< विलाप 3 >

1 परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।
I am the man who has seen trouble by the rod of his wrath.
2 उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो ।
By him I have been made to go in the dark where there is no light.
3 निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो ।
Truly against me his hand has been turned again and again all the day.
4 उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
My flesh and my skin have been used up by him and my bones broken.
5 उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो ।
He has put up a wall against me, shutting me in with bitter sorrow.
6 उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो ।
He has kept me in dark places, like those who have been long dead.
7 उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो । त्यसैले म भाग्‍न सक्दिनँ । उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो,
He has put a wall round me, so that I am not able to go out; he has made great the weight of my chain.
8 र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
Even when I send up a cry for help, he keeps my prayer shut out.
9 काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो । उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो ।
He has put up a wall of cut stones about my ways, he has made my roads twisted.
10 उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ ।
He is like a bear waiting for me, like a lion in secret places.
11 उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
By him my ways have been turned on one side and I have been pulled in bits; he has made me waste.
12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।
With his bow bent, he has made me the mark for his arrows.
13 उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
He has let loose his arrows into the inmost parts of my body.
14 म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
I have become the sport of all the peoples; I am their song all the day.
15 उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
He has made my life nothing but pain, he has given me the bitter root in full measure.
16 उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।
By him my teeth have been broken with crushed stones, and I am bent low in the dust.
17 मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।
My soul is sent far away from peace, I have no more memory of good.
18 त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”
And I said, My strength is cut off, and my hope from the Lord.
19 मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस् ।
Keep in mind my trouble and my wandering, the bitter root and the poison.
20 म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।
My soul still keeps the memory of them; and is bent down in me.
21 तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः
This I keep in mind, and because of this I have hope.
22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
It is through the Lord's love that we have not come to destruction, because his mercies have no limit.
23 ती हरेक बिहान नयाँ हुन्छन् । तपाईंको विश्‍वसनीयता महान् छ ।
They are new every morning; great is your good faith.
24 मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।
I said to myself, The Lord is my heritage; and because of this I will have hope in him.
25 परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ ।
The Lord is good to those who are waiting for him, to the soul which is looking for him.
26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
It is good to go on hoping and quietly waiting for the salvation of the Lord.
27 आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ ।
It is good for a man to undergo the yoke when he is young.
28 त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस् ।
Let him be seated by himself, saying nothing, because he has put it on him.
29 त्यसले आफ्नो मुख धूलोमा लगाओस् । अझै पनि आशा बाँकी हुन सक्छ ।
Let him put his mouth in the dust, if by chance there may be hope.
30 त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
Let his face be turned to him who gives him blows; let him be full of shame.
31 किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन,
For the Lord does not give a man up for ever.
32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
For though he sends grief, still he will have pity in the full measure of his love.
33 किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।
For he has no pleasure in troubling and causing grief to the children of men.
34 पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने,
In a man's crushing under his feet all the prisoners of the earth,
35 सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,
In his turning away the right of a man before the face of the Most High.
36 कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।
In his doing wrong to a man in his cause, the Lord has no pleasure.
37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?
Who is able to say a thing, and give effect to it, if it has not been ordered by the Lord?
38 के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र?
Do not evil and good come from the mouth of the Most High?
39 कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
What protest may a living man make, even a man about the punishment of his sin?
40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
Let us make search and put our ways to the test, turning again to the Lord;
41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ:
Lifting up our hearts with our hands to God in the heavens.
42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
We have done wrong and gone against your law; we have not had your forgiveness.
43 तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ । तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन ।
Covering yourself with wrath you have gone after us, cutting us off without pity;
44 कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ ।
Covering yourself with a cloud, so that prayer may not get through.
45 तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ ।
You have made us like waste and that for which there is no use, among the peoples.
46 हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस् ।
The mouths of all our haters are open wide against us.
47 आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
Fear and deep waters have come on us, wasting and destruction.
48 मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
Rivers of water are running down from my eyes, for the destruction of the daughter of my people.
49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
My eyes are streaming without stopping, they have no rest,
50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।
Till the Lord's eye is turned on me, till he sees my trouble from heaven.
51 मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
The Lord is unkind to my soul, more than all the daughters of my town.
52 मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ । विनाकारण तिनीहरूले मेरो सिकार गरे ।
They who are against me without cause have gone hard after me as if I was a bird;
53 तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने,
They have put an end to my life in the prison, stoning me with stones.
54 अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए । मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ ।”
Waters were flowing over my head; I said, I am cut off.
55 हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ ।
I was making prayer to your name, O Lord, out of the lowest prison.
56 “मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो ।
My voice came to you; let not your ear be shut to my breathing, to my cry.
57 मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो । तपाईंले भन्‍नुभयो, “नडरा ।”
You came near in the day when I made my prayer to you: you said, Have no fear.
58 हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो । तपाईंले मेरो ज्यान बचाइदिनुभयो ।
O Lord, you have taken up the cause of my soul, you have made my life safe.
59 हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ । मेरो मुद्दाको इन्साफ गरिदिनुहोस् ।
O Lord, you have seen my wrong; be judge in my cause.
60 तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ ।
You have seen all the evil rewards they have sent on me, and all their designs against me.
61 हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ ।
Their bitter words have come to your ears, O Lord, and all their designs against me;
62 मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन् ।
The lips of those who came up against me, and their thoughts against me all the day.
63 तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस् । तिनीहरूका गीतले मेरो ठट्टा गर्छन् ।
Take note of them when they are seated, and when they get up; I am their song.
64 हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस् ।
You will give them their reward, O Lord, answering to the work of their hands.
65 तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
You will let their hearts be covered over with your curse on them.
66 हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।
You will go after them in wrath, and put an end to them from under the heavens of the Lord.

< विलाप 3 >