< लेवीहरू 22 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Gospod je spregovoril Mojzesu, rekoč:
2 “हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
»Govori Aronu in njegovim sinovom, da se ločijo od svetih stvari Izraelovih otrok in da ne oskrunijo mojega svetega imena v teh stvareh, ki jih posvetijo meni. Jaz sem Gospod.
3 तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।
Reci jim: ›Kdorkoli je izmed vsega vašega semena med vašimi rodovi, ki hodi k svetim stvarem, ki jih Izraelovi otroci posvetijo Gospodu in ima na sebi svojo nečistost, bo ta duša iztrebljena izpred moje prisotnosti. Jaz sem Gospod.
4 हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
Katerikoli moški iz Aronovega semena je gobavec ali ima tekoč izliv, ta ne bo jedel od svetih stvari, dokler ne bo čist. In kdorkoli se dotakne kakršnekoli stvari, ki je nečista, pri mrtvem ali pri moškem, čigar seme gre od njega,
5 वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
ali kdorkoli se dotika katerekoli plazeče stvari, s katero se lahko onečisti, ali človeka, od katerega lahko vzame nečistost, kakršnokoli nečistost ta ima;
6 र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
duša, ki se je dotaknila česarkoli takega, bo nečista do večera in ne bo jedla od svetih stvari, dokler svojega mesa ne umije z vodo.
7 घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
Ko sonce zaide bo čist in potem bo jedel od svetih stvari, ker je to njegova hrana.
8 मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
Tega, kar pogine samo od sebe ali je raztrgano z zvermi, ne bo jedel, da samega sebe s tem omadežuje. Jaz sem Gospod.
9 पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
Držali se bodo torej moje odredbe, da ne bi za to nosili greha in torej umrli, če to oskrunijo. Jaz, Gospod, jih posvečujem.
10 पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
Tam noben tujec ne bo jedel od svete stvari. Duhovnikov začasni prebivalec ali najet služabnik ne bosta jedla od svete stvari.
11 तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।
Toda če duhovnik s svojim denarjem kupi katerokoli dušo, bo ta [duša] jedla od tega in kdor je rojen v njegovi hiši. Jedli bodo od njegove hrane.
12 यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
Če pa bo duhovnikova hči poročena k tujcu, ona ne bo jedla od daritev svetih stvari.
13 तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
Toda če je duhovnikova hči vdova ali ločena in nima otrok in je vrnjena k hiši svojega očeta kakor v svoji mladosti, bo jedla od hrane svojega očeta, toda noben tujec ne bo jedel od tega.
14 यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
Če človek nevede jé od svete stvari, potem bo k temu dodal peti del in to bo s sveto stvarjo dal duhovniku.
15 डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
Oni ne bodo oskrunili svetih stvari Izraelovih otrok, ki jih darujejo Gospodu
16 नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
ali jim dopustili, da nosijo krivdo prestopka, kadar jedo njihove svete stvari, kajti jaz, Gospod, jih posvečujem.‹«
17 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Gospod je spregovoril Mojzesu, rekoč:
18 “हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्‍छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
»Govori Aronu, njegovim sinovom in vsem Izraelovim otrokom ter jim reci: ›Kdorkoli bo od Izraelove hiše ali od tujcev v Izraelu, ki bo svoj dar daroval za vse svoje zaobljube in za vse svoje prostovoljne daritve, ki jih bodo darovali Gospodu za žgalno daritev,
19 तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।
bodo po lastni volji darovali samca brez pomanjkljivosti od goveda, od ovc ali od koz.
20 तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
Toda karkoli ima pomanjkljivost, tega ne boste darovali, kajti to za vas ne bo sprejemljivo.
21 कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्‍खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
Kdorkoli daruje žrtvovanje mirovnih daritev Gospodu, da izpolni svojo zaobljubo ali prostovoljno daritev v govedu ali ovcah, mora biti to popolno, da bi bilo sprejeto; na tem ne bo nobene pomanjkljivosti.
22 अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।
Slepo ali zlomljeno ali pohabljeno ali kar ima rane, iz katerih se izceja ali grinto ali krasto, teh stvari ne boste darovali Gospodu niti od njih [ne boste] naredili daritve z ognjem na oltarju Gospodu.
23 अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
Ali bikca ali jagnje, ki ima katerokoli stvar odvečno, ali karkoli manjkajočega v njegovih delih, to lahko daruješ za prostovoljno daritev, toda za zaobljubo to ne bo sprejeto.
24 चोट लागेका, कुच्‍च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।
Gospodu ne boste darovali tega, kar je poškodovano ali zdrobljeno ali zlomljeno ali odrezano niti v svoji deželi ne boste opravili nobenega takšnega darovanja.
25 परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
Niti iz tujčeve roke ne boste darovali kruha svojega Boga, od kateregakoli izmed njih, ker je v njih njihova izprijenost in pomanjkljivost. Ti ne bodo sprejeti za vas.‹«
26 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Gospod je spregovoril Mojzesu, rekoč:
27 “बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
»Kadar je priveden bikec ali ovca ali koza, potem bo ta sedem dni pod materjo. Od osmega dne in naprej pa bo to sprejeto za ognjeno daritev Gospodu.
28 गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू ।
Naj bo to krava ali ovca, ne boš na isti dan zaklal nje in njenega mladega.
29 तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू ।
Ko boste darovali žrtev zahvaljevanja Gospodu, to darujte po lastni volji.
30 त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू । अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्‍नू । म परमप्रभु हुँ ।
Istega dne bo to pojedeno; ničesar od tega ne boste pustili do naslednjega dne. Jaz sem Gospod.
31 यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।
Zato se boste držali mojih zapovedi in jih izpolnjevali. Jaz sem Gospod.
32 तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू । इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून् । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,
Niti ne boste oskrunili mojega svetega imena, temveč bom jaz posvečen med Izraelovim otroci. Jaz sem Gospod, ki vas posvečuje,
33 र मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।
ki vas je privedel ven iz egiptovske dežele, da bi bil vaš Bog. Jaz sem Gospod.«

< लेवीहरू 22 >