< विलाप 1 >
1 एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
Mano kaka dala maduongʼ mane ji ngʼenyie odongʼ nono! Kinde moro ne en dala malich miwuoro to koro ochalo gi dhako ma chwore otho! Ne en ruoth madhako e kind pinje, to tinde osebedo misumba.
2 त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।
Oywak malit gotieno, pi wangʼe ridore e lembe. Kuom joherane duto, onge moro manyalo hoye. Osiepene duto osendhoge kendo gisebedo jowasike.
3 गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।
Bangʼ sand gi tij achuna, Juda oseter e twech. Odak e dier ogendini kendo oonge kar yweyo. Jogo duto malawe osemake kapod en e chandruok malich.
4 सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन । त्यसका सबै मूल ढोका उजाड भएका छन् । त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् । त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ ।
Yore madhiyo Sayun ywagore, nimar onge ngʼato mabiro e nyasi mag sewni moyier. Dhorangeye duto odongʼ nono maonge ji, jodologe ywak ka chur, jotichge ma nyiri okuyo, to en owuon en gi lit malich.
5 त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्ट दिनुभएको छ । त्यसका स-साना बालबच्चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
Wasike ema tinde otelone, kendo wasikego dhi maber. Jehova Nyasaye osekelone chandruok nikech richone mangʼeny. Nyithinde oseter e twech, kendo gisebedo kaka joma omaki e nyim wasigu.
6 सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ । त्यसका राजकुमारहरू खर्क पाउन नसक्ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेको अगिअगि भाग्छन् ।
Duongʼ mar loch duto mane nyar Sayun nigo oserumo. Jodonge chalo gi mwanda modenyo ma ok yud lum machamo, giringo ka gionge gi teko e nyim joma lawogi.
7 त्यसले कष्ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ । त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन । वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे ।
E ndalo mane Jerusalem ni e chandruok kod chuny lit, noparo mwandune duto mane en-go e ndalo machon. Wasike nojare kendo onyiero kuom thagruok mage.
8 यरूशलेमले घोर पाप गर्यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्ने कोसिस गर्छ ।
Jerusalem osetimo richo madongo omiyo koro osebedo mochido. Ji duto mane omiye luor koro ochaye, nimar giseneno duge; kendo koro oywak kochur nikech wiye kuot.
9 त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्च्यायो, “हे परमप्रभु, मेरो कष्टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”
Chilo ma en-go omienore e lepe, ne ok odewo gima biro timorene bangʼe. Nopodho malich miwuoro, to onge ngʼama ne nyalo hoye. Yaye Jehova Nyasaye, neye chandruok ma an-go, nimar wasigu oseloyo.
10 वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।
Wasigu oseyako mwandune duto; oseneno ogendini ma jopiny ka donjoe kare maler mar lemo, jogo misekwero ni kik donji e kari maler mar lemo.
11 त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।
Joge duto chur kaywagore ka gimanyo chiemo; giloko mwandugi mondo giyud chiemo, mondo gibed mangima. “Yaye Jehova Nyasaye, neye kendo iparae, nimar ji ochaya.”
12 यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।
Un ji duto makadho, onge lich muneno kuom gima timorenani? Lokreuru anena mondo unee, ka bende nitiere masira machielo machalo gi masira moyudani, ma Jehova Nyasaye oseketo kuoma e odiechiengʼ mar mirimbe mager?
13 उहाँले उच्चबाट मेरा हड्डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।
Ne ooro mach koa e polo, modonjo e chokena. Nochiko obadho momako tiendena kendo nodwoka chien. Nomiya abedo modhier kadongʼ kenda ka aol maonge teko odiechiengʼ duto.
14 मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।
Richona osetwe e ngʼuta ka jok; adier osetweyogi gi lwete owuon. Oseketgi e ngʼuta kendo Ruoth Nyasaye osetieko tekra, bende osejwangʼa e lwet joma ok anyal loyo.
15 मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ । मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ । परमप्रभुले यहूदाका कन्या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ ।
“Ruoth Nyasaye osekwedo jolweny maga duto; osechoko jolweny mondo omonja, kendo otiek yawuota ma jolweny. Ruoth Nyasaye osekumo nyar Juda mapok ongʼeyo chwo e kare mar biyo olemb mzabibu.
16 यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्चा बेसहारा छन् ।
“Ma emomiyo aywak kendo pi wangʼa mol e lemba. Onge ngʼat machiegni koda ma dihoya, bende onge ngʼat ma dikwe chunya. Nyithinda odongʼ kiye nikech wasigu oselocho.”
17 सियोनले आफ्ना हात फैलाएको छ । त्यसलाई सान्त्वना दिने कोही छैन । याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ । यरूशलेम तिनीहरूका लागि अशुद्ध छ ।
Sayun tingʼo bedene malo kaywak, to onge ngʼama nyalo hoye. Jehova Nyasaye oseketo chik ni Jakobo, ni jogo modak bute, mondo obed wasike; Jerusalem osebedo gima ochido e diergi.
18 परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।
Jehova Nyasaye en Nyasaye makare, to kata kamano ne angʼanyo ne chikene. Winjuru, un ji duto; kendo neeuru kaka achandora. Yawuota gi nyiga osemaki moter e twech.
19 मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्ट भए ।
Ne aluongo osiepena, to ne gindhoga. Jodolo maga gi jodonga notho e dala maduongʼ, kane gimanyo chiemo mondo gibed mangima.
20 हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
Yaye Jehova Nyasaye, nee kaka anie chandruok malich! Iya nyawni, kendo chunya chandore malich, nikech ok aseluoro chikeni. Lweny nego ji oko mar dala to ei dala bende tho nekoe.
21 तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।
Ji osewinjo ywakna, to onge ngʼama dewa. Wasika duto osewinjo chandruokna; kendo gimor kuom gik ma isetimona. Mad ikel odiechiengʼ mane iselando mondo omi gichal koda.
22 तिनीहरूका सबै दुष्टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।
We mondo timbegi mamono ochop e nyimi; kendo timnegi, mana kaka isetimona kuom richona duto. An gi pek mangʼeny kendo chunya onyosore.