< लेवीहरू 12 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
locutus est Dominus ad Mosen dicens
2 “इस्राएलका मानिसहरूलाई यसो भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
loquere filiis Israhel et dices ad eos mulier si suscepto semine pepererit masculum inmunda erit septem diebus iuxta dies separationis menstruae
3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
et die octavo circumcidetur infantulus
4 त्यसपछि त्यस स्त्रीको रक्तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।
ipsa vero triginta tribus diebus manebit in sanguine purificationis suae omne sanctum non tanget nec ingredietur sanctuarium donec impleantur dies purificationis eius
5 तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
sin autem feminam pepererit inmunda erit duabus ebdomadibus iuxta ritum fluxus menstrui et sexaginta ac sex diebus manebit in sanguine purificationis suae
6 त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।
cumque expleti fuerint dies purificationis eius pro filio sive pro filia deferet agnum anniculum in holocaustum et pullum columbae sive turturem pro peccato ad ostium tabernaculi testimonii et tradet sacerdoti
7 त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्त्रीको निम्ति प्रायश्चित्त गर्ने छ, र त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्त्रीको निम्ति विधि यही नै हो ।
qui offeret illa coram Domino et rogabit pro ea et sic mundabitur a profluvio sanguinis sui ista est lex parientis masculum ac feminam
8 यदि त्यस स्त्रीको भेडाको बच्चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”
quod si non invenerit manus eius nec potuerit offerre agnum sumet duos turtures vel duos pullos columbae unum in holocaustum et alterum pro peccato orabitque pro ea sacerdos et sic mundabitur