< लेवीहरू 2 >

1 कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् ।
And when any will offer a meate offering vnto the Lord, his offering shall be of fine floure, and he shall powre oyle vpon it, and put incense thereon,
2 त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
And shall bring it vnto Aarons sonnes the Priestes, and he shall take thence his handfull of the flowre, and of the oyle with al the incense, and the Priest shall burne it for a memoriall vpon the altar: for it is an offering made by fire for a sweete sauour vnto the Lord.
3 अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।
But the remnant of the meate offering shalbe Aarons and his sonnes: for it is most holy of the Lordes offrings made by fire.
4 चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् ।
If thou bring also a meate offring baken in the ouen, it shalbe an vnleauened cake of fine floure mingled with oyle, or an vnleauened wafer anointed with oyle.
5 यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् ।
But if thy meate offring be an oblation of the frying pan, it shall be of fine flowre vnleauened, mingled with oyle.
6 त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो ।
And thou shalt part it in pieces, and power oyle thereon: for it is a meate offring.
7 यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू ।
And if thy meate offring be an oblation made in the caldron, it shalbe made of fine floure with oyle.
8 यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।
After, thou shalt bring the meate offering (that is made of these things) vnto the Lord, and shalt present it vnto the Priest, and he shall bring it to the altar,
9 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।
And the Priest shall take from the meate offring a memoriall of it, and shall burne it vpon the altar: for it is an oblation made by fire for a sweete sauour vnto the Lord.
10 अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
But that which is left of the meate offring, shalbe Aarons and his sonnes: for it is most holy of the offrings of the Lord made by fire.
11 तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू ।
All the meate offrings which ye shall offer vnto the Lord, shalbe made without leauen: for ye shall neither burne leauen nor honie in any offring of the Lord made by fire.
12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् ।
In the oblation of the first fruits ye shall offer them vnto the Lord, but they shall not be burnt vpon the altar for a sweete sauour.
13 तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू ।
(All the meate offrings also shalt thou season with salt, neither shalt thou suffer the salt of the couenant of thy God to be lacking from thy meate offring, but vpon all thine oblations thou shalt offer salt)
14 परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।
If then thou offer a meate offring of thy first fruites vnto the Lord, thou shalt offer for thy meate offering of thy first fruites eares of corne dryed by the fire, and wheate beaten out of the greene eares.
15 त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो ।
After, thou shalt put oyle vpon it, and lay incense thereon: for it is a meate offring.
16 त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
And the Priest shall burne the memoriall of it, euen of that that is beaten, and of the oyle of it, with all the incense thereof: for it is an offring vnto the Lord made by fire.

< लेवीहरू 2 >