< लेवीहरू 21 >
1 परमप्रभुले मोशालाई भन्नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
The Lord said also to Moses: Speak to the priests the sons of Aaron, and thou shalt say to them: Let not a priest incur an uncleanness at the death of his citizens:
2 तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
But only for his kin, such as are near in blood, that is to say, for his father and for his mother, and for his son, and for his daughter, for his brother also,
3 वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्छ ।
And for a maiden sister, who hath had no husband:
4 तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।
But not even for the prince of his people shall he do any thing that may make him unclean.
5 पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।
Neither shall they shave their head, nor their beard, nor make incisions in their flesh.
6 तिनीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।
They shall be holy to their God, and shall not profane his name: for they offer the burnt offering of the Lord, and the bread of their God, and therefore they shall be holy.
7 तिनीहरू आफ्ना परमेश्वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्त्रीलाई विवाह नगरून् जो एउटी वेश्या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्छेद भएकी स्त्रीलाई विवाह नगरून् ।
They shall not take to wife a harlot or a vile prostitute, nor one that has been put away from her husband: because they are consecrated to their God,
8 तैँले त्यसलाई अलग राख्नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्याउने म परमप्रभु पवित्र छु ।
And offer the leaves of proposition. Let them therefore be holy, because I also am holy, the Lord, who sanctify them.
9 पुजारीकी छोरी जो वेश्या भएर आफैलाई अपवित्र बनाउछे, त्यसले आफ्नो बुबाको अपमान गर्छे । त्यो जलाइयोस् ।
If the daughter of a priest be taken in whoredom, and dishonour the name of her father, she shall be burnt with fire.
10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
The high priest, that is to say, the priest, is the greatest among his brethren. upon whose head the oil of unction hath been poured, and whose hands have been consecrated for the priesthood, and who hath been vested with the holy vestments, shall not uncover his head, he shall not rend his garments:
11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
Nor shall he go in at all to any dead person: not even for his father, or his mother, shall he be defiled:
12 त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
Neither shall he go out of the holy places, lest he defile the sanctuary of the Lord, because the oil of the holy unction of his God is upon him. I am the Lord.
13 प्रधान पुजारीले आफ्नी पत्नीको रूपमा कन्या केटी बिहे गरोस् ।
He shall take a virgin unto his wife:
14 त्यसले विधवा, विच्छेद भएकी स्त्री, वा वेश्या बिहे नगरोस् । यस्ता स्त्रीहरूलाई त्यसले बिहे नगरोस् । त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
But a widow or one that is divorced, or defiled, or a harlot, he shall not take, but a maid of his own people:
15 ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”
He shall not mingle the stock of his kindred with the common people of his nation: for I am the Lord who sanctify him.
16 परमप्रभुले मोशालाई भन्नुभयो,
And the Lord spoke to Moses, saying:
17 “हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।
Say to Aaron: Whosoever of thy seed throughout their families, hath a blemish, he shall not offer bread to his God.
18 शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्टिविहीन वा हिँड्न नसक्ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,
Neither shall he approach to minister to him: If he be blind, if he be lame, if he have a little, or a great, or a crooked nose,
19 हात वा खुट्टा बाँङ्गिएको मानिस,
If his foot, or if his hand be broken,
20 पछाडि ढाडमा मासुको डल्ला पलाएको मानिस, वा धेरै पातलो वा होचो मानिस, वा आँखामा खोट भएको मानिस, वा रोग लागेको, घाउ भएको, चर्मरोग लागेको, वा अन्डाकोष पिसिएको मानिस ।
If he be crookbacked, or blear eyed, or have a pearl in his eye, or a continual scab, or a dry scurf in his body, or a rupture:
21 पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।
Whosoever of the seed of Aaron the priest hath a blemish, he shall not approach to offer sacrifices to the Lord, nor bread to his God.
22 परमेश्वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
He shall eat nevertheless of the loaves, that are offered in the sanctuary,
23 तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”
Yet so that he enter not within the veil, nor approach to the altar, because he hath a blemish, and he must not defile my sanctuary. I am the Lord who sanctify them.
24 यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।
Moses therefore spoke to Aaron, and to his sons and to all Israel, all the things that had been commanded him.