< लेवीहरू 24 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Jehova Nyasaye nowacho ne Musa niya,
2 “इस्राएलका मानिसहरूलाई बत्तीमा प्रयोग गरिनको निम्ति जैतूनलाई पिसेर शुद्ध तेल ल्याउनू भनेर भन्, ताकि बत्ती निरन्तर बलिरहोस् ।
“Chik jo-Israel mondo gikelni mo maliw mar zeituni mobi mondo omi teyni osik kaliel pile.
3 भेट हुने पालमा गवाही पर्दादेखि बाहिर परमप्रभुको सामु हारूनले साँझदेखि बिहानसम्म त्यो बत्ती बालिराखोस् । तिमीहरूका मानिसहरूको सारा वंशमा सदाको निम्ति यो एउटा विधि बनोस् ।
Harun nyaka ne ni teynigo osiko kaliel oko mar pasia moumo Sandug Muma mar Hemb Romo manie nyim Jehova Nyasaye chakre odhiambo nyaka okinyi. Ma en chik mosiko nyaka chiengʼ ne tienge duto mabiro.
4 प्रधान पुजारीले शुद्ध सुनको पानसमा भएका बत्तीहरू बालिराखोस् ।
Teyni manie rachung taya maler molos gi dhahabu nyaka rit pile ka pile e nyim Jehova Nyasaye.
5 तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।
“Kawuru mogo mayom kendo utedgo makati apar gariyo, ma moro ka moro oted gi mogo moromo kilo abiriyo.
6 त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्नू ।
Chan uru makatigi laini ariyo e mesa maler molos gi dhahabu mochungʼ e nyim Jehova Nyasaye kendo e laini ka laini obed gi auchiel.
7 रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्नू । यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ ।
To e laini ka laini mondo ukete ubani maler, mondo obed kaka rapar mar makati ma ichiwo ni Jehova Nyasaye kaka misango miwangʼo pep.
8 हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस् ।
Makatini nyaka kete e nyim Jehova Nyasaye pile ka pile chiengʼ Sabato ka chiengʼ Sabato. Gin mich ma ichiwo e lo jo-Israel kaka singruok manyaka chiengʼ.
9 यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”
Makatigo mondo odongʼ ni Harun gi yawuote, kendo nyaka gichamgi kama ler mar lemo, nikech en migawo mar pok maler moloyo ma gichiwo kinde ka kinde kaka misengini miwangʼo ni Jehova Nyasaye.”
10 एउटी इस्राएली स्त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्यो ।
Wuowi moro ma min mare ja-Israel to wuon mare ja-Misri nowuok e dier jo-Israel kendo dhawo nowuok e kambi e kinde gi ja-Israel moro.
11 इस्राएली स्त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्यो र परमेश्वरलाई सराप्यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।
Wuod dhako ma ja-Israel noyanyo Nying Jehova Nyasaye mi ojare; omiyo negikele e nyim Musa. (Min-gi ne nyinge Shelomith, nyar Dibri mane oa e dhood Dan.)
12 परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।
Negikete e od twech ka girito gima Jehova Nyasaye biro nyisogi.
13 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
Eka Jehova Nyasaye nowacho ne Musa niya,
14 “परमेश्वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
“Gol ngʼat moseyanyano oko mar kambi. Ji duto mane nitie koyenyo mondo giket lwetgi e wiye kendo kanyakla mar jo-Israel duto okaw kite ochielego.”
15 इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्वरलाई सराप्नेले आफ्नो दोष आफै बोकोस् ।
Wachne jo-Israel niya, Ka ngʼato okwongʼo Nyasache, to oyud kum moromo gi kethono,
16 परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्चय नै मारियोस् ।
to ngʼato angʼata moyanyo nying Jehova Nyasaye nyaka negi. Oganda duto nyaka chiele gi kite, bed ni en ja-Israel kata jadak, to koseyanyo nying Jehova Nyasaye to nyaka nege.
17 यदि कसैले कोही अर्को मानिसलाई हिर्काएर मार्यो भने, त्यो निश्चय नै मारियोस् ।
“‘Ngʼato angʼata monego wadgi, en bende nyaka nege.
18 यदि कसैले अर्काको पशुलाई हानेर मार्यो भने, त्यसले प्राणको साटो प्राण नै भर्ना दिओस् ।
Ngʼato angʼata monego chiayo nyaka chul chiayo, to ngʼato angʼata monego nyawadgi nyaka negi.
19 यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
Ngʼato angʼata mohinyo wadgi, nyaka timne gima otimono.
20 चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
Lero kar lero, wangʼ kar wangʼ, lak kar lak. Nyaka hiny ngʼatno mana kaka osehinyo nyawadgi.
21 जसले कुनै पशुलाई मार्छ त्यसले त्यसको भर्ना तिरोस्, र जसले अर्को मानिसलाई मार्छ त्यो मारियोस् ।
Ngʼato angʼata monego chiayo nyaka chul chiayo, to ngʼato angʼata monego nyawadgi nyaka negi.
22 परदेशी र स्वदेशमै जन्मिएको इस्राएली दुवैका निम्ति नियम एउटै होस्, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”
Kaka ikumo jadak e kaka ikumo ja-Israel. An e Jehova Nyasaye ma Nyasachu.’”
23 यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।
Eka Musa nowuoyo gi jo-Israel mi gigolo ngʼat mane oyenyocha oko mar kambi kendo negichiele gi kite. Jo-Israel notimo mana kaka Jehova Nyasaye nochiko Musa.