< लेवीहरू 12 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
And the Lord said to Moses,
2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
Say to the children of Israel, If a woman is with child and gives birth to a male child, she will be unclean for seven days, as when she is unwell.
3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
And on the eighth day let him be given circumcision.
4 त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।
And she will be unclean for thirty-three days till the flow of her blood is stopped; no holy thing may be touched by her, and she may not come into the holy place, till the days for making her clean are ended.
5 तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
But if she gives birth to a female child, then she will be unclean for two weeks, as when she is unwell; and she will not be completely clean for sixty-six days.
6 त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।
And when the days are ended for making her clean for a son or a daughter, let her take to the priest at the door of the Tent of meeting, a lamb of the first year for a burned offering and a young pigeon or a dove for a sin-offering:
7 त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।
And the priest is to make an offering of it before the Lord and take away her sin, and she will be made clean from the flow of her blood. This is the law for a woman who gives birth to a male or a female.
8 यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”
And if she has not money enough for a lamb, then let her take two doves or two young pigeons, one for a burned offering and the other for a sin-offering, and the priest will take away her sin and she will be clean,

< लेवीहरू 12 >