< लेवीहरू 19 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
וידבר יהוה אל משה לאמר׃
2 “इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
דבר אל כל עדת בני ישראל ואמרת אלהם קדשים תהיו כי קדוש אני יהוה אלהיכם׃
3 हरेकले आफ्ना आमा र बुबालाई आदर गर्नू, र मेरो शबाथ पालन गर्नू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
איש אמו ואביו תיראו ואת שבתתי תשמרו אני יהוה אלהיכם׃
4 मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ, न त आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
אל תפנו אל האלילים ואלהי מסכה לא תעשו לכם אני יהוה אלהיכם׃
5 तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर ।
וכי תזבחו זבח שלמים ליהוה לרצנכם תזבחהו׃
6 तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् । तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने, त्यो आगोद्वारा जलाइयोस् ।
ביום זבחכם יאכל וממחרת והנותר עד יום השלישי באש ישרף׃
7 यदि त्यो तेस्रो दिनमा खाइयो भने, त्यो मासु अशुद्ध हो; त्यसलाई ग्रहण गरिनुहुँदैन,
ואם האכל יאכל ביום השלישי פגול הוא לא ירצה׃
8 र त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने छ किनभने परमप्रभुको निम्ति जे पवित्र छ त्यो त्यसले अशुद्ध गरेको छ, र त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
ואכליו עונו ישא כי את קדש יהוה חלל ונכרתה הנפש ההוא מעמיה׃
9 तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।
ובקצרכם את קציר ארצכם לא תכלה פאת שדך לקצר ולקט קצירך לא תלקט׃
10 आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
וכרמך לא תעולל ופרט כרמך לא תלקט לעני ולגר תעזב אתם אני יהוה אלהיכם׃
11 चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
לא תגנבו ולא תכחשו ולא תשקרו איש בעמיתו׃
12 मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
ולא תשבעו בשמי לשקר וחללת את שם אלהיך אני יהוה׃
13 आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
לא תעשק את רעך ולא תגזל לא תלין פעלת שכיר אתך עד בקר׃
14 बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।
לא תקלל חרש ולפני עור לא תתן מכשל ויראת מאלהיך אני יהוה׃
15 झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
לא תעשו עול במשפט לא תשא פני דל ולא תהדר פני גדול בצדק תשפט עמיתך׃
16 आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
לא תלך רכיל בעמיך לא תעמד על דם רעך אני יהוה׃
17 आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।
לא תשנא את אחיך בלבבך הוכח תוכיח את עמיתך ולא תשא עליו חטא׃
18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
לא תקם ולא תטר את בני עמך ואהבת לרעך כמוך אני יהוה׃
19 तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
את חקתי תשמרו בהמתך לא תרביע כלאים שדך לא תזרע כלאים ובגד כלאים שעטנז לא יעלה עליך׃
20 मगनी भएको तर मोल नतिरिएको वा स्वतन्त्र नगराइएको कमारी स्‍त्रीसँग सुत्‍नेलाई दण्ड दिइयोस् । तिनीहरूलाई मृत्युदण्ड नदिनू किनभने त्यो मुक्‍त थिई ।
ואיש כי ישכב את אשה שכבת זרע והוא שפחה נחרפת לאיש והפדה לא נפדתה או חפשה לא נתן לה בקרת תהיה לא יומתו כי לא חפשה׃
21 त्यस मानिसले भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ एउटा भेडा दोषबलिको रूपमा ल्याओस् ।
והביא את אשמו ליהוה אל פתח אהל מועד איל אשם׃
22 त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।
וכפר עליו הכהן באיל האשם לפני יהוה על חטאתו אשר חטא ונסלח לו מחטאתו אשר חטא׃
23 तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू । ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने छ । त्यो नखानू ।
וכי תבאו אל הארץ ונטעתם כל עץ מאכל וערלתם ערלתו את פריו שלש שנים יהיה לכם ערלים לא יאכל׃
24 तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने छ ।
ובשנה הרביעת יהיה כל פריו קדש הלולים ליהוה׃
25 पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
ובשנה החמישת תאכלו את פריו להוסיף לכם תבואתו אני יהוה אלהיכם׃
26 कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू । भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू ।
לא תאכלו על הדם לא תנחשו ולא תעוננו׃
27 तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू ।
לא תקפו פאת ראשכם ולא תשחית את פאת זקנך׃
28 मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
ושרט לנפש לא תתנו בבשרכם וכתבת קעקע לא תתנו בכם אני יהוה׃
29 आफ्नी छोरीलाई वेश्‍या बनाएर त्यसको अपमान नगर्नू, नत्रता सारा देश वेश्‍यागमनतिर लाग्‍ला र देश दुष्‍टताले भरिने छ ।
אל תחלל את בתך להזנותה ולא תזנה הארץ ומלאה הארץ זמה׃
30 तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्र स्थानको आदर गर्नू । म परमप्रभु हुँ ।
את שבתתי תשמרו ומקדשי תיראו אני יהוה׃
31 मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ । तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
אל תפנו אל האבת ואל הידענים אל תבקשו לטמאה בהם אני יהוה אלהיכם׃
32 फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।
מפני שיבה תקום והדרת פני זקן ויראת מאלהיך אני יהוה׃
33 तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।
וכי יגור אתך גר בארצכם לא תונו אתו׃
34 तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
כאזרח מכם יהיה לכם הגר הגר אתכם ואהבת לו כמוך כי גרים הייתם בארץ מצרים אני יהוה אלהיכם׃
35 लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।
לא תעשו עול במשפט במדה במשקל ובמשורה׃
36 तिमीहरूले ठिक-ठिक तराजु र ढक, र ठिक-ठिक नाप र तौलहरू प्रयोग गर्नू । तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
מאזני צדק אבני צדק איפת צדק והין צדק יהיה לכם אני יהוה אלהיכם אשר הוצאתי אתכם מארץ מצרים׃
37 तिमीहरूले मेरा सबै आज्ञाहरू र मेरा सबै विधिविधानहरू मान्‍नू र तीअनुसार चल्‍नू । म परमप्रभु हुँ’ ।”
ושמרתם את כל חקתי ואת כל משפטי ועשיתם אתם אני יהוה׃

< लेवीहरू 19 >