< लेवीहरू 25 >
1 परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्नुभयो,
And the LORD spake unto Moses in mount Sinai, saying,
2 “इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।
Speak unto the children of Israel, and say unto them, When ye come into the land which I give you, then shall the land keep a sabbath unto the LORD.
3 तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्नू र फसल बटुल्नू ।
Six years thou shalt sow thy field, and six years thou shalt prune thy vineyard, and gather in the fruits thereof;
4 तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्नू ।
but in the seventh year shall be a sabbath of solemn rest for the land, a sabbath unto the LORD: thou shalt neither sow thy field, nor prune thy vineyard.
5 आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।
That which groweth of itself of thy harvest thou shalt not reap, and the grapes of thy undressed vine thou shalt not gather: it shall be a year of solemn rest for the land.
6 शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने छ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्न सक्छन्,
And the sabbath of the land shall be for food for you; for thee, and for thy servant and for thy maid, and for thy hired servant and for thy stranger that sojourn with thee;
7 र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन् ।
and for thy cattle, and for the beasts that are in thy land, shall all the increase thereof be for food.
8 तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्चास वर्ष गन्नू ।
And thou shalt number seven sabbaths of years unto thee, seven times seven years; and there shall be unto thee the days of seven sabbaths of years, even forty and nine years.
9 त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू ।
Then shalt thou send abroad the loud trumpet on the tenth day of the seventh month; in the day of atonement shall ye send abroad the trumpet throughout all your land.
10 तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन् ।
And ye shall hallow the fiftieth year, and proclaim liberty throughout the land unto all the inhabitants thereof: it shall be a jubile unto you; and ye shall return every man unto his possession, and ye shall return every man unto his family.
11 पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।
A jubile shall that fiftieth year be unto you: ye shall not sow, neither reap that which groweth of itself in it, nor gather [the grapes] in it of the undressed vines.
12 यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने छ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू ।
For it is a jubile; it shall be holy unto you: ye shall eat the increase thereof out of the field.
13 पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्गाजमिनमा फर्काउनू ।
In this year of jubile ye shall return every man unto his possession.
14 तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
And if thou sell aught unto thy neighbour, or buy of thy neighbour’s hand, ye shall not wrong one another:
15 आफ्नो छिमेकीबाट जग्गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्नू । जग्गा बेच्न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।
according to the number of years after the jubile thou shalt buy of thy neighbour, [and] according unto the number of years of the crops he shall sell unto thee.
16 अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।
According to the multitude of the years thou shalt increase the price thereof, and according to the fewness of the years thou shalt diminish the price of it; for the number of the crops doth he sell unto thee.
17 तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
And ye shall not wrong one another; but thou shalt fear thy God: for I am the LORD your God.
18 यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ ।
Wherefore ye shall do my statutes, and keep my judgments and do them; and ye shall dwell in the land in safety.
19 भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।
And the land shall yield her fruit, and ye shall eat your fill, and dwell therein in safety.
20 तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।”
And if ye shall say, What shall we eat the seventh year? behold, we shall not sow, nor gather in our increase:
21 छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्ने फसल उब्जाउने छ ।
then I will command my blessing upon you in the sixth year, and it shall bring forth fruit for the three years.
22 आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्ने छौ ।
And ye shall sow the eighth year, and eat of the fruits, the old store; until the ninth year, until her fruits come in, ye shall eat the old store.
23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।
And the land shall not be sold in perpetuity; for the land is mine: for ye are strangers and sojourners with me.
24 तिमीहरूले हासिल गरेका सबै जग्गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्गा किन्यौ त्यही परिवारलाई त्यो जग्गा किन्ने मौका दिनू ।
And in all the land of your possession ye shall grant a redemption for the land.
25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्न सक्ने छ ।
If thy brother be waxen poor, and sell some of his possession, then shall his kinsman that is next unto him come, and shall redeem that which his brother hath sold.
26 यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,
And if a man have no one to redeem it, and he be waxen rich and find sufficient to redeem it;
27 त्यसले त्यो जग्गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्गाजमिनमा फर्कन सक्छ ।
then let him count the years of the sale thereof, and restore the overplus unto the man to whom he sold it; and he shall return unto his possession.
28 तर यदि त्यसले आफ्नो लागि त्यो जग्गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्गा पुनर्स्थापनाको वर्षसम्म जग्गा किन्ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्गा बेच्ने मानिसकहाँ नै त्यो जग्गा फर्काइन्छ, र त्यसको जग्गाधनी आफ्नै जग्गाजमिनमा फर्कने छ ।
But if he be not able to get it back for himself, then that which he hath sold shall remain in the hand of him that hath bought it until the year of jubile: and in the jubile it shall go out, and he shall return unto his possession.
29 यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्न सक्ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ ।
And if a man sell a dwelling house in a walled city, then he may redeem it within a whole year after it is sold; for a full year shall he have the right of redemption.
30 यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन ।
And if it be not redeemed within the space of a full year, then the house that is in the walled city shall be made sure in perpetuity to him that bought it, throughout his generations: it shall not go out in the jubile.
31 तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ ।
But the houses of the villages which have no wall round about them shall be reckoned with the fields of the country: they may be redeemed, and they shall go out in the jubile.
32 तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ ।
Nevertheless the cities of the Levites, the houses of the cities of their possession, may the Levites redeem at any time.
33 यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।
And if one of the Levites redeem, then the house that was sold, and the city of his possession, shall go out in the jubile: for the houses of the cities of the Levites are their possession among the children of Israel.
34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।
But the field of the suburbs of their cities may not be sold; for it is their perpetual possession.
35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
And if thy brother be waxen poor, and his hand fail with thee; then thou shalt uphold him: [as] a stranger and a sojourner shall he live with thee.
36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।
Take thou no usury of him or increase; but fear thy God: that thy brother may live with thee.
37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्नू ।
Thou shalt not give him thy money upon usury, nor give him thy victuals for increase.
38 तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ ।
I am the LORD your God, which brought you forth out of the land of Egypt, to give you the land of Canaan, to be your God.
39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।
And if thy brother be waxen poor with thee, and sell himself unto thee; thou shalt not make him to serve as a bondservant:
40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ ।
as an hired servant, and as a sojourner, he shall be with thee; he shall serve with thee unto the year of jubile:
41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।
then shall he go out from thee, he and his children with him, and shall return unto his own family, and unto the possession of his fathers shall he return.
42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् ।
For they are my servants, which I brought forth out of the land of Egypt: they shall not be sold as bondmen.
43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्वरको मान गर्नू ।
Thou shalt not rule over him with rigour; but shalt fear thy God.
44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्त गर्न सक्यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्न सक्ने छौ ।
And as for thy bondmen, and thy bondmaids, which thou shalt have; of the nations that are round about you, of them shall ye buy bondmen and bondmaids.
45 तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्न सक्छन् ।
Moreover of the children of the strangers that do sojourn among you, of them shall ye buy, and of their families that are with you, which they have begotten in your land: and they shall be your possession.
46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
And ye shall make them an inheritance for your children after you, to hold for a possession; of them shall ye take your bondmen for ever: but over your brethren the children of Israel ye shall not rule, one over another, with rigour.
47 यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्यो भने,
And if a stranger or sojourner with thee be waxen rich, and thy brother be waxen poor beside him, and sell himself unto the stranger [or] sojourner with thee, or to the stock of the stranger’s family:
48 तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।
after that he is sold he may be redeemed; one of his brethren may redeem him:
49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्ने छ ।
or his uncle, or his uncle’s son, may redeem him, or any that is nigh of kin unto him of his family may redeem him; or if he be waxen rich, he may redeem himself.
50 त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।
And he shall reckon with him that bought him from the year that he sold himself to him unto the year of jubile: and the price of his sale shall be according unto the number of years; according to the time of an hired servant shall he be with him.
51 पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् ।
If there be yet many years, according unto them he shall give back the price of his redemption out of the money that he was bought for.
52 यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् ।
And if there remain but few years unto the year of jubile, then he shall reckon with him; according unto his years shall he give back the price of his redemption.
53 वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू ।
As a servant hired year by year shall he be with him: he shall not rule with rigour over him in thy sight.
54 यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् ।
And if he be not redeemed by these [means], then he shall go out in the year of jubile, he, and his children with him.
55 मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
For unto me the children of Israel are servants; they are my servants whom I brought forth out of the land of Egypt: I am the LORD your God.