< विलाप 3 >

1 परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।
Ni ne mutumin da ya ga azaba ta wurin bulalar fushin Ubangiji.
2 उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
Ya kore ni, ya sa na yi tafiya a cikin duhu maimakon a cikin haske;
3 निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
ba shakka, ya juya mini baya, yana gāba da ni sau da sau, dukan yini.
4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
Ya sa fatar jikina da naman jikina sun tsufa ya kuma karya ƙasusuwana.
5 उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
Ya yi mini kwanton ɓauna ya kuma kewaye ni da baƙin ciki da kuma wahala.
6 उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।
Ya sa na zauna a cikin duhu kamar waɗanda suka mutu da jimawa.
7 उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
Ya kewaye ni yadda ba zan iya gudu ba; Ya daure ni da sarƙa mai nauyi.
8 र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
Ko lokacin da nake kira don neman taimako, ba ya jin addu’ata.
9 काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
Ya tare hanyata da tubula na duwatsu; ya sa hanyata ta karkace.
10 उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ ।
Kamar beyar da take a laɓe tana jira, kamar zaki a ɓoye,
11 उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
ya janye ni daga kan hanya ya ɓatar da ni ya bar ni ba taimako.
12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
Ya ja kwarinsa ya sa in zama abin baratarsa.
13 उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
Ya harbi zuciyata da kibiyoyin kwarinsa.
14 म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
Na zama abin dariya ga mutanena duka; suna yi mini ba’a cikin waƙa dukan yini.
15 उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
Ya cika ni da kayan ɗaci ya gundure ni da abinci mai ɗaci.
16 उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
Ya kakkarya haƙorana da tsakuwa; ya tattake ni cikin ƙura.
17 मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।
An hana ni salama; na manta da ko mene ne ake kira wadata.
18 त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
Saboda haka na ce, “Darajata ta ƙare da kuma duk abin da nake begen samu daga wurin Ubangiji.”
19 मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।
Na tuna da azabata da kuma sintiri, da na yi ta yi da ɗacin rai.
20 म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
Na tuna su sosai, sai kuma na ji ba daɗi a raina.
21 तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः
Duk da haka na tuna da wannan na kuma sa bege ga nan gaba.
22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
Domin ƙaunar Ubangiji ba mu hallaka ba; gama jiyejiyanƙansa ba su ƙarewa.
23 ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्‍वसनीयता महान् छ ।
Sababbi ne kowace safiya; amincinka kuwa mai girma ne.
24 मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
Na ce wa kaina, “Ubangiji shi ne nawa; saboda haka zan jira shi.”
25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।
Ubangiji mai alheri ne ga waɗanda suke da bege a cikinsa, ga kuma wanda yake neman shi;
26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
yana da kyau ka jira shiru domin samun ceton Ubangiji.
27 आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ ।
Yana da kyau mutum yă sha wuya tun yana yaro.
28 त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।
Bari yă zauna shiru shi kaɗai, gama haka Ubangiji ya sa yă yi.
29 त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
Bari yă ɓoye fuskarsa cikin ƙura kila akwai bege.
30 त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
Bari yă ba da kumatunsa a mare shi, yă kuma bari a ci masa mutunci.
31 किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन,
Gama Ubangiji ba ya yashe mutane har abada.
32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
Ko da ya kawo ɓacin rai, zai nuna tausayi sosai, ƙaunarsa tana da yawa.
33 किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।
Gama ba haka kawai yake kawo wahala ko ɓacin rai ga’yan adam ba.
34 पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,
Bai yarda a tattake’yan kurkuku a ƙasa ba,
35 सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,
ko kuma a danne wa mutum hakkinsa a gaban Maɗaukaki,
36 कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।
ko kuma a danne wa mutum shari’ar gaskiya ashe Ubangiji ba zai ga irin waɗannan abubuwa ba?
37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?
Wane ne ya isa yă yi magana kuma ta cika in ba Ubangiji ne ya umarta ba?
38 के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?
Ba daga bakin Maɗaukaki ne bala’i da abubuwa masu kyau suke fitowa ba?
39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
Don mene ne wani mai rai zai yi gunaguni sa’ad da aka ba shi horo domin zunubansa?
40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
Bari mu auna tafiyarmu mu gwada ta, sai mu kuma koma ga Ubangiji.
41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ:
Bari mu ɗaga zuciyarmu da hannuwanmu ga Allah na cikin sama, mu ce,
42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
“Mun yi zunubi mun yi tawaye ba ka kuwa gafarta ba.
43 तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।
“Ka rufe kanka da fushi, ka fafare mu; ka karkashe mu ba tausayi.
44 कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ ।
Ka rufe kanka da gajimare don kada addu’armu ta kai wurinka.
45 तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।
Ka mai da mu tarkace da juji a cikin mutane.
46 हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।
“Dukan maƙiyanmu suna ta yin mana magana marar daɗi.
47 आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
Muna cika da tsoro, da lalatarwa da hallakarwa.”
48 मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
Hawaye na kwararowa daga idanuna domin an hallaka mutanena.
49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
Idanuna za su ci gaba da kwararowa da hawaye, ba hutawa.
50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।
Har sai in Ubangiji ya duba daga sama ya gani.
51 मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
Abin da nake gani yana kawo mini baƙin ciki domin dukan matan birnina.
52 मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।
Maƙiyana suna farauta ta ba dalili kamar tsuntsu.
53 तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
Sun yi ƙoƙari su kashe ni a cikin rami suka kuma jajjefe ni da duwatsu;
54 अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
ruwaye suka rufe kaina, sai na yi tunani cewa na kusa mutuwa.
55 हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
Na yi kira ga sunanka, ya Ubangiji, daga rami mai zurfi.
56 “मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो ।
Ka ji roƙona, “Kada ka toshe kunnuwanka ka ƙi jin roƙona na neman taimako.”
57 मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।”
Ka zo kusa lokacin da na kira ka, kuma ka ce mini, “Kada ka ji tsoro.”
58 हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
Ya Ubangiji, ka goyi bayana; ka fanshi raina.
59 हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।
Ya Ubangiji, ka ga inda aka yi mini ba daidai ba. Ka shari’anta, ka ba ni gaskiya!
60 तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।
Ka ga zurfin ramakonsu, da duk mugun shirin da suke yi mini.
61 हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।
Ya Ubangiji, ka ji zaginsu, da duka mugun shirin da suke yi mini
62 मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।
Abin da maƙiyana suke yin raɗa a kai game da ni duk yini.
63 तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।
Dube su! A zaune ko a tsaye, suna yi mini ba’a cikin waƙoƙinsu.
64 हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।
Ka ba su abin da ya dace su samu, ya Ubangiji, domin abin da hannuwansu suka yi.
65 तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
Ka sa yana ta rufe zuciyarsu, kuma bari la’anarka ta bi su.
66 हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।
Ka fafare su cikin fushi ka hallaka su daga cikin duniya ta Ubangiji.

< विलाप 3 >