< लेवीहरू 15 >
1 परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो,
locutusque est Dominus ad Mosen et Aaron dicens
2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्दछ भने, त्यो अशुद्ध हुन्छ ।
loquimini filiis Israhel et dicite eis vir qui patitur fluxum seminis inmundus erit
3 त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्ने भए तापनि वा त्यो बग्न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
et tunc iudicabitur huic vitio subiacere cum per momenta singula adheserit carni illius atque concreverit foedus humor
4 त्यो पल्टिने सबै ओछ्यान अशुद्ध हुने छ, र त्यो बस्ने हरेक कुरा अशुद्ध हुने छ ।
omne stratum in quo dormierit inmundum erit et ubicumque sederit
5 त्यसको ओछ्यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
si quis hominum tetigerit lectum eius lavabit vestimenta sua et ipse lotus aqua inmundus erit usque ad vesperum
6 सङ्क्रमित तरल बग्ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
si sederit ubi ille sederat et ipse lavabit vestimenta sua et lotus aqua inmundus erit usque ad vesperum
7 सङ्क्रमित तरल बग्ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
qui tetigerit carnem eius lavabit vestimenta sua et ipse lotus aqua inmundus erit usque ad vesperum
8 यस्तो सङ्क्रमित तरल बग्ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
si salivam huiuscemodi homo iecerit super eum qui mundus est lavabit vestem suam et lotus aqua inmundus erit usque ad vesperum
9 त्यस्तो रोग लागेको मानिस बस्ने काठी अशुद्ध हुने छ ।
sagma super quo sederit inmundum erit
10 त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्म अशुद्ध हुने छ, र ती कुराहरू बोक्ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
et quicquid sub eo fuerit qui fluxum seminis patitur pollutum erit usque ad vesperum qui portaverit horum aliquid lavabit vestem suam et ipse lotus aqua inmundus erit usque ad vesperum
11 त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्म त्यो अशुद्ध रहने छ ।
omnis quem tetigerit qui talis est non lotis ante manibus lavabit vestimenta sua et lotus aqua inmundus erit usque ad vesperum
12 त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
vas fictile quod tetigerit confringetur vas autem ligneum lavabitur aqua
13 त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
si sanatus fuerit qui huiuscemodi sustinet passionem numerabit septem dies post emundationem sui et lotis vestibus ac toto corpore in aquis viventibus erit mundus
14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
die autem octavo sumet duos turtures aut duos pullos columbae et veniet in conspectu Domini ad ostium tabernaculi testimonii dabitque eos sacerdoti
15 पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्चित्त गर्ने छ ।
qui faciet unum pro peccato et alterum in holocaustum rogabitque pro eo coram Domino ut emundetur a fluxu seminis sui
16 यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहने छ ।
vir de quo egreditur semen coitus lavabit aqua omne corpus suum et inmundus erit usque ad vesperum
17 वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्म अशुद्ध रहने छ ।
vestem et pellem quam habuerit lavabit aqua et inmunda erit usque ad vesperum
18 यदि कुनै पुरुष र स्त्री सँगै सुते र त्यस स्त्रीभित्र वीर्य स्खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्म अशुद्ध रहने छन् ।
mulier cum qua coierit lavabitur aqua et inmunda erit usque ad vesperum
19 कुनै स्त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्म रहने छ, र त्यस स्त्रीलाई छुने मानिस साँझसम्म अशुद्ध हुने छ ।
mulier quae redeunte mense patitur fluxum sanguinis septem diebus separabitur
20 त्यसको महिनावारीको समयमा त्यो पल्टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्ने सबै कुरा अशुद्ध हुने छ ।
omnis qui tetigerit eam inmundus erit usque ad vesperum
21 त्यसको ओछ्यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्म अशुद्ध रहने छ ।
et in quo dormierit vel sederit diebus separationis suae polluetur
22 त्यो बस्ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्म अशुद्ध रहने छ ।
qui tetigerit lectum eius lavabit vestimenta sua et ipse lotus aqua inmundus erit usque ad vesperum
23 चाहे त्यो त्यस स्त्रीको ओछ्यान होस् वा त्यो बस्ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ ।
omne vas super quo illa sederit quisquis adtigerit lavabit vestimenta sua et lotus aqua pollutus erit usque ad vesperum
24 यदि कुनै मानिस त्यस स्त्रीसँग सुत्यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्टिने हरेक ओछ्यान अशुद्ध हुने छ ।
si coierit cum ea vir tempore sanguinis menstrualis inmundus erit septem diebus et omne stratum in quo dormierit polluetur
25 यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्यो भने, वा त्यसको रजस्वलाको समयभन्दा लामो समयसम्म रगत बग्यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे ।
mulier quae patitur multis diebus fluxum sanguinis non in tempore menstruali vel quae post menstruum sanguinem fluere non cessat quamdiu huic subiacet passioni inmunda erit quasi sit in tempore menstruo
26 रगत बग्ने समयमा त्यो पल्टिने सबै ओछ्यान त्यसको निम्ति रजस्वलाको बेलाझैँ हुने छ, र त्यो बस्ने सबै कुरा रजस्वलाको अशुद्धताझैँ अशुद्ध हुने छ ।
omne stratum in quo dormierit et vas in quo sederit pollutum erit
27 यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
quicumque tetigerit eam lavabit vestimenta sua et ipse lotus aqua inmundus erit usque ad vesperum
28 तर यदि त्यो स्त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।
si steterit sanguis et fluere cessarit numerabit septem dies purificationis suae
29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
et octavo die offeret pro se sacerdoti duos turtures vel duos pullos columbae ad ostium tabernaculi testimonii
30 पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्चित्त गर्ने छ ।
qui unum faciet pro peccato et alterum in holocaustum rogabitque pro ea coram Domino et pro fluxu inmunditiae eius
31 यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।
docebitis ergo filios Israhel ut caveant inmunditiam et non moriantur in sordibus suis cum polluerint tabernaculum meum quod est inter eos
32 तरल बग्ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,
ista est lex eius qui patitur fluxum seminis et qui polluitur coitu
33 रजस्वलाको महिनावारी भएकी स्त्री, तरल बग्ने समस्या भएको पुरुष वा स्त्री, र अशुद्ध स्त्रीसँग सुत्ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”
et quae menstruis temporibus separatur vel quae iugi fluit sanguine et hominis qui dormierit cum ea