< लेवीहरू 26 >
1 “तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
Немојте градити себи идола ни ликова резаних, нити ступова подижите, ни камена са сликама мећите у својој земљи да му се клањате; јер сам ја Господ Бог ваш.
2 तिमीहरूले मेरो शबाथ मान्नू र मेरो पवित्रस्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
Држите суботе моје, и светињу моју поштујте; ја сам Господ.
3 यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने,
Ако узживите по мојим уредбама, и заповести моје уздржите и ушчините,
4 म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन् ।
Даваћу вам дажд на време, и земља ће рађати род свој, и дрвета ће у пољу рађати род свој;
5 दाख बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।
И вршидба ће вам стизати бербу виноградску, а берба ће виноградска стизати сејање, и јешћете хлеб свој до ситости, и живећете без страха у земљи својој.
6 म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ । म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन ।
Јер ћу дати мир земљи, те ћете спавати а неће бити никога да вас плаши; учинићу, те ће нестати зле звери из земље, и мач неће пролазити преко ваше земље.
7 तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्ने छन् ।
Него ћете терати непријатеље своје, и падаће пред вама од мача.
8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्ने छन् ।
Вас ће петорица терати стотину, а вас стотина тераће десет хиљада, и падаће непријатељи ваши пред вама од мача.
9 म तिमीहरूमाथि कृपादृष्टि लगाउने छु र तिमीहरूलाई फलवन्त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु । म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु ।
И обратићу се к вама, и учинићу вам да растете, и умножићу вас, и утврдићу завет свој с вама.
10 तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ । तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ ।
И јешћете жито старо, од много година, и изасипаћете старо кад дође ново.
11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ ।
И наместићу стан свој међу вама, и душа моја неће мрзети на вас.
12 म तिमीहरूका बिचमा हिँड्डुल गर्ने छु, र म तिमीहरूका परमेश्वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
И ходићу међу вама, и бићу вам Бог, и ви ћете бити мој народ.
13 तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ । मैले तिमीहरूका जुवाका काठहरू भत्काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु ।
Ја сам Господ Бог ваш, који вас изведох из земље мисирске да им не робујете, и поломих палице јарма вашег, и исправих вас да ходите право.
14 तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ,
Ако ли ме не узаслушате, и не учините све ове заповести,
15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्कार गर्यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्यौ भने,
Ако повргнете уредбе моје и души вашој омрзну закони моји да не творите све заповести моје, и раскинете завет мој,
16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।
И ја ћу вама учинити ово: Пустићу на вас страх, суву болест и врућицу, које ће вам очи искварити и душу уцвелити; и залуду ћете сејати семе своје, јер ће га јести непријатељи ваши.
17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्ने छौ ।
И окренућу лице своје насупрот вама, и сећи ће вас непријатељи ваши, и који мрзе на вас биће вам господари, и бежаћете кад вас нико не тера.
18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु ।
Ако ме ни тада не станете слушати, караћу вас још седам пута више за грехе ваше.
19 आफ्नो शक्तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु ।
Потрћу понос силе ваше, и учинићу да небо над вама буде као гвожђе, а земља ваша као бронза.
20 तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।
Снага ће се ваша трошити узалуд, јер земља ваша неће рађати рода свог, и дрвета по земљи неће рађати рода свог.
21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु ।
Ако ми узидете насупрот и не будете хтели слушати ме, додаћу вам седам пута више мука према гресима вашим.
22 म तिमीहरूकहाँ डर लाग्दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् ।
Пустићу на вас звери пољске, које ће вам децу изјести, и стоку потрти и вас умалити, и опустеће путеви ваши.
23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने,
Ако се ни од тога не поправите, него ми још узидете насупрот,
24 म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु ।
И ја ћу вама ићи насупрот, и бићу вас још седам пута више за грехе ваше.
25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्मनका हातमा तिमीहरूलाई सुम्पने छु ।
Пустићу на вас мач, који ће осветити мој завет; а кад се слежете у градове своје, тада ћу пустити помор међу вас, и бићете предани у руке непријатељу.
26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
И кад вам сломим потпору у хлебу, десет ће жена пећи хлеб ваш у једној пећи, и даваће вам хлеб ваш на меру, и јешћете а нећете се наситити.
27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्यौ भने,
Ако ме ни тако не станете слушати, него ми узидете насупрот,
28 म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु ।
И ја ћу вама с гневом ићи насупрот, и седам пута већма караћу вас за грехе ваше.
29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
И јешћете месо од синова својих, и месо од кћери својих јешћете.
30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।
Развалићу висине ваше, и оборићу идоле ваше, и метнућу трупове ваше на трупове гадних богова ваших, и мрзиће душа моја на вас.
31 म तिमीहरूका सहरहरूलाई भग्नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्न हुने छैनँ ।
И обратићу градове ваше у пустош, и разорићу светиње ваше, и нећу више мирисати мириса вашег.
32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्ने तिमीहरूका दुश्मनहरूले त्यस्तो विनाश देखेर आश्चर्यचकित हुने छन् ।
И опустећу земљу да ће јој се чудити непријатељи ваши, који ће живети у њој.
33 म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।
А вас ћу расејати по народима, и учинићу да вас гоне с голим мачем; и земља ће ваша бити пуста и градови ваши раскопани.
34 त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ ।
Тада ће земљи бити миле суботе њене за све време докле буде пуста; и кад будете у земљи својих непријатеља, земља ће почивати, и биће јој миле суботе њене.
35 त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ । तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन ।
За све време докле буде пуста почиваће, јер није почивала у ваше суботе, кад сте у њој живели.
36 तिमीहरूका दुश्मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्लाउँदा आउने आवाजले तिमीहरूलाई झस्काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्ने छौ ।
А који вас остану, метнућу страх у срца њихова у земљама непријатеља њихових, те ће их гонити лист кад шушне заљуљавши се, и они ће бежати као испред мача, и падаће а нико их неће терати.
37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्मनहरूको अगाडि उभिने तागत हुने छैन ।
И падаће један преко другог као од мача, а нико их неће терати; и нећете се моћи држати пред непријатељима својим.
38 तिमीहरू जाति-जातिहरूका बिचमा नष्ट हुने छौ, र तिमीहरूका दुश्मनको भूमिले तिमीहरूलाई निल्ने छ ।
Него ћете изгинути међу народима, и прождреће вас земља непријатеља ваших.
39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।
А који вас остану, чилеће за безакоње своје у земљи непријатеља својих, и за безакоње отаца својих чилеће.
40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-
Али ако признаду безакоње своје и безакоње отаца својих по гресима, којима ми грешише и којима ми идоше насупрот,
41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
Те и ја њима идох насупрот и одведох их у земљу непријатеља њихових; ако се тада понизи срце њихово необрезано, и буде им право што су покарани за безакоње своје,
42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।
Тада ћу се опоменути завета свог с Јаковом, и завета свог са Исаком, и завета свог са Аврамом опоменућу се, и земље ћу се опоменути.
43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् ।
Када се земља опрости њих и буду јој миле суботе њене кад опусти с њих, и њима буде право што су покарани за безакоње своје, јер судове моје повргоше и души њиховој омрзоше уредбе моје.
44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ ।
А зато ни онда кад буду у земљи непријатеља својих нећу их поврћи нити ћу тако омрзнути на њих да их потрем и раскинем завет свој са њима; јер сам ја Господ Бог њихов.
45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”
Него ћу се њих ради опоменути завета са старима њиховим, које изведох из земље мисирске народима на видику да им будем Бог, ја Господ.
46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।
Ово су уредбе и судови и закони, које постави Господ између себе и синова Израиљевих на гори Синајској преко Мојсија.