< लेवीहरू 17 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Ja Herra puhui Moosekselle sanoen:
2 “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
"Puhu Aaronille ja hänen pojillensa ja kaikille israelilaisille ja sano heille: Näin on Herra käskenyt sanoen:
3 ‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्चा वा बोका मार्दछ,
Kuka ikinä Israelin heimosta teurastaa härän tai karitsan tai vuohen leirissä tai leirin ulkopuolella
4 तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्कृत होस् ।
eikä tuo sitä ilmestysmajan ovelle antaaksensa sen uhrilahjana Herralle Herran asumuksen edessä, hänet pidettäköön vereen vikapäänä; hän on vuodattanut verta, ja se mies hävitettäköön kansastansa.
5 इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।
Sentähden israelilaiset tuokoot uhriteuraansa, jotka he ovat teurastaneet kedolla, Herran eteen ilmestysmajan ovelle, papille, ja siellä uhratkoot ne yhteysuhriksi Herralle.
6 भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ ।
Ja pappi vihmokoon veren Herran alttarille ilmestysmajan oven edessä ja polttakoon rasvan suloiseksi tuoksuksi Herralle.
7 अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्त पुस्तामा यो सधैँको निम्ति विधि हुने छ ।’
Ja älkööt he enää uhratko uhrejansa metsänpeikoille, joiden jäljessä he haureudessa kulkevat. Tämä olkoon heille ikuinen säädös sukupolvesta sukupolveen.
8 तैँले तिनीहरूलाई भन्नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,
Ja sano heille: Kuka ikinä Israelin heimosta tai muukalaisista, jotka asuvat teidän keskellänne, uhraa polttouhrin tai teurasuhrin
9 र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कृत होस् ।
eikä tuo sitä ilmestysmajan ovelle, Herralle uhrattavaksi, se mies hävitettäköön kansastansa.
10 यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कृत गर्ने छु ।
Kuka ikinä Israelin heimosta tai muukalaisista, jotka asuvat teidän keskellänne, syö verta, mitä tahansa, sitä ihmistä vastaan, joka verta syö, minä käännän kasvoni ja hävitän hänet kansastansa.
11 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्चित्त गर्दछ ।
Sillä lihan sielu on veressä, ja minä olen sen teille antanut alttarille, että se tuottaisi teille sovituksen; sillä veri tuottaa sovituksen, koska sielu on siinä.
12 त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ ।
Sentähden minä olen sanonut israelilaisille: Älköön kukaan teistä syökö verta; älköön myöskään muukalainen, joka asuu teidän keskellänne, syökö verta.
13 इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
Ja kuka ikinä Israelin heimosta tai muukalaisista, jotka asuvat teidän keskellänne, saa pyydystetyksi syötävän metsäeläimen tai linnun, hän vuodattakoon sen veren maahan ja peittäköön multaan.
14 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्कृत होस् ।”
Sillä kaiken lihan sielu on sen veri, jossa sen sielu on; sentähden minä sanon israelilaisille: Älkää syökö minkään lihan verta. Sillä kaiken lihan sielu on sen veri; jokainen, joka sitä syö, hävitettäköön.
15 कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
Ja jokainen, olipa hän maassa syntynyt tai muukalainen, joka syö itsestään kuollutta tai kuoliaaksi raadeltua eläintä, pesköön vaatteensa ja peseytyköön vedessä ja olkoon saastainen iltaan asti; niin hän tulee puhtaaksi.
16 तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”
Mutta jos hän ei pese vaatteitansa eikä pese ruumistansa, joutuu hän syynalaiseksi."