< लेवीहरू 17 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Yehova anawuza Mose kuti,
2 “हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
“Uza Aaroni ndi ana ake, pamodzi ndi Aisraeli onse kuti, ‘Chimene Yehova walamula ndi ichi:
3 ‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्चा वा बोका मार्दछ,
Mwisraeli aliyense amene apha ngʼombe, mwana wankhosa kapena mbuzi mu msasa kapena kunja kwa msasa,
4 तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्कृत होस् ।
mʼmalo mobwera nayo pa khomo la tenti ya msonkhano pamaso pa Yehova ndi kuyipereka kuti ikhale nsembe ya Yehova, ameneyo wapalamula mlandu wa magazi, wakhetsa magazi ndipo ayenera kuchotsedwa pakati pa anthu anzake.
5 इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।
Izi zili choncho kuti Aisraeli azibwera ndi nyama zawo za nsembe zimene akanaphera ku malo kwina kulikonse. Aisraeli azibwera nazo nyamazo kwa Yehova, kwa wansembe wokhala pa khomo la tenti ya msonkhano ndipo aziphere pomwepo kuti zikhale nsembe za chiyanjano.
6 भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ ।
Wansembe awaze magazi ake pa guwa la Yehova limene lili pa khomo la tenti ya msonkhano ndipo atenthe mafuta ake kuti atulutse fungo lokomera Yehova.
7 अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्त पुस्तामा यो सधैँको निम्ति विधि हुने छ ।’
Motero asadzapherenso nsembe fano la mbuzi limene amachita nalo zadama. Limeneli ndi lamulo la muyaya kwa iwo ndi mibado ya mʼtsogolo.’”
8 तैँले तिनीहरूलाई भन्नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,
“Uwawuze kuti, ‘Mwisraeli aliyense kapena mlendo amene amakhala pakati pawo akapereka nsembe yopsereza kapena nsembe ina iliyonse
9 र त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने, त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कृत होस् ।
popanda kubwera nayo pa khomo la tenti ya msonkhano kudzayipereka pamaso pa Yehova, munthu ameneyo achotsedwe pakati pa anthu anzake.’”
10 यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कृत गर्ने छु ।
“Mwisraeli aliyense kapena mlendo aliyense wokhala pakati panu amene adya magazi, ndidzamufulatira ndipo ndidzamuchotsa pakati pa anthu anzake.
11 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्चित्त गर्दछ ।
Pakuti moyo wa cholengedwa chilichonse uli mʼmagazi, ndipo ndawupereka kwa inu kuti muzichitira mwambo wopepesera machimo a moyo wanu pa guwa. Pajatu magazi ndiwo amachotsa machimo chifukwa moyo uli mʼmenemo.
12 त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ ।
Choncho ndikuwawuza Aisraeli kuti, ‘Pasapezeke aliyense wa inu wodya magazi, ngakhale mlendo wokhala pakati panu.’”
13 इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
“Mwisraeli aliyense kapena mlendo aliyense wokhala pakati panu amene amasaka ndi kupha nyama zakuthengo kapena mbalame zimene amadya, ataye magazi ake pansi ndi kuwakwirira ndi dothi,
14 किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्कृत होस् ।”
chifukwa moyo wa cholengedwa chilichonse uli mʼmagazi ake. Nʼchifukwa chake ndinawawuza Aisraeli kuti, ‘Musamadye magazi a cholengedwa chilichonse, chifukwa moyo wa cholengedwa chilichonse uli mʼmagazi. Aliyense wodya magaziwo ayenera kuchotsedwa pakati pa anthu anzake.
15 कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
“‘Munthu aliyense, kaya ndi mbadwa kapena mlendo, amene amadya chilichonse chofa chokha, kapena chojiwa ndi zirombo, achape zovala zake ndi kusamba, komabe adzakhala wodetsedwa mpaka madzulo. Kenaka adzakhala woyeretsedwa.
16 तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”
Koma ngati sachapa zovala zake ndi kusamba, adzasenzabe machimo ake.’”