< लेवीहरू 22 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Yehova anawuza Mose kuti,
2 “हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।
“Uza Aaroni ndi ana ake kuti azilemekeza zinthu zopatulika zimene Aisraeli azipereka kwa Ine, kuti asayipitse dzina langa loyera. Ine ndine Yehova.
3 तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्कृत होस् । म परमप्रभु हुँ ।
“Uwawuze kuti ngati wina aliyense mwa zidzukulu zawo mʼmibado yonse imene ikubwera adzayandikira zinthu zopatulika zimene ana a Israeli apereka kwa Yehova, ali wodetsedwa, ameneyo achotsedwe pamaso pa Yehova. Ine ndine Yehova.
4 हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
“Munthu aliyense mwa zidzukulu za Aaroni amene ali ndi khate kapena amatulutsa zoyipa mʼthupi mwake, asadye zinthu zopatulika mpaka atayeretsedwa. Wansembe angakhale wodetsedwa atakhudzana ndi chinthu chimene chadetsedwa ndi chinthu chakufa kapena kukhudza munthu amene wataya umuna,
5 वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
kapena kukhudza chilichonse chokwawa chomwe chimadetsa munthu, kapena kukhudza munthu amene angamudetse, kapenanso kukhudza kanthu kena kalikonse kodetsedwa.
6 र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
Tsono ngati wansembe angakhudze chilichonse mwa zimenezi ndiye kuti adzakhala wodetsedwa mpaka madzulo. Asadye chopereka chilichonse chopatulika mpaka atasamba thupi lake lonse.
7 घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
Munthuyo adzakhala woyeretsedwa pamene dzuwa lalowa, ndipo angathe kudya chopereka chopatulikacho popeza ndi chakudya chake.
8 मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।
Wansembe sayenera kudya chinthu chofa chokha kapena chojiwa ndi chirombo kuopa kuti angadzidetse ndi chakudyacho. Ine ndine Yehova.
9 पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
“‘Choncho ansembe azisunga malamulo angawa kuti asapezeke wolakwa ndi kufa chifukwa chopeputsa malamulowa. Ine ndine Yehova, amene ndimawayeretsa.
10 पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।
“‘Aliyense amene si wabanja la wansembe, kaya ndi mlendo wa wansembe, kapena wantchito wake, asadye chopereka chopatulika.
11 तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्ने छन् ।
Koma kapolo amene wagulidwa ndi ndalama kapena kubadwira mʼbanja la wansembe angathe kudya chakudya cha wansembeyo.
12 यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस् ।
Mwana wamkazi wa wansembe amene wakwatiwa ndi munthu amene si wansembe, asadyeko nsembe zopatulikazo.
13 तर पुजारीकी छोरी विधवा, वा विच्छेद भएकी स्त्री हो, र त्यसको बालबच्चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे । तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस् ।
Koma mwana wamkazi wa wansembe amene ali wamasiye kapena wosudzulidwa, ndipo alibe mwana, komanso anabwerera ku nyumba ya abambo ake monga pa nthawi ya utsikana wake, angathe kudya chakudya cha abambo ake. Mlendo asadye chakudya chopatulika.
14 यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।
“‘Ngati munthu wina aliyense adya chopereka chopatulika mosadziwa, munthuyo amubwezere wansembe chinthu chopatulikacho ndipo awonjezerepo limodzi la magawo asanu a chinthucho.
15 डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,
Choncho ansembe asayipitse zopereka zopatulika za Aisraeli zimene apereka kwa Yehova
16 नत्रता तिनीहरूले पाप बोक्ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
ndipo asachimwitse ndi kupalamulitsa Aisraeli powalola kudya zakudya zawo zopatulika. Ine ndine Yehova amene ndimawayeretsa.’”
17 परमप्रभुले मोशालाई भन्नुभयो,
Yehova anawuza Mose kuti,
18 “हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,
“Yankhula ndi Aaroni, ana ake pamodzi ndi Aisraeli onse, ndipo uwawuze kuti, ‘Ngati wina aliyense wa inu, Mwisraeli kapena mlendo amene akukhala mu Israeli abwera ndi mphatso ya nsembe yopsereza kwa Yehova, kupereka chimene analumbira kapena kuti ikhale nsembe yaufulu,
19 तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।
ndiye kuti abwere ndi ngʼombe yayimuna, nkhosa yayimuna kapena mbuzi yayimuna. Izi zikhale zopanda chilema kuti zilandiridwe.
20 तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
Musapereke nyama iliyonse yokhala ndi chilema chifukwa sidzalandiridwa mʼmalo mwanu.
21 कसैले आफ्नो भाकल पुरा गर्न, वा स्वेच्छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने, त्यो निष्खोट होस्, अनि त्यो स्वीकारिने छ । त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन ।
Pamene wina aliyense abweretsa ngʼombe kapena nkhosa kuti ikhale nsembe yachiyanjano kwa Yehova, kukwaniritsa zimene analumbira kapena kuti ikhale nsembe yaufulu, nyamayo iyenera kukhala yangwiro ndi yopanda chilema kuti ilandiridwe.
22 अन्धा, चोट भएका, अङ्गभङ्ग भएका, मूसा वा पाकेको घाउ भएका, वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू । तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू ।
Musapereke kwa Yehova nyama zakhungu, zovulala kapena zolumala, kapena nyama zimene zikutulutsa mafinya mʼthupi mwake, kapena zimene zili ndi nthenda yonyerenyetsa, kapena zimene zili ndi mphere. Nyama zotere musaziyike pa guwa kuti zikhale nsembe yopsereza kwa Yehova.
23 अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्छा भेटीस्वरूप अर्पण गर्न सक्छौ, तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन ।
Koma mungathe kupereka ngʼombe yayimuna kapena nkhosa imene ili ndi chiwalo chachitali kapena chachifupi kukhala nsembe yaufulu. Koma simungayipereke ngati nsembe yoperekera zimene munalumbirira chifukwa sidzalandiridwa.
24 चोट लागेका, कुच्च्याइएका, चिरिएका, वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू । तिमीहरूको देशैभरि त्यस्तो नगर्नू ।
Nyama iliyonse imene mavalo ake ndi onyuka kapena ophwanyika, ongʼambika kapena oduka, musamayipereke kwa Yehova mʼdziko lanu.
25 परदेशीको हातबाट तिमीहरूका परमेश्वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
Ndipo musalandire nyama zotere kuchokera kwa mlendo ndi kuzipereka kukhala zakudya za Mulungu wanu. Zimenezi sizidzalandiridwa mʼmalo mwanu chifukwa zili ndi chilema ndipo ndi zolumala.’”
26 परमप्रभुले मोशालाई भन्नुभयो,
Yehova anawuza Mose kuti,
27 “बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।
“Pamene mwana wangʼombe, mwana wankhosa kapena mwana wambuzi wabadwa, akhale ndi make kwa masiku asanu ndi awiri. Kuyambira tsiku lachisanu ndi chitatu mpaka mʼtsogolo mwake, angathe kulandiridwa kuti akhale nsembe yopsereza ya kwa Yehova.
28 गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्चासमेत नमार्नू ।
Musaphe ngʼombe kapena nkhosa pamodzi ndi mwana wake tsiku limodzi. Muyidye pa tsiku lomwelo; musasiyeko ina mpaka mmawa. Ine ndine Yehova.
29 तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्य तरिकामा बलि गर्नू ।
“Pamene mupereka nsembe yoyamika kwa Yehova, muyipereke mwakufuna kwanu mu njira yoti ilandiridwe mʼmalo mwanu.
30 त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू । अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्नू । म परमप्रभु हुँ ।
Muyidye pa tsiku lomwelo, wosasiyako ina mpaka mmawa. Ine ndine Yehova.
31 यसैकारण तिमीहरूले मेरा आज्ञा मान्नू र तीअनुसार हिँड्नू । म परमप्रभु हुँ ।
“Choncho sungani malamulo anga ndi kuwatsatira. Ine ndine Yehova.
32 तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू । इस्राएलका मानिसहरूले म पवित्र छु भन्ने कुरा स्वीकारून् । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,
Musanyoze dzina langa loyera. Koma lilemekezedwe pakati pa Aisraeli. Ine ndine Yehova amene ndimakuyeretsani
33 र मैले नै तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।
ndipo ndine amene ndinakutulutsani mu Igupto kuti ndikhale Mulungu wanu. Ine ndine Yehova.”