valuation, unto the year of the jubilee; and he shall give thy valuation on that day, [as] holy to Jehovah.
24 पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।
In the year of the jubilee the field shall return unto him of whom it was bought — to him to whom the land belonged.
25 सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् । बिस गेरा एक शेकेल बराबर हुने छ ।
And all thy valuation shall be according to the shekel of the sanctuary: twenty gerahs shall be the shekel.
26 पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू, किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो । चाहे त्यो साँढे होस् वा भेडा, त्यो परमप्रभुको हो ।
Only the firstling which is offered as firstling to Jehovah among the cattle, that shall no man hallow, whether it be ox or sheep; it is Jehovah's.
27 यदि त्यो अशुद्ध पशु हो भने, त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्न सक्ने छ । यदि त्यो पशुको छुटकारा भएन भने, तोकिएको मूल्यमा त्यो बेचियोस् ।
But if it be of an unclean beast, then he shall ransom it according to thy valuation, and shall add a fifth of it thereto; and if it be not redeemed, it shall be sold according to thy valuation.
28 तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा, चाहे त्यो मानिस वा पशु, वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन । अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ ।
Notwithstanding, no devoted thing that a man hath devoted to Jehovah of all that he hath, of man or beast, or of the field of his possession, shall be sold or redeemed: every devoted thing is most holy to Jehovah.
29 नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू । त्यो मानिस मारिनुपर्छ ।
Nothing devoted, which shall be devoted from among men, shall be ransomed: it shall certainly be put to death.
30 भूमिको सबै दशांश, चाहे भूमिमा उब्जेका अन्न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो । त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ ।
And as to every tithe of the land, of the seed of the land, and of the fruit of the tree, it is Jehovah's: it is holy to Jehovah.
31 यदि कसैले आफ्नो दशांश छुटाउँछ भने, त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् ।
And if any one will at all redeem of his tithes, he shall add thereto the fifth thereof.
32 बथान वा बागल, वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ ।
And as to every tithe of the herd, or of the flock, of whatever passeth under the rod, the tenth shall be holy to Jehovah.
33 गोठालोले असल वा खराब पशु नछुटाओस्, र त्यसले एउटाको निम्ति अर्को नबद्लोस् । यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो र जसको निम्ति त्यो बद्लिएको थियो, दुवै नै पवित्र हुने छन् । त्यो छुटाउन सकिने छैन’ ।”
He shall not search whether it be good or bad, neither shall he change it; and if he change it at all, then both it and the exchange thereof shall be holy; it shall not be redeemed.
34 परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।
These are the commandments which Jehovah commanded Moses for the children of Israel upon mount Sinai.