< लेवीहरू 20 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
És szólt az Örökkévaló Mózeshez, mondván:
2 “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।
Mondd Izrael fiainak: Bárki Izrael fiai közül és az idegen közül, aki tartózkodik Izraelben, aki ad magzatából a Molochnak, ölessék meg; az ország népe kövezze meg kővel.
3 त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।
Én pedig haragomat fordítom ama férfiú ellen és kiirtom őt népe köréből, mert megzatából adott a Molochnak, hogy megtisztátalanítsa szentélyemet és megszentségtelenítse szentélyemet.
4 यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,
Ha pedig behunyja az ország népe szemeit ama férfi előtt, midőn ad magzatából a Molochnak, hogy nem öli meg őt,
5 त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्यागमन गर्ने सबैलाई बहिष्कृत गर्ने छु ।
akkor én fordítom haragomat ama férfiú ellen és családja ellen, kiirtom őt és mindazokat, kik paráználkodva járnak utána, hogy paráználkodva járjanak a Molooh után, az ő népük köréből.
6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्यासरह तुल्याउनेहरूलाई पछ्याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।
És az a személy, aki fordul a szellemidézőkhöz és a jóslókhoz, hogy paráználkodva járjon utánuk, haragomat fordítom ama személy ellen és kiirtom őt népe köréből.
7 त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
Szenteljétek meg magatokat, hogy szentek legyetek, mert én vagyok az Örökkévaló, a ti Istenetek.
8 तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
Őrizzétek meg törvényeimet, hogy megtegyétek azokat: én vagyok az Örökkévaló, aki megszentel benneteket.
9 आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
Azért mindenki, aki átkozza az atyját vagy az anyját, ölessék meg; atyját vagy anyját átkozta, vérbűne van rajta.
10 अर्कै पुरुषको पत्नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
A mely férfi házasságot tör valakinek feleségével – ki házasságot tör felebarátja feleségével, ölessék meg a házasságtörő férfi és a házasságtörő nő.
11 आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिसले आफ्नो बुबाको नग्नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
A mely férfi hál az atyja feleségével, atyja szemérmét fedte föl; ölessenek meg mindketten, vérbűnük van rajtuk.
12 यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
A mely férfi hál menyével, ölessenek meg mindketten, keveredést követtek el, vérbűnük van rajtuk.
13 कोही पुरुष स्त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
A mely férfi hál férfival, a mint hálnak nővel, utálatot követtek el mindketten, ölessenek meg, vérbűnük van rajtuk.
14 कोही पुरुषले कुनै स्त्री र त्यसकी आमा दुवैलाई विवाह गर्यो भने, यो दुष्टता हो । त्यो पुरुष र ती दुवै स्त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्टता नहोस् ।
A mely férfi elvesz egy nőt és annak anyját, fajtalanság az; tűzben égessék el őt és azokat, hogy ne legyen fajtalanság köztetek.
15 कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
A mely férfi közösül barommal, ölessék meg; a barmot pedig üssétek agyon.
16 कोही स्त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्यका हुन्छन् ।
A mely nő közeledik bármely baromhoz, hogy az egyesüljön vele, öld meg a nőt és a barmot, ölessenek meg; vérbűnük van rajtuk.
17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्नता देख्दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
A mely férfi elveszi nővérét, atyja leányát vagy anyja leányát, és látja szemérmét s a nő látja az ő szemérmét, gyalázat az, irtassanak ki népük fiainak szemei előtt; nővére szemérmét fedte föl, bűnét viselje.
18 कोही पुरुष स्त्रीको रजस्वलाको समयमा त्योसँग सुत्यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत गरिनुपर्छ ।
A mely férfi hál tisztulásában szenvedő nővel és felfödi szemérmét, forrását meztelenítette meg, a nő pedig fölfedte vérének forrását; irtassanak ki mindketten népük közül.
19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्ने छस् ।
Anyád nővérének és atyád nővérének szemérmét föl ne fedd, mert vérrokonát meztelenítette meg, bűnüket viseljék.
20 कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
A mely férfi hál nagynénjével, nagybátyjának szemérmét fedte föl; vétküket viseljék, gyermektelenül haljanak el.
21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्नीलाई बिहे गर्यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
A mely férfi elveszi fivérének feleségét, fertőzet az; fivérének szemérmét fedte föl, gyermektelenek lesznek.
22 त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।
Őrizzétek meg minden törvényeimet és minden rendeleteimet és tegyétek meg azokat, hogy ki ne vessen benneteket az ország; amelybe viszlek bennetek, hogy lakjatok benne.
23 तिमीहरूका सामुबाट मैले निष्कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।
Ne járjatok ama nemzet törvényei szerint, melyet elűzök előletek, mert mindezt tették ők és megutáltam őket.
24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ ।
Azért mondtam nektek: Ti elfoglaljátok az ő földjüket és én adom nektek, hogy elfoglaljátok azt a tejjel-mézzel folyó országot; én vagyok az Örökkévaló, a ti Istenetek, aki elkülönítettelek benneteket a népektől.
25 यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।
Azért tegyetek különbséget a tiszta és tisztátalan barom között, a tisztátalan és tiszta madár között, hogy ne tegyétek utálattá lelketeket a barom és a madár által és minden által, ami mászik a földön, amit elkülönítettem számotokra, hogy tisztátalannak tartsátok.
26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
Legyetek tehát nekem szentek, mert szent vagyok én, az Örökkévaló és elkülönítettelek benneteket a népektől, hogy az enyéim legyetek.
27 मरेकाहरू वा आत्माहरूसँग बोल्ने पुरुष वा स्त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्यका छन् ।’” 20:7 धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर पवित्र छु ।
És a férfi vagy nő, ha lesz közöttük szellemidéző vagy jós, ölessenek meg, kövekkel kövezzék, meg őket, vérbűnük van rajtuk.