< लेवीहरू 20 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Jehova Nyasaye nowacho ne Musa niya
2 “इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून् ।
Nyis jo-Israel ni: Ja-Israel moro amora kata jadak moro amora manie dieru manochiw nyathine moro amora ni nyiseche manono miluongo ni Molek, nyaka negi. Oganda jo-Israel duto mondo ogoye gi kite nyaka otho.
3 त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु ।
Anabed jasik ngʼatno kendo anangʼad nyinge oko kuom ogandane; kuom chiwo nyathine ni nyasaye manono miluongo ni Molek, osedwanyo kama ler mar lemo, kendo osechayo nyinga maler.
4 यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने,
To kapo ni oganda jo-Israel ok odewo wach ngʼat mochiwo achiel kuom nyithinde ne Molek, ma ok ginege,
5 त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।
to an awuon ema nabed jasik ngʼatno gi dhoodgi duto. Kargi anangʼad oko kuom ogandagi, kaachiel gi jogo duto maluwe kendo madwanyore kalamo Molek.
6 मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु ।
Anabed jasik ngʼama oweya modhi odwanyore gi jo-nyakalondo kod lang chunje maricho; kendo anangʼad kare oko kuom ogandagi.
7 त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
Pwodhreuru ubed maler nikech An e Jehova Nyasaye ma Nyasachu.
8 तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
Rituru buchena kendo uluwgi, nimar An e Jehova Nyasaye mapwodhou.
9 आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ ।
Ngʼato angʼata mokwongʼo wuon kata min, nyaka negi; nikech timneno; rembe nodongʼ e wiye owuon.
10 अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
Ka ngʼato oterore gi chi wadgi ma gidakgo, to jochode ariyogo nyaka neg-gi duto.
11 आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
Ka ngʼato oterore gi chi wuon mare, to oseelo dug wuon-gi. Ji ariyogi nyaka neg-gi kendo rembgi nobedi e wigi giwegi.
12 यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
Ka ngʼato oterore gi chi wuode to giduto nyaka neg-gi. Gima gitimono en tim makwero to rembgi nobedi e wigi giwegi.
13 कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन् ।
Ka dichwo oterore gi dichwo wadgi. Giduto ji ariyogi gitimo gima kwero kendo giduto nyaka neg-gi to rembgi nobedi e wigi giwegi.
14 कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो । त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस् ।
Ka ngʼato okendo nyako kaachiel gi min-gi bende okendo, to ma en anjawo. Kargi ji adekgo nyaka wangʼ-gi kod mach, mondo tim marach kik dongʼ e dieru.
15 कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
Ka ngʼato oterore gi chiayo, ngʼatni nyaka nege, to chiayono bende nyaka negi.
16 कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्‍चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन् ।
Ka dhako osudo machiegni gi chiayo mondo oterre kode, giduto nyaka neg-gi kendo rembgi obed e wigi giwegi.
17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
Ka ngʼato okendo nyamin mare ma nyar wuon kata ma nyar min, ma giterore kode, to otimo gima kwero. Nyaka neg-gi ka ji duto neno nikech oterore gi nyamin, koro nyaka oyud kum.
18 कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सुत्‍यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ । ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ ।
Ka ngʼato oterore gi dhako manie dwe, mano okuodo wi dhakono, nikech oele nyaka kama rembe wuokie, dhakono bende oseyie moel nyaka kama rembe wuokie. Giduto nyaka riembgi gia e dier ogandagi.
19 आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।
Ok oyieni mondo iterri gi nyamin mamau, nikech mano en tim maketho wat. Joma timo timbegi nyaka migi kum.
20 कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ । तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन् ।
Ka ngʼato oterore gi nyamin wuon, ngʼatni okuodo wi wuon mareno, omiyo nyaka giyud kum, kendo mondo oneg-gi ma nying-gi lal chuth e dier ogandagi.
21 कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।
Ka ngʼato oterore gi chi owadgi, to mano en dwanyruok nikech oelo dug owadgi, kendo ok giniyud nyithindo.
22 त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू । यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस् ।
Un nyaka koro urit chikena gi buchena kendo umak-gi, mi uluwgi duto, eka piny mamiyou mondo udagieno ok nongʼogu oko.
23 तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।
Kik uluw timbe oganda mudak e diergi madhi riembonu oko-gi. Nikech gigi mane gitimo nomiyo aol kodgi.
24 मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।
Kendo ne awachonegi niya, “Abiro kawo pinygi kendo abiro miyougo kaka girkeni, ma en piny mopongʼ gi chak kod mor kich.” An e Jehova Nyasaye ma Nyasachu mosepogou gi ogendini mamoko.
25 यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।
Nyaka uket pogruok e kind le michamo gi ma ok cham, kendo e kind winy michamo to gi ma ok cham. Kik udok mogak nikech le moro amora kata winyo kata gimoro amora mamol e lowo ma gin gik masewalo tenge nochido.
26 तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
Nyaka ubed maler e nyima nikech an Jehova Nyasaye aler, kendo asewalou e kind ogendini mondo ubed joga awuon.
27 मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ । मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् । तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन् ।’” 20:7 धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु ।
Ngʼato angʼata kuomu madichwo kata madhako ma en ajuok nyakalondo kata ma ajwoga moro amora, to ugo gi kite nyaka otho. Giduto nyaka ugogi gi kite kendo rembgi nobedi e wigi giwegi.

< लेवीहरू 20 >