< विलाप 3 >
1 परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्ने मानिस म नै हुँ ।
Ich bin der Mann, der Elend sah unter der Rute seines Grimms.
2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
Mich hat er getrieben und geführt in Finsternis und tiefes Dunkel.
3 निश्चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
Ja, gegen mich kehrt er immer auf neue den ganzen Tag seine Hand.
4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
Aufgerieben hat er mein Fleisch und meine Haut, meine Gebeine zerbrochen,
5 उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
rings um mich aufgebaut Gift und Drangsal,
6 उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्न लगाउनुभयो ।
mich in tiefe Finsternis versetzt wie in der Urzeit Verstorbene.
7 उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
Er hat mich ummauert ohne Ausweg, meine Ketten beschwert;
8 र मैले सहायताको लागि पुकारे र चिच्च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
ob ich auch schreie und rufe, er hemmt mein Gebet,
9 काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
vermauerte meine Wege mit Quadern, verstörte meine Pfade.
10 उहाँ आक्रमण गर्न ढुकेर बस्ने भालुजस्तो र लुकेर बस्ने सिंहजस्तो हुनुहुन्छ ।
Ein lauernder Bär war er mir, ein Löwe im Hinterhalt.
11 उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
Er hat meine Wege in die Irre geführt und mich zerrissen, mich verödet gemacht,
12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
hat seinen Bogen gespannt und mich aufgestellt als Ziel für den Pfeil,
13 उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
in meine Nieren gesandt seines Köchers Söhne.
14 म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
Ich ward zum Gelächter für alle Völker, ihr Spottlied den ganzen Tag.
15 उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
Er sättigte mich mit Bitternissen, berauschte mich mit Wermut
16 उहाँले रोडाले मेरा दाँत पिँध्नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
und ließ meine Zähne Kiesel zermalmen, mich in Asche mich wälzen.
17 मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
Du raubtest meiner Seele den Frieden, ich vergaß des Glücks
18 त्यसैले म भन्छु, “मेरो धैर्य नष्ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
und sprach: dahin ist meine Lebenskraft, mein Vertrauen auf Jahwe.
19 मेरो कष्ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।
Gedenke meines Elends und meiner Irrsal, des Wermuts und des Gifts!
20 म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
Es gedenkt, es gedenkt und ist gebeugt in mir meine Seele.
21 तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः
Dies will ich zu Herzen nehmen, darum will ich hoffen:
22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
Jahwes Gnaden sind ja noch nicht aus, sein Erbarmen ja nicht zu Ende;
23 ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्वसनीयता महान् छ ।
jeden Morgen ist es neu, groß ist deine Treue!
24 मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
Mein Teil ist Jahwe, spricht meine Seele, darum will ich auf ihn hoffen.
25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।
Gütig ist Jahwe gegen die, so auf ihn harren, gegen die Seele, die ihn sucht.
26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
Gut ist's, schweigend zu harren auf die Hilfe Jahwes.
27 आफ्नो युवावस्थामा जुवा बोक्नु मानिसको लागि राम्रो हुन्छ ।
Gut ist's dem Manne, zu tragen das Joch in seiner Jugend.
28 त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।
Er sitze einsam und schweige, weil er's ihm auferlegt.
29 त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
Er berühre mit seinem Munde den Staub, vielleicht ist noch Hoffnung;
30 त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
biete dem, der ihn schlägt, die Wange, werde mich Schmach gesättigt.
31 किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्नुहुने छैन,
Denn nicht auf ewig verstößt der Herr.
32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
sondern, wenn er betrübt hat, so erbarmt er sich wieder nach der Fülle seiner Gnade.
33 किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्न वा कष्ट दिनुहुन्न ।
Denn er plagt nicht aus Lust und betrübt die Menschenkinder.
34 पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,
Daß man unter die Füße tritt alle Gefangenen des Landes,
35 सर्वोच्च परमेश्वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,
das Recht eines Mannes beugt vor dem Antlitz des Höchsten,
36 कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्न ।
eines Menschen Streitsache verdreht, - sollte das der Herr nicht sehn?
37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?
Wer ist, der da sprach, und es geschah, ohne daß der Herr es geboten?
38 के सर्वोच्च परमेश्वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?
Geht nicht aus dem Munde des Höchsten hervor das Böse und das Gute?
39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
Was seufzt der Mensch, so lang er lebt? Ein jeder seufze über seine Sünden!
40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
Laßt uns unsern Wandel prüfen und erforschen und zu Jahwe uns bekehren!
41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्वमा उठाऔँ, र भनौँ:
Laßt uns Herz und Hände erheben zu Gott im Himmel!
42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
Wir haben gesündigt und sind ungehorsam gewesen, du hast nicht vergeben,
43 तपाईंले आफैलाई रिसले ढाक्नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।
hast dich verhüllt in Zorn und uns verfolgt, gemordet ohne Erbarmen,
44 कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्नुभएको छ ।
hast dich in Gewölk verhüllt, daß kein Gebet hindurchdrang.
45 तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।
Zu Kehricht und Abscheu machtest du uns inmitten der Völker.
46 हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।
Ihren Mund rissen auf über uns alle unsere Feinde.
47 आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
Grauen und Grube ward uns zu teil, Verwüstung und Verderben.
48 मेरा जाति नष्ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
Ströme Wassers thränt mein Auge über das Verderben der Tochter meines Volks.
49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
Ruhelos fließt mein Auge ohne Aufhören,
50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्न ।
bis daß herniederschaue und darein sehe Jahwe vom Himmel.
51 मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
Meine Thräne zehrt an meiner Seele um alle Töchter meiner Stadt.
52 मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।
Mich jagten, jagten wie einen Vogel die, so mir grundlos feind sind,
53 तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
machten in der Grube mein Leben verstummen und warfen Steine auf mich.
54 अनि मेरो शिर ढाक्ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
Wasser strömte über mein Haupt; ich dachte: ich bin verloren!
55 हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
Ich rief deinen Namen, Jahwe, aus tief unterster Grube.
56 “मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्नुभयो ।
Du hörtest mein Rufen: “Verschließe dein Ohr nicht; komm mich zu erquicken, mir zu helfen!”
57 मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्नुभयो, “नडरा ।”
Du warst nahe, als ich dich rief, sprachst: “Sei getrost!”
58 हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
Du führtest, o Herr, meine Sache, erlöstest mein Leben.
59 हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।
Du hast, o Jahwe, meine Unterdrückung gesehn, hilf mir zu meinem Recht!
60 तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्नुभएको छ ।
Du hast all' ihre Rachgier gesehn, all' ihre Pläne wider mich,
61 हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्नुभएको छ ।
hast ihr Schmähen gehört, o Jahwe, all' ihre Pläne wider mich,
62 मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।
die Reden meiner Widersacher und ihr stetes Trachten wider mich.
63 तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।
Schau, ob sie sitzen oder aufstehen, ich bin ihr Spottlied!
64 हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।
Du wirst ihnen lohnen, Jahwe, nach ihrer Hände Werk,
65 तपाईंले तिनीहरूका हृदय लज्जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
wirst ihr Herz verstocken - dein Fluch über sie!
66 हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्ट पार्नुहुन्छ ।
Du wirst sie im Zorn verfolgen und vertilgen unter Jahwes Himmel weg!