< विलाप 5 >
1 हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
Spomeni se, Jahve, što nas je snašlo, pogledaj, vidi sramotu našu!
2 हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
Baština naša pade u ruke strancima, domovi naši pripadoše tuđincima.
3 हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
Siročad smo: oca nemamo, majke su nam kao udovice.
4 हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
Vodu što pijemo plaćamo novcem, i za drvo valja nam platiti.
5 हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
Jaram nam je o vratu, gone nas, iscrpljeni smo, ne daju nam predahnuti.
6 पर्याप्त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
Pružamo ruke k Egiptu i Asiriji da se kruha nasitimo.
7 हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
Oci naši zgriješiše i više ih nema, a mi nosimo krivice njihove.
8 कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
Robovi nama zapovijedaju, a nitko da nas izbavi iz ruku njihovih.
9 उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
Kruh svoj donosimo izlažući život maču u pustinji.
10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
Koža nam gori kao peć užarena, ognjicom od plamena gladi.
11 सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
Oskvrnuli su žene na Sionu i djevice u gradovima judejskim.
12 राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
Svojim su rukama vješali knezove, ni lica staračka nisu poštivali.
13 युवाहरू जाँतोमा अन्न पिँध्न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
Mladići su nosili žrvnjeve, djeca padala pod bremenom drva.
14 धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
Starci su ostavili vrata, mladići više ne sviraju na lirama.
15 हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
Radosti nesta iz naših srdaca, naš ples se pretvori u tugovanje.
16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ ।
Pao je vijenac s naše glave, jao nama što zgriješismo!
17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
Evo zašto nam srce boluje, evo zašto nam oči se zastiru:
18 सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
zato što Gora sionska opustje i po njoj se šuljaju šakali.
19 तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
Ali ti, Jahve, ostaješ zauvijek, tvoj je prijesto od koljena do koljena.
20 तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्नुहुन्छ?
Zašto da nas zaboraviš zauvijek, da nas ostaviš za mnoge dane?
21 हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
Vrati nas k sebi, Jahve, obratit ćemo se, obnovi dane naše kao što nekoć bijahu.
22 तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।
Il' nas hoćeš sasvim zabaciti i na nas se beskrajno srditi?