< लेवीहरू 10 >
1 हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।
Tedy synowie Aaronowi, Nadab i Abiju, wziąwszy każdy kadzielnicę swoję, włożyli w nią ognia, i włożywszy nań kadzidła ofiarowali przed obliczem Pańskiem ogień obcy, czego im był nie rozkazał.
2 यसैकारण परमप्रभुको सामुबाट आगो निस्कियो र तिनीहरूलाई भष्म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
Przetoż wyszedłszy ogień od twarzy Pańskiej, poraził je; i pomarli przed Panem.
3 अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
Zatem rzekł Mojżesz do Aarona: Toć to jest, co powiedział Pan, mówiąc: W tych, którzy przystępują do mnie, poświęcony będę, i przed oblicznością wszystkiego ludu uwielbiony będę; i zamilkł Aaron.
4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसाफानलाई बोलाएर भने, “यहाँ आओ र पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ ।”
Tedy wezwał Mojżesz Misaela i Elisafana, synów Husyjela, stryja Aaronowego, i rzekł do nich: Przystąpcie, a wynieście bracią waszę z świątnicy precz za obóz.
5 यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए र तिनीहरूलाई छाउनीबाट बाहिर लगे ।
Przyszli tedy, a wynieśli je i z szatami ich precz za obóz, jako był rozkazał Mojżesz.
6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
Rzekł potem Mojżesz do Aarona i do Eleazara i do Itamara, synów jego: Głów waszych nie obnażajcie, ani szat swych rozdzierajcie, byście nie pomarli, a Bóg nie rozgniewał się na wszystko zgromadzenie. Ale bracia wasi, wszystek dom synów Izraelskich, niech płaczą tego spalenia, które uczynił Pan.
7 तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
Ze drzwi też namiotu zgromadzenia nie wychodźcie, byście snać nie pomarli; albowiem olejek pomazania Pańskiego jest na was. I uczynili według rozkazania Mojżeszowego.
8 परमप्रभु यसो भनेर हारूनसँग बोल्नुभयो,
Zatem rzekł Pan do Aarona, mówiąc:
9 “तँ र तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू, नत्रता तिमीहरू मर्ने छौ । पवित्र र साधारण, अनि अशुद्ध र शुद्धबिच भेद गराउनको निम्ति,
Wina i napoju mocnego nie będziesz pił, ty i synowie twoi z tobą, gdy będziecie mieli wchodzić do namiotu zgromadzenia, abyście nie pomarli; ustawa to wieczna będzie w narodziech waszych;
10 तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
Abyście rozeznawać mogli między rzeczą świętą, i między rzeczą pospolitą, i między rzeczą nieczystą, i między rzeczą czystą;
11 ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक ।”
Ażebyście nauczali synów Izraelskich wszystkich ustaw, które im rozkazał Pan przez Mojżesza.
12 मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
Mówił potem Mojżesz do Aarona i do Eleazara i Itamara, synów jego, którzy byli pozostali: Weźmijcie ofiarę śniedną, która została od ognistych ofiar Pańskich, a jedzcie ją z przaśnikami przy ołtarzu; bo rzecz najświętsza jest.
13 तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।
Przetoż jeść ją będziecie na miejscu świętem, bo to prawo twoje, i prawo synów twoich, z ognistych ofiar Pańskich; bo mi tak rozkazano.
14 डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।
Także mostek obracania, i łopatkę podnoszenia będziecie jedli na miejscu czystem, ty i synowie twoi, i córki twoje z tobą; albowiem to prawem tobie, i prawem synom twoim dano z ofiar spokojnych synów Izraelskich.
15 तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”
Łopatkę podnoszenia, i mostek obracania z ofiarami ognistemi, i tłustością przyniosą, aby je tam i sam obracano przed obliczem Pańskiem; a to będzie tobie i synom twoim z tobą prawem wiecznem, jako rozkazał Pan.
16 त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,
Potem Mojżesz szukał pilnie kozła ofiarowanego za grzech, a oto, już spalony był; i dla tego rozgniewawszy się na Eleazara i Itamara, syny Aaronowe, którzy byli pozostali, mówił:
17 “तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ, किनकि त्यो अति पवित्र हो, र समुदायको पाप हटाउन र उहाँको सामु तिनीहरूका निम्ति प्रायश्चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन र?
Przeczżeście nie jedli ofiary za grzech na miejscu świętem? albowiem to jest rzecz najświętsza, ponieważ ją wam dano, abyście nosili nieprawość wszystkiego ludu na oczyszczenie ich przed obliczem Pańskiem.
18 हेर, त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन, यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो ।”
A oto, nie jest wniesiona krew jego wewnątrz do świątnicy; mieliście go jeść w świątnicy, jakom rozkazał.
19 त्यसपछि हारूनले मोशालाई जवाफ दिए, “हेर्नुहोस्, तिनीहरूले आज परमप्रभुको अगि पापबलि र होमबलि अर्पण गरे, अनि आज मलाई यस्तो हुन आयो । यदि मैले त्यो पापबलि खाएको भए, के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो?”
Tedy Aaron odpowiedział Mojżeszowi: Oto, dziś ofiarowali ofiarę swoją za grzech, i ofiarę całopalenia swego przed obliczem Pańskiem, a oto mię spotkało; gdybym był jadł dziś ofiarę za grzech, izaliby się to było podobało Panu?
20 जब मोशाले यो सुने, उनी सन्तुष्ट भए ।
To gdy usłyszał Mojżesz, przestał na tem.