< विलाप 4 >
1 सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्ट छन् ।
Haa! Golide wathimbirira, golide wosalala wasinthikiratu! Amwazamwaza miyala yokongola ya kumalo opatulika pamphambano ponse pa mzinda.
2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।
Haa! Ana a Ziyoni amtengowapatali amene kale anali ngati golide, tsopano ali ngati miphika ya dothi, ntchito ya owumba mbiya!
3 स्यालका माउहरूले पनि आफ्ना बच्चाहरूलाई थुन चुस्न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे ।
Ngakhale nkhandwe zimapereka bere kuyamwitsa ana ake, koma anthu anga asanduka ankhanza ngati nthiwatiwa mʼchipululu.
4 दूध चुस्ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
Lilime la mwana lakangamira kukhosi chifukwa cha ludzu, ana akupempha chakudya, koma palibe amene akuwapatsa.
5 मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन् । वैजनी वस्त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन् ।
Iwo amene kale ankadya zonona akupemphetsa mʼmisewu ya mu mzinda. Iwo amene kale ankavala zokongola tsopano akugona pa phulusa.
6 मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।
Kuyipa kwa anthu anga kunali kwakukulu kuposa anthu a ku Sodomu, amene anawonongedwa mʼkamphindi kochepa popanda owathandiza.
7 त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए । तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए ।
Akalonga ake anali owala koposa chisanu chowundana ndi oyera kuposa mkaka. Matupi awo anali ofiira kuposa miyala ya rubi, maonekedwe awo ngati miyala ya safiro.
8 अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ । तिनीहरू सडकहरूमा चिनिँदैनन् । तिनीहरूको छाला हड्डीहरूमा टाँसिएको छ । यो काठ जत्तिकै सुक्खा भएको छ ।
Koma tsopano maonekedwe awo ndi akuda kuposa mwaye; palibe angawazindikire mʼmisewu ya mu mzinda. Khungu lawo lachita makwinyamakwinya pa mafupa awo; lawuma gwaa ngati nkhuni.
9 तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।
Amene anaphedwa ndi lupanga aliko bwino kuposa amene anafa ndi njala; chifukwa chosowa chakudya cha mʼmunda iwowa ankafowoka ndi njala mpaka kufa.
10 दयालु स्त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्ट पारिँदा ती बालबच्चा तिनीहरूको खानेकुरा बने ।
Amayi achifundo afika pophika ana awo enieni, ndiwo anali chakudya chawo pamene anthu anga anali kuwonongeka.
11 परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्यो ।
Yehova wakwaniritsa ukali wake; wagwetsa pansi mkwiyo wake woopsa. Ndipo wayatsa moto mʼZiyoni kuti uwononge maziko ake.
12 शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्नेथिए भनी पृथ्वीका राजाहरूले विश्वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्वास गर्यो ।
Mafumu a pa dziko lapansi sanakhulupirire, kapena wina aliyense wokhala pa dziko lonse, kuti adani kapena ankhondo akhoza kulowa pa zipata za Yerusalemu.
13 त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।
Koma izi zinachitika chifukwa cha kuchimwa kwa aneneri ake ndi mphulupulu za ansembe ake, amene ankapha anthu osalakwa pakati pawo.
14 अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।
Tsopano akungoyendayenda mʼmisewu ya mu mzinda ngati anthu osaona. Iwo ndi odetsedwa kwambiri ndi magazi palibe yemwe angayerekeze nʼkukhudza komwe chovala chawo.
15 तिनीहरूलाई देखेर मानिसहरू चिच्च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्न सक्दैनन् ।”
Anthu akuwafuwulira kuti, “Chokani! Inu anthu odetsedwa!” “Chokani! Chokani! Musatikhudze ife!” Akamathawa ndi kumangoyendayenda, pakati pa anthu a mitundu yonse amati, “Asakhalenso ndi ife.”
16 परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।
Yehova mwini wake wawabalalitsa; Iye sakuwalabadiranso. Ansembe sakulandira ulemu, akuluakulu sakuwachitira chifundo.
17 सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्यौँ, जसले हामीलाई बचाउन सकेन ।
Ndiponso maso athu atopa nʼkuyangʼana, chithandizo chosabwera nʼkomwe, kuchokera pa nsanja zathu tinadikirira mtundu wa anthu umene sukanatipulumutsa.
18 तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए । हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ । हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए । हाम्रो अन्त्य आइसकेको थियो ।
Anthu ankalondola mapazi athu, choncho sitikanayenda mʼmisewu yathu mu mzinda. Chimaliziro chathu chinali pafupi, masiku athu anali owerengeka, chifukwa chimaliziro chathu chinali chitafika.
19 हामीले खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए । तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे ।
Otilondola akuthamanga kwambiri kuposa ziwombankhanga mu mlengalenga; anatithamangitsa mpaka ku mapiri ndi kutibisalira mʼchipululu.
20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्ने छौँ ।”
Wodzozedwa wa Yehova, mpweya wathu wotipatsa moyo, anakodwa mʼmisampha yawo. Tinaganiza kuti tidzakhala pansi pa mthunzi wake pakati pa mitundu ya anthu.
21 हे ऊज देशमा बस्ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्नेछेस्, र नाङ्गो पारिने छेस् ।
Kondwera ndi kusangalala, mwana wamkazi wa Edomu. Iwe amene umakhala mʼdziko la Uzi. Koma iwenso chikho chidzakupeza; udzaledzera mpaka kukhala maliseche.
22 हे सियोनकी छोरी, तेरो दण्ड समाप्त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।
Iwe mwana wamkazi wa Ziyoni, chilango chako chidzatha; Iye sadzatalikitsa nthawi yako ya ukapolo. Koma Yehova adzalanga machimo ako, iwe mwana wamkazi wa Edomu, ndi kuyika poyera mphulupulu zako.