< लेवीहरू 15 >

1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,
خداوند به موسی و هارون فرمود: «این دستورها را به بنی‌اسرائیل بدهید: هرگاه بدن مردی ترشح غیرطبیعی داشته باشد، او نجس خواهد بود.
2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ ।
3 त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
این مایع، چه از بدنش به بیرون ترشح کند و چه نکند، او را نجس می‌سازد.
4 त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ ।
هر رختخوابی که او در آن بخوابد و هر چیزی که روی آن بنشیند نجس خواهد شد.
5 त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
هر کس به رختخواب او دست بزند، تا غروب نجس خواهد بود و باید لباس خود را بشوید و غسل کند.
6 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
هر کس روی چیزی بنشیند که آن مرد هنگام آلودگی خود روی آن نشسته بود، تا غروب نجس خواهد بود و باید لباس خود را بشوید و غسل کند.
7 सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
هر کس به آن مرد دست بزند، باید همین دستورها را اجرا کند.
8 यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
به هر کس آب دهان بیفکند، آن شخص تا غروب نجس خواهد بود و باید لباس خود را بشوید و غسل کند.
9 त्यस्तो रोग लागेको मानिस बस्‍ने काठी अशुद्ध हुने छ ।
روی هر زینی که بنشیند، آن زین نجس خواهد بود.
10 त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
اگر کسی چیزی را که زیر این مرد بوده است بردارد یا به آن دست بزند، تا غروب نجس خواهد بود و باید لباس خود را بشوید و غسل کند.
11 त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।
اگر این مرد نجس بی‌آنکه اول دستهای خود را بشوید، به کسی دست بزند، آن شخص باید لباس خود را بشوید و غسل کند و تا غروب نجس خواهد بود.
12 त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
اگر مرد نجس به یک ظرف سفالین دست بزند، آن ظرف باید شکسته شود؛ ولی اگر به ظرفی چوبی دست بزند آن ظرف را باید شست.
13 त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
«وقتی ترشح او قطع شود، باید هفت روز صبر کند و بعد لباسهایش را بشوید و در آب روان غسل نماید تا طاهر شود.
14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
روز هشتم باید دو قمری یا دو جوجه کبوتر دم در خیمۀ ملاقات به حضور خداوند بیاورد و آنها را به کاهن بدهد.
15 पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
کاهن باید یکی را برای قربانی گناه و دیگری را برای قربانی سوختنی ذبح کند. به این ترتیب کاهن در حضور خداوند برای آن مرد به سبب ترشحی که داشته است کفاره می‌نماید.
16 यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
«هر وقت از مردی منی خارج شود باید خود را کاملاً بشوید؛ او تا غروب نجس خواهد بود.
17 वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
هر پارچه یا چرمی که منی روی آن ریخته باشد باید شسته شود و آن پارچه یا چرم تا غروب نجس خواهد بود.
18 यदि कुनै पुरुष र स्‍त्री सँगै सुते र त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन् ।
زن و مرد بعد از نزدیکی باید غسل کنند و تا غروب نجس خواهند بود.
19 कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।
«زن تا هفت روز بعد از عادت ماهانه‌اش نجس خواهد بود. در آن مدت هر کس به او دست بزند، تا غروب نجس خواهد شد،
20 त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ ।
و او روی هر چیزی بخوابد یا بنشیند، آن چیز نجس خواهد شد.
21 त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
اگر کسی به رختخواب آن زن دست بزند باید لباس خود را بشوید و در آب غسل کند، و او تا غروب نجس خواهد بود.
22 त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।
اگر کسی به چیزی که آن زن روی آن نشسته است، دست بزند، باید لباس خود را بشوید و در آب غسل کند، و او تا غروب نجس خواهد بود.
23 चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
پس خواه رختخواب باشد و خواه هرآنچه او بر آن می‌نشیند، چون کسی به آن دست بزند، تا غروب نجس خواهد بود.
24 यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ ।
مردی که در این مدت با او نزدیکی کند، تا هفت روز نجس خواهد بود و هر رختخوابی که او روی آن بخوابد نجس خواهد بود.
25 यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने, वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे ।
«اگر خونریزی عادت ماهانه بیش از حد معمول جریان داشته باشد یا در طول ماه، بی‌موقع عادت ماهانهٔ او شروع شود، همان دستورهای بالا باید اجرا گردد.
26 रगत बग्‍ने समयमा त्यो पल्‍टिने सबै ओछ्‍यान त्यसको निम्ति रजस्‍वलाको बेलाझैँ हुने छ, र त्यो बस्‍ने सबै कुरा रजस्‍वलाको अशुद्धताझैँ अशुद्ध हुने छ ।
بنابراین در آن مدت او روی هر چیزی که بخوابد یا بنشیند، درست مثل دورهٔ عادت ماهانهٔ عادی نجس خواهد بود.
27 यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
هر کس به رختخواب او یا به چیزی که او روی آن نشسته باشد دست بزند نجس خواهد شد و باید لباس خود را بشوید و غسل کند. او تا غروب نجس خواهد بود.
28 तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।
هفت روز بعد از تمام شدن عادت ماهانه، او دیگر نجس نیست.
29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
روز هشتم باید دو قمری یا دو جوجه کبوتر دم در خیمۀ ملاقات پیش کاهن بیاورد
30 पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
و کاهن یکی را برای قربانی گناه و دیگری را برای قربانی سوختنی ذبح کند و در حضور خداوند برای نجاست عادت ماهانۀ آن زن کفاره نماید.
31 यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।
به این ترتیب قوم اسرائیل را از ناپاکی‌هایشان طاهر کنید مبادا به خاطر آلوده کردن خیمۀ ملاقات من که در میان ایشان است بمیرند.
32 तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,
«این است قوانین برای مردی که به سبب ترشح غیرطبیعی یا خارج شدن مَنی نجس شود،
33 रजस्‍वलाको महिनावारी भएकी स्‍त्री, तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री, र अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”
و همچنین برای دورهٔ عادت ماهانهٔ زن و در مورد هر شخصی است که با آن زن قبل از طهارت وی نزدیکی کند.»

< लेवीहरू 15 >