< लेवीहरू 1 >

1 परमप्रभुले मोशालाई भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो,
And the LORD called unto Moses, and spake unto him out of the tent of meeting, saying,
2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।
Speak unto the children of Israel, and say unto them, When any man of you offereth an oblation unto the LORD, ye shall offer your oblation of the cattle, [even] of the herd and of the flock.
3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।
If his oblation be a burnt offering of the herd, he shall offer it a male without blemish: he shall offer it at the door of the tent of meeting, that he may be accepted before the LORD.
4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।
And he shall lay his hand upon the head of the burnt offering; and it shall be accepted for him to make atonement for him.
5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।
And he shall kill the bullock before the LORD: and Aaron’s sons, the priests, shall present the blood, and sprinkle the blood round about upon the altar that is at the door of the tent of meeting.
6 तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।
And he shall flay the burnt offering, and cut it into its pieces.
7 अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।
And the sons of Aaron the priest shall put fire upon the altar, and lay wood in order upon the fire:
8 हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।
and Aaron’s sons, the priests, shall lay the pieces, the head, and the fat, in order upon the wood that is on the fire which is upon the altar:
9 तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
but its inwards and its legs shall he wash with water: and the priest shall burn the whole on the altar, for a burnt offering, an offering made by fire, of a sweet savour unto the LORD.
10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।
And if his oblation be of the flock, of the sheep, or of the goats, for a burnt offering; he shall offer it a male without blemish.
11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
And he shall kill it on the side of the altar northward before the LORD: and Aaron’s sons, the priests, shall sprinkle its blood upon the altar round about.
12 त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,
And he shall cut it into its pieces, with its head and its fat: and the priest shall lay them in order on the wood that is on the fire which is upon the altar:
13 तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
but the inwards and the legs shall he wash with water: and the priest shall offer the whole, and burn it upon the altar: it is a burnt offering, an offering made by fire, of a sweet savour unto the LORD.
14 यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।
And if his oblation to the LORD be a burnt offering of fowls, then he shall offer his oblation of turtledoves, or of young pigeons.
15 पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।
And the priest shall bring it unto the altar, and wring off its head, and burn it on the altar; and the blood thereof shall be drained out on the side of the altar:
16 त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।
and he shall take away its crop with the filth thereof, and cast it beside the altar on the east part, in the place of the ashes:
17 त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।
and he shall rend it by the wings thereof, [but] shall not divide it asunder: and the priest shall burn it upon the altar, upon the wood that is upon the fire: it is a burnt offering, an offering made by fire, of a sweet savour unto the LORD.

< लेवीहरू 1 >